Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको सुरुवात गर्दै सभापति थापाले देउवालाई नेपालमा स्वागत गरेका हुन्। बिहीबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक र देउवाको स्वदेश आगमनको समय एकै परेको थियो। बैठकको सुरुवातमै थापाले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालमा स्वागत छ, उहाँको सुस्वास्थ्यको कामना गर्दछु।’ गत फागुनमा भएको निर्वाचनको पूर्वसन्ध्यामा उपचारका लागि विदेशिएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि देउवा कुनै राजनीतिक भेटघाट नगरी सोझै आफ्नो निवासतर्फ लागेका थिए। सानेपामा गत आइतबारदेखि…
आज नाट्टाको निर्वाचन : महासचिवमा सुशील पन्तको दाबेदारी, सदस्यकेन्द्रित र प्रविधिमैत्री नाट्टाको प्रतिबद्धता
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनसँगै महासचिव पदमा उम्मेदवारी दिएका पर्यटन व्यवसायी सुशील पन्तको दाबेदारी पनि चर्चामा छ। जीस्वा तुलाधर नेतृत्वको प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका पन्तले नाट्टालाई सदस्यकेन्द्रित, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्। लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय पन्तले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा संस्थागत सुधार र सदस्यको व्यावसायिक हितसँग जोड्दै आएका छन्। उनले नाट्टा सचिवालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा संस्थागत निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साना तथा मझौला ट्राभल व्यवसायीका…
‘एसपीलाई घिसार्ने, आईजीपीलाई दोषीझैँ प्रस्तुत गर्ने’ खगेन्द्र सुनारको शैलीमाथि रमेश खरेलको प्रश्न
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाएका छन्। खरेलले सुनारको शैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथि दबाब सिर्जना गर्ने र सस्तो लोकप्रियताका लागि प्रदर्शन गर्ने प्रवृत्तिको आभास दिएको टिप्पणी गरेका छन्। खरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै कहिले प्रहरी उपरीक्षक (एसपी) लाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसार्दै काठमाडौं ल्याउने चेतावनी दिने, त कहिले गृहसचिवदेखि प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सम्मलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैली देखिएको बताएका छन्। उनले अनुसन्धान पूरा नहुँदै कसैलाई बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिने…
खगेन्द्र सुनारको टिप्पणीमा पूर्वआईजीपी खनाल : ‘बेनामी उजुरी उठाउँदा संसदीय मर्यादा ख्याल गरौँ’
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नेतृत्व वा सुरक्षा संगठनसँग सम्बन्धित बेनामी उजुरी तथा आरोपहरू संसद वा संसदीय समितिमा प्रस्तुत गर्दा शिष्टता, तथ्य र संसदीय मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन् । बुधबार सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा प्रहरी नेतृत्व र संगठनसँग सम्बन्धित विषय उठाएको सन्दर्भमा स्कुपखबरसँग कुराकानी गर्दै खनालले सुरक्षा संगठन प्रमुख तथा संगठनको हुर्मत लिने किसिमको प्रवृत्तिबाट जोगिनुपर्ने बताएका हुन् । खनालले बेनामी उजुरी वा आरोपका विषय संसदमा उठाउनै नहुने नभए पनि त्यसलाई प्रस्तुत गर्ने शैली र आधार महत्वपूर्ण हुने बताए । प्रश्न उठिसकेपछि सम्बन्धित पक्षले जवाफ दिनुपर्ने भए पनि आरोप लगाउने पक्षले समेत त्यसको पुष्टि…
साइबर अपराध मुद्दामा रास्वपा नेता यादवलाई ७ दिनको म्याद, पार्टीबाट पनि कारबाहीको चेतावनी
रौतहट । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र प्रसाद यादवमाथि विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ। गरुडा नगरपालिका घर भएका यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरेको हो। मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत रौतहटले बुधबार ७ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित व्यवहार गरेको आरोपमा यादवलाई तीन दिनअघि पक्राउ गरिएको थियो। प्रहरी अनुसन्धानसँगै पार्टीको छानबिन यादवमाथि कानुनी अनुसन्धान अघि बढिरहेका बेला उनको पार्टी रास्वपाले समेत घटनालाई लिएर आन्तरिक…
खगेन्द्र सुनारको टिप्पणीप्रति पूर्वआईजीपी साहको आपत्ति : ‘अराजक अभिव्यक्तिले संसदकै गरिमा घटाउँछ’
