Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनामा पीडित पक्ष र सरकारबिच गएराति ६ बुँदे सम्झौता भएको छ। साउन १० गते राति भएको घटनापछि उत्पन्न तनाव अन्त्य गर्दै गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरुङका साथै मृतक ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकका परिवारलाई साउन १५ गते दिउँसो २:०० बजे अन्तिम संस्कार गर्न सहमति बनेको छ। सम्झौतामा समेटिएका मुख्य विषयहरू: सहिद घोषणा र राहत: मृतकद्वयलाई नेपाल सरकारका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने…
दाङ । दाङको तुलसीपुरमा विद्यालय बस रोकेर कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ। तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका अनुसार बिहीबार अपराह्न कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी नयन वलीमाथि मोटरसाइकलमा आएका अज्ञात समूहले आक्रमण गरेको हो। विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकिएपछि विद्यार्थीलाई घर पुर्याउन जाँदै गरेको रा१ख ४६१ नम्बरको विद्यालय बसलाई विद्यालयको पश्चिमतर्फको सडकमा रोकेर आक्रमणकारीहरू बसभित्रै प्रवेश गरेका थिए। त्यसक्रममा उनीहरूले नयन वलीमाथि खुकुरी प्रहार गरी फरार भएका थिए। आक्रमणबाट घाइते भएका वलीको उपचार भइरहेको विद्यालयले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको…
सिराहा । सिराहाको गोलबजारमा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक सहायक हवल्दारलाई गोली लागेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासु पाठकले जानकारी दिए। एसपी पाठकका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा परियार घाइते भएका थिए। सुरुमा ढुङ्गा प्रहारबाट चोट लागेको अनुमान गरिएकाले सामान्य उपचार गरिएको थियो। तर दुखाइ कम नभएपछि अस्पतालमा लगेर एक्स–रे गर्दा उनको दाहिने खुट्टाभित्रैसम्म चोट भेटिएको हो। ‘सुरुमा ढुङ्गाले लागेको होला भन्ने लागेको थियो। पछि दुखाइ कम नभएपछि प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा गोली लागेको जस्तो पाइएपछि अहिले विराटनगर रिफर…
जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिराहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा प्रहरीबाट गोली चलेको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा गठन गरिएको समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्। समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्नुको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेपछि एक जनाको मृत्यु भएको र अन्य केही व्यक्ति घाइते भएको घटनापछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो। प्रहरीका अनुसार समितिले…
काठमाडौं । नेपाल प्रहरीमा तीन दशकभन्दा बढी समय सेवा गरी अनिवार्य अवकाशमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल र प्राविधिक प्रहरी उपरीक्षक (एसपी) अंशुकुमार सिंहलाई छुट्टाछुट्टै कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले एसएसपी दाहाललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन्। सो अवसरमा डीआईजी खनालले दाहालले प्रहरी संगठनमा रहँदा पुर्याएको समर्पित, अनुकरणीय र उल्लेखनीय योगदानको प्रशंसा गर्दै उनको सेवाभाव, कर्तव्यनिष्ठा र नेतृत्व संगठनका लागि सदैव स्मरणीय रहने बताए। उनले अवकाशपछिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको दाबी गर्दै आलोचना गरिन्। तर सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ तथा प्रकाशित विवरणहरूको अध्ययन गर्दा उक्त दाबी तथ्यसँग मेल खाएको देखिँदैन। आईजीपी कार्कीले संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा सीमा सुरक्षासम्बन्धी नियमित ब्रिफिङका क्रममा नेपाल–भारत खुला सीमाबाट हुने अवैध प्रवेश, सीमापार अपराध, मानव तस्करी तथा उदीयमान राष्ट्रिय सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए। उनको प्रस्तुति धार्मिक वा साम्प्रदायिक विषयमा नभई सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका चुनौतीमा केन्द्रित थियो। ब्रिफिङमा उनले भनेका थिए: ‘रोहिङ्ग्या शरणार्थीको विषय पनि…
जनकपुरधाम । जनकपुरधामको सोनारपट्टी क्षेत्रमा आन्दोलनका क्रममा सीसीटिभी क्यामेरा तोडफोड गरी पसलमा लुटपाट गर्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुमित मण्डलसहित तीन जना रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनको आडमा पसलभित्र प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए। घटनापछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर ज्यान गुमाएका २० वर्षीय गणेश यादवको घाँटीमै गोली लागेको खुलेको छ। गोलीले उनको घाँटी वारपार छेडेको थियो भने घटनास्थलमै उनको मृत्यु भएको हो। गोलबजारमा दुई समुदायबीच बढेको तनाव नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो। सोही क्रममा तुल्सीपुरका गणेश यादवको ज्यान गएको हो। घटनामा अर्का युवक सुवास ठाकुर पनि गोली लागेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। स्थानीयका अनुसार प्रहरीको गोली लागेर अन्य केही व्यक्ति पनि घाइते भएका छन्। यसअघि सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा मृत्यु भएका दुई जना र घाइते आठ जनालाई पनि कम्मरभन्दा माथि…
काठमाडौं । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको तनाव पाँच दिनपछि गृहमन्त्री सुधन गुरुङ बिहीबार अपराह्न सुनसरी जाने भएका छन्। यसअघि उनले आफ्ना पीए जेम्स कार्कीलाई मात्र पठाएर काठमाडौंमै बसेका थिए। सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका अन्य जिल्लासम्म फैलिन थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीलाई घटनास्थल पठाउने निर्णय गरेका हुन्। बिहीबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले देशभरको शान्ति–सुरक्षा अवस्था सुधार्न विशेष पहल गर्ने निर्णय गरेको थियो। यसअघि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले दुवै प्रहरी संगठनका आईजीपीसँग छलफल गरेका थिए। आईजीपीहरूले तनाव संवादबाट समाधान गर्नुपर्ने सुझाव दिए पनि सरकारको ध्यान गोली चलाउनेको खोजीतर्फ बढी केन्द्रित भएको आरोपबीच तनाव फैलिँदै सिरहाको…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुनसरीमा घटेको पछिल्लो घटनापछिको परिस्थितिबारे उनले विशेष सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री निकट स्रोतले आजै उनले देशवासीलाई सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।