Author: Scoop Khabar

रौतहट । एक दिन आएको विनाशकारी बाढीले भौतिक संरचना मात्रै बगाएन, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक रामप्रसाद घोषको परिवारको चैन र आशासमेत बगाइदिएको छ। गत १० भदौमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आयोजनाको प्रशासनतर्फ कार्यरत ४२ वर्षीय घोष सम्पर्कविहीन भएका हुन्। उनी बेपत्ता भएको आज १३ दिन पुगिसकेको छ। तर, अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। बाढी आउनुभन्दा एक दिनअघि, ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै घोषसँगको अन्तिम सम्पर्क थियो। त्यसपछि परिवारले उनको मोबाइलमा पटक–पटक फोन गरिरहेको छ। तर फोन सम्पर्क हुन सकेको छैन। ‘कतैबाट फोन आउला कि, उताबाट रामप्रसादकै आवाज सुनिएला…

थप

कपिलवस्तु । रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् १२ दिनदेखि बेपत्ता छन्। श्रीमानको अवस्थाबारे कुनै खबर नआएपछि कपिलवस्तुकी एक नवविवाहिताले आत्महत्याको प्रयास गरेकी छन्। महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। आशिषको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नआएपछि उनकी २१ वर्षीया श्रीमती प्रियंकाले आइतबार बिहान आत्महत्याको प्रयास गरेकी हुन्। घरपरिवार तथा स्थानीयवासीले तत्काल उद्धार गरेपछि उनको ज्यान जोगिएको छ। प्रहरीका अनुसार प्रियंकाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। आशिष र प्रियंकाको विवाह गत वैशाखमा मात्रै भएको थियो। प्रहरी…

थप

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन्। बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनालाई उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले देशमा आशा जगाएको बताएका हुन्। सामाजिक सञ्जालमार्फत ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै निरन्तर र दृढतापूर्वक भइरहेको सन्देश दिएको बताएका छन्। प्रधानमन्त्री शाहले बाढीका कारण घरबारविहीन भएका तथा आफन्त गुमाएका ज्येष्ठ नागरिकको पीडाप्रति राज्य संवेदनशील रहेको बताएका छन्। उनले प्रभावित ज्येष्ठ नागरिकलाई अस्थायी शिविर तथा विभिन्न आश्रयस्थलमा राखेर…

थप

वीरगञ्ज । पर्सामा तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख एसपी पवन भट्टराईले कडाइ गरिरहेका बेला प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक (सई) मानबहादुर खड्कामाथि भने आफ्नै ढंगले ‘घुमुवा’ परिचालन गरी रकम उठाउने गरेको आरोप छ। स्रोतका अनुसार सई खड्काको आडमा प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवलाई परवानीपुर क्षेत्रका सवारीसाधन, कलकारखाना, ट्रान्सपोर्ट व्यवसायी तथा तस्करीसँग जोडिएका कारोबारीबाट रकम उठाउन परिचालन गरिएको हो। यादवले चेकजाँचका नाममा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम असुल्ने गरेको आरोप छ। त्यसैगरी हवल्दार यावदले सीमावर्ती नाकाबाट भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म लैजाने व्यापारीसँग मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाउने गरेका छन्। कपडा, चिनी,…

थप

विराटनगर । विराटनगरको महेन्द्र चोकमा छात्रामाथि दुर्व्यवहार भएको भन्दै भाइरल बनाइएको भिडियोका आधारमा प्रहरीले दुई युवालाई पक्राउ गरेपछि घटनाको वास्तविकतामाथि प्रश्न उठेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले मोटरसाइकलमा जडान गरिएको क्यामेराबाट खिचेको भिडियो ‘दिउँसै युवतीमाथि दुर्व्यवहार’ भन्ने आशयमा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियोमा मोटरसाइकलमा पछाडि बसेका युवाले छात्रातर्फ हात लगेको देखिन्छ। तर, घटनाका भनिएका ‘पीडित’ छात्राहरूले भने आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको बताएका छन्। उनीहरूका अनुसार ती युवाले जेब्रा क्रसिङबाट बाटो काट्न हातले संकेत गरेका मात्र हुन्। आफूहरूलाई नछोएको र त्यहाँ कुनै विवादसमेत नभएको उनीहरूको भनाइ छ। मोरङ प्रहरीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि…

थप

वीरगञ्ज । गत फागुनमा निर्वाचनका बेला उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल अहिले क्यासिनो प्रकरणमा पक्राउ परेपछि चर्चामा आएका छन्। वीरगञ्जमा सञ्चालित विभिन्न क्यासिनोमा प्रहरीले शनिबार राति गरेको छापा कारबाहीका क्रममा पौडेलसहित ८ जना पक्राउ परेका हुन्। पौडेल वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रा.लि.मा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, चन्दन साहनी र प्रकाश बैठा पनि रहेका छन्। उनीहरू क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जनाइएको छ। पौडेल भने केही महिनाअघि मात्रै निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी…

थप

काठमाडौं । सुडान र दक्षिण सुडानबीचको विवादित तथा संवेदनशील क्षेत्र अबेईमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरका रूपमा कार्यरत नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठको सैनिक सेवाको पदावधि सरकारले एक वर्ष थप गरेको छ। संयुक्त राष्ट्रसंघको आग्रह र प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसपछि सरकारले श्रेष्ठलाई राष्ट्रसंघीय जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले रथी श्रेष्ठको पदावधि थप गर्ने निर्णय गरेको हो। यससँगै उनको नियमित सैनिक सेवाबाट अवकाश हुने समय एक वर्ष पछाडि सरेको छ। श्रेष्ठको नियमित सेवाको पदावधि आगामी मंसिर ८ गते सकिँदै थियो। तर, अबेईमा उनले सम्हालिरहेको फोर्स कमाण्डरको जिम्मेवारी…

थप

वीरगञ्ज । वीरगञ्जको एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा जनप्रतिनिधिदेखि बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म पक्राउ परेका छन्। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा छापा मारेर सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भदौ १२ गते राति करिब १०ः३० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। छापा मार्ने क्रममा नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव…

थप

रौतहट । रौतहटको कटहरिया बजारमा भएको खसी चोरीको घटनाले चोरी गर्नेभन्दा चोरीको सामान खरिद गर्ने पक्षको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटना थप पेचिलो बनेको हो। पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम, चोरीको खसी खरिद गरेको आरोपमा १८ वर्षीय समीर मन्सुरी र उनका साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ छन्। प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको उक्त खसी समीर र दिनेशलाई १३…

थप

रौतहट । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरीले १५१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। ठूलो परिमाणमा गाँजा बोकेर हिँडिरहेको ८–९ जनाको समूह प्रहरीको निगरानीमा परेपछि गाँजाका पोका खेतमै छाडेर फरार भएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीको संयुक्त टोलीले बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा एम्बुस थापेर निगरानी गरिरहेको थियो। सोही क्रममा धानखेतको आली हुँदै ८–९ जना अपरिचित व्यक्ति पिठ्युँमा झोलाजस्तो बनाएर सामान बोकी आउँदै गरेको अवस्थामा प्रहरीको नजरमा परेका थिए। प्रहरी टोलीले उनीहरूलाई रोक्न तथा नियन्त्रणमा…

थप