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन, प्रहरी महानिरीक्षक (आईजीपी) तथा प्रहरी अधिकृतहरूबारे दिएको अभिव्यक्तिप्रति पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रविन्द्र प्रताप साहले आपत्ति जनाएका छन् । साहले सामाजिक सञ्जालमार्फत सुनारको अभिव्यक्तिलाई लक्षित गर्दै सांसदहरूले संवेदनशील विषयमा बोल्दा संयमित र जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले सांसद आफैंमा कार्यकारी अधिकारयुक्त पद नभए पनि गरिमामय पद भएकाले त्यसको मर्यादा संसद, राजनीतिक दल र स्वयं सांसदले कायम राख्नुपर्ने धारणा राखेका छन् । संसदीय व्यवस्थामा विपक्षी दलका सांसदसमेत संयमित हुनुपर्ने उल्लेख गर्दै साहले सत्तारुढ दलका सांसदले झनै जिम्मेवार भएर अभिव्यक्ति दिनुपर्ने बताएका छन् । ‘माननीय खगेन्द्र सुनारले हालै लेखा समितिमा बिना…
रौतहट । मधेश प्रदेशमा सीमा सुरक्षा तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरीले कडाइ बढाएको छ। पछिल्लो एक वर्षमा मधेशका आठवटै जिल्लाबाट ७५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद हुनुले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी र कारबाही तीव्र बनेको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशका आठ जिल्लाबाट सशस्त्र प्रहरीले ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपैयाँ २० पैसा बराबरको अवैध सामान बरामद गरेको हो। छिन्नमस्ता बाहिनीअन्तर्गत परिचालित सशस्त्र प्रहरीका गस्ती, निगरानी तथा विशेष टोलीले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म सञ्चालन गरेको नियमित तथा विशेष अभियानका क्रममा उक्त मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार भारतबाट…
उमेश अवस्थी आदर्श बगैँचामा बन्दुकका नालहरू तेर्स्याएरकलिला कोपिलाका छातीमावर्षाएर फलामी गोलीहरूरक्तपातको आधुनिक सागरमापौडिरहेथे समाजका विवेकहरू टुट्नेहरूको भरोसा टुटिसकेको थियो देशबाटआशाहरू शहीद भइसकेका थिएगोलीको तीखो प्रहारबाट डराएर रोइरहेका थिए रूखहरूबन्दुकको आवाज सुनेरक्षितिजतिर भाग्दै थियो सूर्य हताहत भएका बच्चाका आत्माहरू आएरघिरिरहेथे मलाईदिउँसै निस्पट्ट अँधेरो छाएको थियो मन्दिर वरिपरि हेर्दा जीवित र वास्तवमा मरिसकेको समाजमाकुनै मोल हुँदो रहेनछ करूणाको निमेषभसमा सडकमा गिदी फिजारिएकाबच्चाका आत्माको आवेगखोजिरहेथ्यो लाखौको अकाल मृत्यु सल्किसकेको आगोको ज्वाला निभाउनअञ्जुलीभरि पानी लिएर आइपुगे दानबहादुर टार्गेटलाई तोकेर तेर्स्याएकोबन्दुकको ट्रेगर छड्काउनुभन्दा पहिलाछड्काइदिए उनले विवेकको ट्रेगर हातको बन्दुकलाई फालेरभूइँको मानवीयता टिप्न खोज्दाखोज्दैदुश्मनको आगोले जलाइदियो उनैको घर घरसँगै शरीरमा सल्किएको आगो बोकेरभौतारिरहे चारैतिरअग्लो पर्खालजस्तो भिडलेनिभाउने…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ भन्दै प्रहरीले एकैपटक फरक–फरक प्रकृतिका चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका हुन्। अपराध नियन्त्रण, प्रविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना तथा नागरिकका बढ्दो अपेक्षाबीच प्रहरीको भूमिका थप चुनौतीपूर्ण बन्दै गएको छ। परम्परागत अपराध नियन्त्रणसँगै नयाँ प्रकृतिका अपराध र प्रविधिको दुरुपयोग नियन्त्रण गर्नु प्रहरीका लागि थप चुनौती बनेको छ। यस्तो अवस्थामा प्रहरी संगठनका हरेक सदस्यले आफ्नो जिम्मेवारीप्रति थप इमानदार, अनुशासित, व्यावसायिक र जवाफदेही बन्नुपर्ने देखिन्छ। आईजीपी कार्कीको अभिव्यक्तिले प्रहरीसामु…
‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने हामी प्रहरी नै रहेछौँ कि भन्ने लाग्यो’ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा आफूहरूमाथि प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूलाई नै यो धर्तीको सबैभन्दा काम नलाग्ने मानिसजस्तो महसुस भएको टिप्पणी गरेका छन्। संसद्को सार्वजनिक लेखा समितिमा निर्वाचनका क्रममा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल भएको थियो। सोही क्रममा जवाफ दिने क्रममा आईजीपी कार्कीले यस्तो टिप्पणी गरेका हुन्। उजुरी परेपछि सम्बन्धित निकायले जवाफ दिन समितिमा उपस्थित हुनु स्वाभाविक भएको उनले बताए। तर, जवाफ दिन आएका प्रहरी अधिकारीहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि…