Author: Scoop Khabar

काठमाडौं । निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि खरिद गरिएको पोशाकलगायतका सामग्रीमा अनियमितता भएको भन्दै परेको बेनामी उजुरीमाथि छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठकमा आज सुरुदेखि अन्तिमसम्मै आरोप–प्रत्यारोप र चर्काचर्कीको अवस्था देखियो। उक्त विषयमा छलफल गर्न गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई समितिले बोलाएको थियो। गृहमन्त्री भने बैठकमा उपस्थित भएनन्। सुरुवातमा उजुरी वाचनबैठकको सुरुवात सभापति भरतबहादुर खड्काले गरे। सुरुमा समितिमा परेको बेनामी उजुरी वाचन गरियो। त्यसपछि गृहसचिव तथा दुवै सुरक्षा संगठनका प्रमुखले उजुरीमा उठाइएका विषयबारे आफ्नो धारणा राखे। उनीहरूले खरिद प्रक्रियामा नियतवश कुनै अनियमितता नभएको स्पष्ट पारे।…

थप

काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोपसहित उजुरी परेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको खरिदसम्बन्धी सम्पूर्ण फाइल तानेको छ। समितिले बुधबार बसेको बैठकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोशाक तथा अन्य सामग्रीको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। समितिले विगतमा खरिद गरिएका सामग्रीको विवरणदेखि हालको खरिद प्रक्रियासँग सम्बन्धित आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता लगायतका आवश्यक कागजात उपलब्ध गराउन भनेको छ। ‘विगतमा खरिद गरेका सामान प्रकृतिका सामग्रीको विवरण र हालको विवरणसहितका आवश्यक कागजात १५ दिनभित्र पेश गर्नू,’ समितिले भनेको छ। खरिद प्रक्रियामा अनियमितता भएको आरोप उठिरहेका बेला…

थप

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आईजीपीकै घरबाट करोडौं रकम चोरी भएको हो भने त्यसको स्रोतसमेत सार्वजनिक गर्नुपर्ने माग गरे। ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन ? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ,’ सुनारले भने। उनले उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोपसमेत लगाए। यद्यपि, सुनारले गरेको यो दाबीबारे बैठकमा कुनै स्वतन्त्र प्रमाण प्रस्तुत भएको देखिएन। सुनारले प्रहरी खरिद…

थप

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी)लाई जिम्मेवारीबाट अलग गर्न माग गरेका छन्। संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आरोप लागेका व्यक्तिलाई पदमै राखेर उनीहरूमाथि छानबिन गर्नु उचित नहुने बताए। ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ उनले भने। प्रहरीका लागि खरिद हुने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर प्रहरी तथा म्यादी प्रहरीमाथि पर्ने सुनारले बताए। निर्वाचनका क्रममा ठूलो संख्यामा म्यादी प्रहरी भर्ती हुने उल्लेख गर्दै उनले उनीहरूको पारिश्रमिक…

थप

रौतहट । रौतहटमा लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलमा मंगलबार दिउँसो नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए । घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुलनजिक बुधबार बिहान करिब साढे ६ बजे दुई बालबालिकाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी…

थप

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आत्महत्यासम्बन्धी घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार २४ घण्टाको अवधिमा देशभर आत्महत्याका ६७ वटा घटना भएका छन्। प्रहरीका अनुसार ती घटनामध्ये १८ जनाको मृत्यु भएको छ भने ५० जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई प्रहरीले उद्धार तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ। मृत्यु भएका १८ जनामध्ये १७ जनाले झुन्डिएर र एक जनाले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ। झुन्डिएर आत्महत्या गर्ने १७ जनामध्ये ११ जना महिला र ६ जना पुरुष रहेका छन्। महिलातर्फ कैलालीमा दुई जना तथा…

