Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
विराटनगर । मोरङको विराटनगरमा सार्वजनिक स्थलमा स्कुले छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित सडकमा विद्यालय पोशाक लगाएर हिँडिरहेका दुई युवतीलाई मोटरसाइकलमा सवार दुई पुरुषले अभद्र व्यवहार गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न आरोपित दुवै जनालाई विराटनगरबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…
धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङमाथि आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभन्दा बाहिर गएर सर्वसाधारणबाट रकम असुली गरेको आरोप लागेको छ । प्रहरी प्रधान कार्यालयले २०८२ असोज २८ गते गरेको निर्णयअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीमा पठाइएका माबोहाङले त्यसयता कार्यालयको कमाण्ड सम्हाल्दै आएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुखको मुख्य जिम्मेवारी कार्यालय व्यवस्थित बनाउनेदेखि कार्यालयमा आउने सेवाग्राहीहरुको गुनासोलाई उचित तरिकाले सम्बोधन गर्ने हो। तर, माबोहाङले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर कार्यालयमा कामका लागि आउने सर्वसाधारणलाई अनलाइन पेमेन्ट गर्नपर्ने भन्दै कार्यालयनजिकै रहेको एक खाजा पसलको क्यूआर देखाउने गरेको आरोप लागेको हो । स्रोतकाअनुसार ट्राफिक प्रहरीले चिट काटेपछि…
विराटनगर । जिल्ला कारागार मोरङमा शुक्रबार दिउँसो कैदीबन्दीका दुई पक्षबीच झडप भएको छ। विराटनगर–८ स्थित कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवादपछि झडप भएको हो। घटनापछि १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए। उनका अनुसार ‘बी ब्लक’का १९ जनालाई अन्यत्र स्थानान्तरण गरिएको हो। कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोप चौकीदार विशाल निरौला पक्षमाथि लगाएपछि दुई पक्षबीच विवाद बढेर झडपको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। यसअघि ‘बी ब्लक’मा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरीले उक्त ब्लकमा प्रवेश गरेपछि केही कैदीबन्दीले विरोध गर्दै नाराबाजीसमेत गरेका थिए। प्रहरी प्रमुख कटवालका अनुसार १९ जना कैदीबन्दीलाई…
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको सरुवा भएको छ। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा मन्त्रालयमै सरुवा गरेको हो। भुसालको स्थानमा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको नयाँ सिडिओको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। छोटो कार्यकालमै छाडे प्रभावरौतहटमा सिडिओका रूपमा भुसालको कार्यकाल लामो नभए पनि प्रशासनिक सक्रियता, सुरक्षा समन्वय र सामाजिक सद्भाव कायम गर्ने प्रयासका कारण उनको कार्यकाल चर्चामा रह्यो। उनले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन…
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका चर्चित स्ट्राइकर भरत खवास नेपाली सेनाको सेनानी (मेजर) पदमा पदोन्नति भएका छन्। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत व्यवस्थापनका लागि नुवाकोटको त्रिशूली क्षेत्रमा खटिएका खवासलाई ड्युटीकै क्रममा शुक्रबार घटनास्थलमै सेनाले दर्ज्यानी चिह्न प्रदान गरेको हो। सहसेनानी (क्याप्टेन)बाट नियमित प्रक्रियाअनुसार खवास सेनानीमा बढुवा भएको नेपाली सेनाले जनाएको छ।बाढीपछि त्रिशूली क्षेत्रमा उद्धार र राहत कार्यमा सक्रिय खवासले पदोन्नतिलाई देशसेवासँग जोडेर हेरेका छन्। ‘लामो समयदेखि देशको सेवामा समर्पित छु। मेजर पदमा पदोन्नति हुन पाउँदा निकै गर्व गर्छु,’ उनले भने, ‘एउटा खेलाडीका लागि यो ठूलो उपलब्धि हो।’ खवास पछिल्लो दशक नेपाली…
