Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । संघीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने निर्णय गरेको छ। समितिको बिहीबार बसेको बैठकले राष्ट्र बैंक ऐन संशोधन गर्दै कार्यकाल तीन वर्ष कायम गर्ने निर्णय गरेको हो। प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएमा नयाँ व्यवस्था लागू हुनेछ। यद्यपि, कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले आवश्यक ठानेमा उनीहरूको कार्यकाल थप दुई वर्षका लागि बढाउन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसअनुसार उनीहरू बढीमा पाँच वर्षसम्म पदमा रहन सक्नेछन्। हाल गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। अर्थ समितिले राष्ट्र बैंक ऐनको दफा…
काठमाडौं । ललितपुरको सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेका प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले साउन महिनाका लागि सिंहलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले उनलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका छन्। सातदोबाटो प्रहरी वृत्तमा कार्यरत सिंहले फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, लागुऔषध नियन्त्रण तथा जुवातास नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सातदोबाटो क्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा देखाएको सक्रियता र कार्यसम्पादनका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको परिसरले जनाएको छ।
निर्मला पन्तको हत्याको ८ वर्ष: हत्यारा खोज्दै एसएसपी नेतृत्वको टोली कञ्चनपुर पुगेर फर्कियो
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ वर्ष पुग्न लाग्दा हत्यारा पत्ता लगाउन गठित एसएसपी कृष्ण पंगेनी नेतृत्वको अनुसन्धान समितिले कञ्चनपुर पुगेर अनुसन्धान थालेपछि काठमाडौं फर्किएको छ। अपराध अनुसन्धान विभागका एसएसपी पंगेनीको नेतृत्वमा गठित समितिमा एसपी दधिराम न्यौपाने, प्रहरी महानिरीक्षकको सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर वीरेन्द्र बिसीलगायत १५ जना सदस्य छन्। समितिका संयोजक पंगेनीसहितको टोली यसै साता कञ्चनपुर पुगेर घटनासँग सम्बन्धित विषयमा स्थलगत अध्ययन तथा आवश्यक सोधपुछ गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकृतले बताए। निर्मला पन्तको हत्या भएको आठ वर्ष पुग्न लाग्दा पनि घटनाको निष्कर्ष ननिस्किएपछि प्रहरी प्रधान कार्यालयले नयाँ ढंगबाट…
काठमाडौं । नेपालका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। समितिको बैठकमा सांसदहरूले पूर्वप्रधानमन्त्रीहरूमाथि परेको उजुरीबारे प्रश्न गरेका थिए। जवाफमा प्रमुख आयुक्त राईले जीवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी आएको बताए। ‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ,’ राईले भने, ‘यस विषयमा धेरै भन्न मिलेन। उजुरीबारे हेर्दै छौं।’ राईले उजुरीको प्रकृति, कसले उजुरी दिएको तथा कुन विषयमा उजुरी परेको भन्नेबारे भने थप विवरण सार्वजनिक गर्न अस्वीकार गरे। आयोगले प्राप्त उजुरीमाथि अध्ययन तथा छानबिन गरिरहेको उनको भनाइ थियो। हाल पूर्वप्रधानमन्त्रीका रूपमा केपी…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत १३ गते पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ सरकारको कार्यभार सम्हाले। पहिलो मन्त्रिपरिषद् बैठकबाटै सरकारले शासकीय सुधारका १०० कार्यसूची अघि सारेको थियो। सरकार गठन भएको केही महिनापछि अहिले सरकारका कामको समीक्षा गर्ने क्रम सुरु भएको छ। आलोचना र कमजोरीका विषयमा बहस भइरहँदा सरकारले अघि सारेका केही सकारात्मक काम पनि छन्, जसलाई तथ्य र परिणामका आधारमा हेर्नुपर्ने देखिन्छ। १. सरकारी सेवा डिजिटल बनाउने प्रयास नागरिकले सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यसहित सरकारले डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सरकारले नागरिकता तथा राहदानी सेवामा अनलाइन प्रणाली विस्तार गर्नुका साथै विभिन्न प्रमाणपत्र डिजिटल माध्यमबाट…
नवलपरासी । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो। बालक हराएपछि स्थानीय बासिन्दा तथा छरछिमेकीले आसपासका क्षेत्रमा खोजतलास गरेका थिए। तर तत्काल फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी र स्थानीयको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी)माथि आफूले उठाउँदै आएको प्रश्न र आरोपबाट पछि नहट्ने बताएका छन्। उनले आफूले प्रहरी प्रधान कार्यालयमा बिचौलियाको प्रभाव रहेको भन्दै यसअघि उठाएको प्रश्नमा आफू ‘अडिग र मजबुत’ रहेको बताएका हुन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आफूले यसअघि प्रहरीको नेतृत्व र खरिद प्रक्रियामाथि उठाएको प्रश्नको जवाफ दिनुको सट्टा व्यक्तिगत रूपमा विवादमा लैजान खोजिएको संकेत गरे। यसअघि सार्वजनिक लेखा समितिकै बैठकमा सुनारले आईजीपीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको आरोप लगाउँदै त्यसको छानबिन आवश्यक रहेको बताएका थिए। सुनारका अभिव्यक्तिपछि प्रहरी संगठन र…
सुपर त्रिशूली हाइड्रोपावरको छलफलमा गृहमन्त्री, कन्सल्ट्यान्टले भने- ‘यस्ता गृहमन्त्री २५-३० जना बेहोरिसक्यौँ’
काठमाडौं । चितवन र गोरखा जिल्लामा निर्माणको चरणमा रहेको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूसँग गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भयो। आयोजना निर्माण, प्रसारण पूर्वाधार तथा सडक सुधारलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा गोरखा–१ बाट निर्वाचित सांसदसमेत रहेका गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए। करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सुपर त्रिशूली जलविद्युत् आयोजना नेपालमा फरक मोडेलमा अघि बढाइएको आयोजनाका रूपमा प्रस्तुत गरिएको छ। आयोजनासँग सम्बन्धित एआईए, आईई, पीपीएलगायत प्रक्रिया पूरा भइसकेको र यसअघि स्थानीय बासिन्दासँग पटक–पटक सार्वजनिक सुनुवाइ गरिएको छ। तर बैठकमा गृहमन्त्री गुरुङले आयोजनाको अर्को सार्वजनिक सुनुवाइ तत्काल गर्न निर्देशन दिएका थिए।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा पार्टीका सांसदहरूप्रति जनताको आक्रोश बढ्दै गएको दाबी गर्दै छठ पर्वपछि रास्वपाका सांसदले जनताको पिटाइ खाने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले सरकारका गतिविधि र सीमामा गरिएको कडाइप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् । सीमामा गरिएको कडाइका कारण मधेसका नागरिकको दैनिक जीवन प्रभावित भइरहेको उल्लेख गर्दै उनले सरकारले समस्या समाधान गर्न नसके अवस्था थप जटिल बन्न सक्ने बताएका थिए । नेपाल–भारत सीमाबाट सामान ल्याउँदा एक सय रुपैयाँसम्मको खरिदमा भन्सार महसुल छुट हुने व्यवस्था रहे पनि…
ललितपुर । गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। उनले देश र समाजका लागि सकारात्मक काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नागरिकको सेवामा महानगरपालिकाले गर्दै आएका कामको प्रशंसा गरे। उनले ललितपुर महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा गरेको काम अनुकरणीय रहेको बताए। ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले यी क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने बताए। महानगरपालिकाले नयाँ सोच र नवप्रवर्तनका साथ अघि सारेका योजनाबाट गृह मन्त्रालयले…
