Author: Scoop Khabar

रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा ४७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई युवकविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ। आरोपीलाई पक्राउ गरेपछि घटना मिलाउने प्रयास भएको सूचना पाएपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीको निर्देशनमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव छन्। जिल्ला अदालत रौतहटले दुवै जनालाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार करिब एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री…

थप

धनगढी । कैलालीमा श्रीमतीसँगको प्रेमसम्बन्धमा तगारो बनेपछि एक पुरुषको हत्या गरिएको घटना प्रहरीले गहिरो अनुसन्धानपछि सार्वजनिक गरेको छ। लम्कीचुहा नगरपालिका–१० का ३४ वर्षीय दीपक सुनार २२ साउन साँझदेखि सम्पर्कविहीन भएका थिए। उनकी श्रीमती यमुना सुनारले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। त्यसको भोलिपल्ट जानकी गाउँपालिकास्थित अमरावती जंगलमा रगत लतपतिएको मासुको टुक्रा, दाउ, चप्पललगायत सामग्री भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भमा स्थानीयले उक्त मासु जंगली जनावरको हुनसक्ने आशंका गरे पनि परीक्षण गर्दा मानिसको रगत भएको पुष्टि भयो। अनुसन्धानकै क्रममा काठमाडौंमा बिदामा रहेका एक प्रहरी अधिकृतलाई उनका चिनजानका व्यक्तिले अमरावती जंगलमा जंगली जनावरको सिकार भएको भन्दै प्रहरीको ध्यान अन्यत्र मोड्ने प्रयास…

थप

काठमाडौं । चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ। गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्‍याउन थालिएको सिजिटिएनले लेखेको छ। चाइना मिडिया ग्रुप (सिएमजी) का अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रमा थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ। यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगति…

थप

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका बाजुराका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस भएको विषय सार्वजनिक भएसँगै पीडित परिवारसँग गरिएको सहमति कार्यान्वयन नभएको विषय पनि बाहिरिएको छ। सिंहको मृत्यु भएपछि पीडित परिवार र तत्कालीन डीएसपी खनालसहित प्रहरी अधिकारीबीच भएको सहमतिअनुसार मृतककी श्रीमती सुनिता देवी सिंहलाई रोजगारी उपलब्ध गराउने तथा मृतकका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा–दीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो। तर, उक्त सहमति भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको पीडित परिवारको गुनासो छ। प्राप्त सहमति पत्रमा मृतककी श्रीमती सुनिता देवी सिंह र प्रहरीतर्फ तत्कालीन डीएसपी…

थप

काठमाडौं । विराटनगरमा ६० किलो गाँजा बरामद भएको भ्यानबाट ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर हटाइएको घटनाले प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको छ। सशस्त्र प्रहरीले स्टिकरसहित नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको भ्यान प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक तस्बिरमा स्टिकर गायब देखिएपछि प्रमाण मेट्न खोजिएको आशंका गरिएको हो। भदौ १६ गते मंगलबार राति करिब ११ बजे विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गरिरहेको थियो। सो क्रममा को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। सशस्त्र प्रहरीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा फेला पारेको…

थप

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न पदाधिकारी नियुक्तिका लागि १२ जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरिएको हो। शिक्षाध्यक्ष पदका लागि राम नारायण मण्डल, विकास गौचन र कृष्ण कुमार झाको नाम सिफारिस भएको छ। त्यस्तै रजिस्ट्रार पदका लागि एकानन्द सिंह, राम नारायण मण्डल र श्याम लम्सालको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ। डीन पदका लागि अम्बिका पौडेल ढकाल, कृष्ण कुमार झा र विकास गौचन तथा निर्देशक पदका लागि सुरेश वि.क. रसाइली, प्रविन कुमार गिरी र विपिन खनालको नाम सिफारिस भएको छ। प्रतिष्ठानका विभिन्न पद…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मले आफ्नो तलबबाट रकम योगदान गरेर बाढीपीडितका लागि ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल प्रहरीले पीडित परिवारको राहत तथा उद्धारका लागि यस्तो सहयोग गर्न लागेको हो। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीको तहअनुसार निश्चित दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कार्यालय सहयोगीले दुई दिन, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मले पाँच दिन, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी नायब निरीक्षकसम्मले छ दिन तथा प्रहरी वरिष्ठ नायब निरीक्षकले आठ दिनको…

थप

काठमाडौं । रसुवा भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रति परिवार १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले बाढीमा परी सम्पर्कविहीन प्रहरी कर्मचारीहरूको खोजीलाई थप प्रभावकारी बनाउन परिवारसँगको समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा, परिवारका इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने निर्णय गरिएको छ।…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु नहुने बताएकी छन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्को समयमा पालिका र वडाका संयन्त्रहरू अटोमेटिक सक्रिय हुनुपर्नेमा नभएको भन्दै असन्तुष्ट जनाएका थिए । तर धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैँ पनि पीडित हुने भएकाले काठमाडौंमा बसेर स्थानीय तहलाई मात्र आरोप लगाउनु किमार्थ उचित नहुने बताएकी हुन् ।स्थानीय तह आफैं पनि विपद्को पीडित भएको बताउँदै उनले उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको स्मरण गराइन्। ‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप…

थप

बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राजेशकुमार भदौ ९ गते बिहान करिब ९ बजे घरबाट बेपत्ता भएका थिए। सोही दिन साँझ करिब ७ः५० बजे परिवारले प्रहरी चौकी मुसहर्वामा बालक हराएको सूचना दिएपछि प्रहरीले खोजतलास अघि बढाएको थियो। खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो। मृतककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाराले…

थप