Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा र नेपाल इन्जिनियरिङ सेवातर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। त्यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फका नायब महालेखापरीक्षकलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। त्यस्तै, सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ। मन्त्रिपरिषद्ले नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। बुढा यसअघि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव तथा प्रवक्ताका…
सरकारविरुद्ध सशक्त आन्दोलन गर्छौँ, मंसिरमा २० हजार कार्यकर्ता काठमाडौं उतार्छौँ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेले मंसिरको पहिलो साता काठमाडौंमा करिब २० हजार कार्यकर्ता सहभागी गराएर राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव महेश बस्नेतले स्थायी कमिटी बैठकपछि यस्तो जानकारी दिएका हुन्। बस्नेतका अनुसार पार्टीभित्र देखिएका अन्तर्विरोध समाधान गरिएको छ भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे पनि स्पष्ट धारणा बनाइएको छ। पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई क्रमशः जिम्मेवारी हस्तान्तरण गर्ने नीति एमालेले लिएको उनको भनाइ छ। एमालेले संगठनात्मक गतिविधिसँगै जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने जनाएको छ। महँगी, भ्रष्टाचार र अनियमितताविरुद्ध आन्दोलनको तयारी भइरहेको बस्नेतले बताए। उनका अनुसार मंसिरको पहिलो साता हुने राष्ट्रिय भेलामा पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिसहित करिब…
कांग्रेस केन्द्रीय सदस्यमा राधाकृष्ण भण्डारी उर्फ ‘राधे’, कार्यकर्ताको आवाजलाई केन्द्रमा राख्ने प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘धादिङ क्षेत्र नम्बर १ का नेता राधाकृष्ण भण्डारी (राधे)’ ले केन्द्रीय सदस्य पदमा खुलातर्फ उम्मेदवारी दिएका छन्। भण्डारीले पार्टीको लोकतान्त्रिक मूल्य, विधि, विधान र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। उनले कार्यकर्ताको सम्मान, आवाज र भावनालाई केन्द्रमा राख्दै कांग्रेसलाई थप एकताबद्ध, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल गर्दै भण्डारीले पार्टी संगठनलाई बलियो बनाउन आफूलाई अवसर दिन आग्रह गरेका छन्। उनले आफूलाई प्राप्त हुने मतलाई जिम्मेवारीका रूपमा लिँदै कार्यकर्ताको विश्वासलाई प्रतिबद्धताका साथ पूरा गर्ने बताएका छन्। भण्डारीले महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि क्रम संख्या…
काठमाडौं । बडादशैं, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी–डकैती, जुवातास, सट्टेबाजी, कालोबजारी, सीमा अपराध, सडक दुर्घटना तथा डिजिटल ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो। नेपाल प्रहरीले चाडपर्वका समयमा नागरिकको सहज आवागमन, बैंक तथा वित्तीय संस्थाको सुरक्षा, बजारको निगरानी र धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई सुरक्षित बनाउन ५० हजार ४५८ जना प्रहरी जनशक्ति परिचालन गर्ने जनाएको छ। प्रहरीका अनुसार देशभर प्रहरी नायब महानिरीक्षकको कमाण्डमा सुरक्षा जनशक्ति परिचालन हुनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी…
स्मार्ट सेल प्रकरणमा सीआईबीको स्पष्टता : अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार नछाप्न आग्रह
काठमाडौं । स्मार्ट सेल (स्मार्ट टेलिकम) को सम्पत्ति लिलामी तथा एनसेलको शेयर खरिद–बिक्रीसँग जोडिएको अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित विषयमा अप्रमाणित तथा तथ्यहीन विवरणलाई आधार बनाएर समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो। सीआईबीका अनुसार नेपाल सरकारको हक कायम भइसकेको स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी राज्यको हक हटाउने प्रयास भएको तथा संगठित रूपमा आपराधिक विश्वासघात र ठगी गरिएको विषयमा अनुसन्धान भएको हो। सोही क्रममा एनसेलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित कसुरसमेत अनुसन्धानको दायरामा आएको ब्यूरोले जनाएको छ। सीआईबीले…
काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा गम्भीर आरोपसहित उजुरी परेको छ। उजुरीमा सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको ‘पार्टनर’ भएको दाबी गर्दै दुवै जना विभिन्न आर्थिक तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ। खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा स्वदेश तथा विदेशबाट ठूलो रकम उठाएर हिनामिना गरेको र उक्त रकम व्यवस्थापनको जिम्मेवारी प्रस्तावित राजदूत गिरीबहादुर सुनारले सम्हाल्दै आएको दाबी उजुरीमा गरिएको छ। त्यस्तै, विभिन्न व्यक्तिबाट उठाइएको रकम खगेन्द्र सुनारका परिवारका सदस्यहरुको बैंक खातामा राख्ने र पछिल्लो समय गिरीबहादुर सुनारमार्फत व्यवस्थापन गर्ने गरिएको आरोपसमेत उजुरीमा लगाइएको छ। उजुरीमा यी दुईको संलग्नता राजनीतिक पद र…
काठमाडौं । कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको हो। आफ्नो छोरालाई कोरिया पठाउने भन्दै कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत गुनासो गरेकी थिइन्। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै घटनामा छानबिन गरी कारबाही गर्न माग गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महिलाले उठाएको विषयमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–११ घर भई काठमाडौंको सामाखुसी बस्दै आएका पाण्डेलाई काठमाडौंको रानीबारी चोकबाट नियन्त्रणमा लिएको कार्यालयका…
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा र राजमार्ग सुरक्षालाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। भारतबाट घर फर्किने नेपालीलाई सहजीकरणदेखि सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र राजमार्गमा हुने सम्भावित विपद् तथा दुर्घटनाको प्रतिकार्यसम्मलाई योजनामा समेटिएको छ। सशस्त्र प्रहरीले भारतसँग जोडिएका विभिन्न सीमानाकामा १४६ वटा हेल्प डेस्क स्थापना गर्ने भएको छ। कतिपय नाकामा हेल्प डेस्क सञ्चालनमा आइसकेका छन् भने बाँकी स्थानमा स्थापना गर्ने काम भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमानाकामा उनीहरूलाई आवश्यक सहजीकरण गर्दै सुरक्षित रूपमा गन्तव्यसम्म…
मकवानपुरको नेवारपानी प्रहरी चौकीअन्तर्गत रहेको चेकपोस्टमा सवारीसाधन जाँचका नाममा व्यवसायी तथा चालकलाई अनावश्यक दुःख दिने र रकम असुल्ने गरेको गुनासोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ। नेवारपानी चेकपोस्ट विगतमा पनि प्रहरीको ‘असुली केन्द्र’का रूपमा चर्चामा आएको क्षेत्र हो। अहिले हेटौंडाबाट नारायणगढ तथा नारायणगढबाट हेटौंडातर्फ जाने सवारीसाधनलाई छुट्टाछुट्टै रोकेर जाँच गर्ने गरिएको छ। सवारीसाधन जाँच गर्नु प्रहरीको नियमित जिम्मेवारी भए पनि जाँचका क्रममा व्यवसायी तथा चालकलाई अनावश्यक हैरानी दिने र विभिन्न बहानामा रकम माग्ने गरिएको गुनासो बढ्न थालेको छ। पछिल्लो घटनाका रूपमा मंगलबार राति करिब १०ः२५ बजे धान काट्ने हार्भेस्टरलाई नेवारपानी चेकपोस्टमा रोकेर सहचालकको मोबाइल फुटाइएको र त्यसपछि १ सय रुपैयाँ लिएर…
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सञ्चालक समितिको पूर्वस्वीकृतिबिनै गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको र विप्रेषण कारोबारबापत बैंकले पाउनुपर्ने ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी ब्याज नआएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले मंगलबार शेरचनलाई थुनामा पठाउने आदेश दिएको हो। मुद्दामा कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरिएको छ। अभियोगपत्रअनुसार शेरचनले सञ्चालक समितिको पूर्वस्वीकृति नलिई ‘पछि अनुमोदन गराउने’ भन्दै ऋण प्रवाह गरेको बयान दिएका छन्। यद्यपि, पुर्पक्षका…
