काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘धादिङ क्षेत्र नम्बर १ का नेता राधाकृष्ण भण्डारी (राधे)’ ले केन्द्रीय सदस्य पदमा खुलातर्फ उम्मेदवारी दिएका छन्।
भण्डारीले पार्टीको लोकतान्त्रिक मूल्य, विधि, विधान र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। उनले कार्यकर्ताको सम्मान, आवाज र भावनालाई केन्द्रमा राख्दै कांग्रेसलाई थप एकताबद्ध, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल गर्दै भण्डारीले पार्टी संगठनलाई बलियो बनाउन आफूलाई अवसर दिन आग्रह गरेका छन्। उनले आफूलाई प्राप्त हुने मतलाई जिम्मेवारीका रूपमा लिँदै कार्यकर्ताको विश्वासलाई प्रतिबद्धताका साथ पूरा गर्ने बताएका छन्।
भण्डारीले महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि क्रम संख्या ७६ प्राप्त गरेका छन्। उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल गरेका छन्।