थप

काठमाडौं । देशका लागि पदक जित्ने लक्ष्य बोकेर दिनरात पसिना बगाइरहेका खेलाडीलाई स्वच्छ, सुरक्षित र पोषणयुक्त खाना उपलब्ध गराउनुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमै खेलाडीको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको पाइएको छ। राखेप परिसरमा पशुराम ओलीले संचालनक गरेको चमेना गृहमा खेलाडीले खाने खानाको थालमै मरेको साङ्ला भेटिएको घटना सार्वजनिक भएको छ। घटना दुई हप्ताअघिको हो। २०औँ एसियन गेम्समा सहभागिता जनाउने खेलाडीहरू नियमित रूपमा खाना तथा खाजा खाने क्रममा डाइटको थालमा साङ्ला भेटिएपछि चमेना गृहको सरसफाइ र खाद्य स्वच्छतामाथि गम्भीर प्रश्न उठेको हो। घटनाको तस्बिरसमेत सार्वजनिक भएको छ। खाना खानका लागि राखेपको चमेना गृहमा पुगेका खेलाडीको थालमा नै साङ्ला भेटिनुले भान्साको सरसफाइ,…

थप

काठमाडौं । भाडाको ट्याक्सीमा छुटेको बहुमूल्य माला तथा विभिन्न सामानसहितको झोला ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। गत साउन २३ गते चावहिल–बौद्धबाट चप्पल कारखानातर्फ जाने क्रममा BAH ९४९३ नम्बरको भाडा ट्याक्सीमा एक थान झोला र एक थान साइड झोला छुटेको भन्दै चप्पल कारखाना बस्ने शान्तिकुमारी राईले ट्राफिक प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदनका आधारमा ट्राफिक प्रहरीले ट्याक्सी र चालकको खोजी गरी छुटेको सामान फेला पारेको थियो। झोलाभित्र बहुमूल्य माला लगायत विभिन्न सामान रहेका थिए। फेला परेको सामान ट्राफिक प्रहरीले आज साउन २६ गते सम्बन्धित धनी शान्तिकुमारी राईलाई हस्तान्तरण गरेको जनाएको छ।

थप

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्री गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सीआईबीले अनुसन्धान पूरा गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। प्रतिवादी बनाउन राय दिइएकामध्ये स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकसहित ६ जना, स्मार्टको सामान खरिदमा संलग्न ३ जना, एनसेलका ९ जना, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २ जना र नेपाल दूरसञ्चार प्राधिकरणका १ जना रहेका छन्। स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण नभएपछि २०८० वैशाखदेखि सेवा बन्द भएको थियो। कम्पनी नवीकरण नभएपछि प्राधिकरणको स्वामित्वमा आउनुपर्ने उपकरण…

थप

भैरहवा । कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाए पनि भैरहवाका अधिकांश क्यासिनोमा नेपालीहरू खुलेयाम प्रवेश गरी जुवा खेलिरहेको पाइएको छ। केही क्यासिनोमा नेपालीको उपस्थिति न्यून देखिए पनि अधिकांशमा नेपाली जुवाडेको उल्लेख्य उपस्थिति देखिएको स्रोत बताउँछ। केही क्यासिनोमा जुवा खेल्नेहरूमध्ये झण्डै ५० प्रतिशतसम्म नेपाली रहेको बताइएको छ। रूपन्देहीसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, बाँकेलगायतका जिल्लाबाट नेपाली जुवाडे भैरहवाका क्यासिनो पुग्ने गरेको स्रोतको दाबी छ। काठमाडौंलगायतका ठाउँबाट समेत नियमित रूपमा खेलाडी आउने गरेको बताइएको छ। नेपालीलाई प्रवेश निषेध भए पनि खुलेयाम क्यासिनोभित्र नेपालीको भीड देखिनुले रुपन्देही प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय तथा क्यासिनोसम्बद्ध स्रोतहरूले क्यासिनो सञ्चालक र विभिन्न तहका प्रहरीबीच…

थप