काठमाडौं । भाडाको ट्याक्सीमा छुटेको बहुमूल्य माला तथा विभिन्न सामानसहितको झोला ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
गत साउन २३ गते चावहिल–बौद्धबाट चप्पल कारखानातर्फ जाने क्रममा BAH ९४९३ नम्बरको भाडा ट्याक्सीमा एक थान झोला र एक थान साइड झोला छुटेको भन्दै चप्पल कारखाना बस्ने शान्तिकुमारी राईले ट्राफिक प्रहरीमा निवेदन दिएकी थिइन्।
निवेदनका आधारमा ट्राफिक प्रहरीले ट्याक्सी र चालकको खोजी गरी छुटेको सामान फेला पारेको थियो। झोलाभित्र बहुमूल्य माला लगायत विभिन्न सामान रहेका थिए।
फेला परेको सामान ट्राफिक प्रहरीले आज साउन २६ गते सम्बन्धित धनी शान्तिकुमारी राईलाई हस्तान्तरण गरेको जनाएको छ।
Facebook Comments Box