काठमाडौं । नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर एक महिलाबाट झन्डै १० लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका क्षेत्रको सल्यानथान बस्ने कमलबहादुर बुढा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत ती महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गरेका थिए। आफूसँग महिलाका नग्न तस्बिर तथा भिडिओ रहेको भन्दै उनले रकम मागेको प्रहरीको भनाइ छ। रकम नदिए तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको आरोप छ। घटनाबारे…
पोखरा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत पोखरा–१४ समावेशी टोलका ४७ वर्षीय गोविन्दबहादुर अधिकारी यसपटक तीजमा घर आउने तयारीमा थिए। दिदीबहिनीहरूसँग बसेर तीज मनाउने र उनीहरूका लागि आफूले किनेका नयाँ कपडा उपहार दिने उनको योजना थियो। भदौ ९ गते साँझ परिवारसँग भिडियो कलमा कुरा गर्दा उनले आफूले किनेका कपडा देखाउँदै दिदीबहिनीलाई सोधेका थिए, ‘यो रङ कस्तो छ?’ त्यो कुराकानी नै परिवारसँग उनको अन्तिम संवाद बन्न पुग्यो।भदौ १० गते रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अधिकारी सम्पर्कविहीन भए। त्यसयता उनको अवस्था अज्ञात छ। बाढी आउनुअघि उनी अन्य सहकर्मीसँगै कार्यालयको काममा व्यस्त रहेको घटनाबाट जोगिएर फर्किएका सहकर्मीहरूले…
रसुवा बाढीमा देशको ध्यान, बिर्तामा इन्स्पेक्टरको संरक्षणमा घुमुवाको तस्करी र ‘असुली’ !
वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र उद्धार तथा राहतमा केन्द्रित भइरहेका बेला वीरगन्जका सीमावर्ती क्षेत्रमा भने प्रहरीकै घुमुवाको संरक्षणमा तस्करी र सर्वसाधारणबाट रकम असुली भइरहेको पाइएको छ। वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी सहायक हवल्दार विबेक सिंहमाथि घुमुवाको जिम्मेवारीमा रहेर सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने तथा तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्ने गरेको आरोप छ। स्थानीयकाअनुसार सिंहलाई वडा प्रहरी कार्यालय बिर्ताले क्यूआरटी तथा घुमुवा प्रहरीका रूपमा परिचालन गर्ने गरेको छ। तर, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका सिंहले आफ्नो पदको दुरुपयोग गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा रोक्ने, चेकजाँचका नाममा दुःख दिने र रकम माग्ने गरेको गुनासो बढेको हो।…
भैरहवा । सीमावर्ती जिल्ला रुपन्देहीमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीमाथि नै तस्करी संरक्षणको आरोप लागेपछि जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीको कार्यशैली फेरि विवादमा तानिएको छ। जिल्लाका विभिन्न नाकाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न खटाइएका सादा पोसाकका प्रहरी अर्थात् ‘घुमुवा’कै गतिविधिमाथि प्रश्न उठ्न थालेपछि प्रहरी संगठनभित्रकै निगरानी प्रणालीमाथि समेत गम्भीर प्रश्न खडा भएको हो। एसपी शाहीले सूचना संकलन तथा फैसला कार्यान्वयनका लागि असई यदुबहादुर बस्नेतको कमाण्डमा प्रहरी सहायक हवल्दार निवासबहादुर क्षेत्री र प्रहरी जवान सुरेश कुँवरलगायतलाई परिचालन गरेका छन्। घुमुवाका रूपमा परिचालित प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी समूहसँग साँठगाँठ गर्ने गरेको आरोप छ। उनीहरूको संरक्षणमा चोरीपैठारी…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने भएका छन्। यसपटक प्रधानमन्त्री शाहले आफ्नो भ्रमण टोलीलाई निकै सानो बनाउने तयारी गरेका छन्। प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, फोटोग्राफर विनय शाक्य र निजी सचिव प्रदीप परियार मात्रै जाने तयारी रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री नेतृत्वको टोलीमा परराष्ट्रमन्त्री शिशिर खनालसहित परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीहरू पनि रहनेछन्। यसअघि प्रधानमन्त्री शाह महासभामा सहभागी नहुने र परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी थियो। तर नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने दबाब बढेको थियो।…
