चितवन । चितवनमा कपाल काटिरहेका एक युवकमाथि खुकुरी प्रहार भएको छ।
भरतपुर महानगरपालिका–२३ कसराचोकमा सोमबार कपाल काटिरहेका २८ वर्षीय शरण गिरीमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
खुकुरी प्रहारबाट गिरीको बायाँ हत्केलामा चोट लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै खुकुरी प्रहार गर्ने व्यक्ति घटनास्थलबाट फरार भएका थिए।
प्रहरीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Facebook Comments Box