Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काभ्रेपलान्चोक । नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले युवतीसहित होटलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। त्यसपछि स्थानीयले उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए। जिम्मेवारी र प्रहरी संगठनको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन्। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट ‘उत्कृष्ट प्रहरी’ समेत घोषित भएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयले खबर गरेपछि श्रेष्ठसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि…
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा आज बिहानैदेखि तनाव भएको छ। कारागारमा खानतलासी गरिएपछि केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र रहेको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको प्रहरीले जनाएको छ। एसपी कटवालले भने खानतलासीलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कारागारमा समय–समयमा गरिँदै आएको सर्चकै निरन्तरता हो। आज बिहानसम्मको खानतलासीमा कुनै अवैध वस्तु फेला नपरेको प्रहरीले…
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलसहित नेपाल आएका सेठसँग उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेका थिए। भ्रमणका क्रममा आज राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतका स्थल सेनाध्यक्षलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ। यसअघि नेपाली सेनाका प्रधानसेनापति…
गगन थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस बनाउने यात्रामा छौँ : नेविसंघ अध्यक्ष कटुवाल
काठमाडौं । नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्वमा ‘नयाँ युगको कांग्रेस’ निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अग्रज नेताहरूको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कटुवालले नेतृत्व पदले नभई विचार, दृष्टि र साहसले स्थापित हुने बताएकी हुन्। ‘आज नेपाली कांग्रेसका अग्रज नेताहरूको सम्बोधन सुनेपछि एउटा कुरा अझ गहिरो गरी महसुस भयो। नेतृत्व पदले होइन, विचार, दृष्टि र साहसले स्थापित हुन्छ,’ उनले लेखेकी छन्। उनले सभापति थापाको नेतृत्वप्रति सम्मान थप बढेको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत लोकतन्त्र, रूपान्तरण र पुस्तान्तरणको पक्षमा दृढतापूर्वक उभिएको नेतृत्वसँग…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्दै सार्वजनिक लेखा समितिमा हालै भएको घटनालाई सिंगो प्रहरी संगठनमाथिको प्रहारका रूपमा लिनुपर्ने बताएका छन्। आइजीपी कार्कीले सभामुख अर्यालसँग ‘लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो, यसमा तपाईंको धारणा के हो?’ भन्दै विषयमा गम्भीर चासो व्यक्त गरेका थिए। जवाफमा सभामुख अर्यालले आफू पनि घटनाबारे गम्भीर रहेको बताउँदै लेखा समिति सभापतिसँग समेत कुराकानी गरिसकेको जानकारी गराएका थिए। उनले यस विषयमा आफूले थप हेर्ने बताएका थिए। भेटका क्रममा सभामुख अर्यालले प्रहरी नेतृत्वलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिँदै व्यवस्थापिका संसद्को तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाएका…
काठमाडौं । सार्वजनिक लेखा समितिमा रहेर राज्यको आर्थिक हिसाब–किताबबारे प्रश्न उठाउँदै आएका खगेन्द्र सुनारले राज्यमा रहेको बेरुजु, भ्रष्टाचार र अनियमितताबारे कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै सुनारले राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा आफूहरूले अझै ‘तितो बोल्न’ बाँकी रहेको बताएका छन्। उनले सार्वजनिक लेखा समितिमा रहेर आफूहरूले जनताको पक्षमा आवाज उठाउनुपर्ने भन्दै भनेका छन्, ‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ।’ सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम’ कसैले न कसैले लिनुपर्ने…
बिहार । चोरी गर्न घरभित्र पसेको आरोपमा एक व्यक्ति घरधनीको फन्दामा परे। सामान्यतया यस्तो अवस्थामा आक्रोश, कुटपिट र प्रहरीको जिम्मा लगाउने दृश्य देखिन्छ। तर, बिहारमा भएको भनिएको एउटा घटनाले भने फरक सन्देश दिएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चोरी गर्दै गरेको भनिएका एक व्यक्तिलाई घरधनीले नियन्त्रणमा लिएपछि पहिले पेटभरि खाना खुवाएको देखिन्छ। गाउँलेहरूले ‘चोरलाई किन खाना खुवाएको?’ भन्दै प्रश्न गरेपछि घरधनीले दिएको जवाफले धेरैको ध्यान तानेको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विवरणअनुसार घरधनीले भनेका छन्, ‘भोकै अवस्थामा पिट्दा कमजोरीका कारण उसलाई केही भयो भने दोष ममाथि आउन सक्छ। त्यसैले पहिले पेटभरि खाना खुवाउँछु, त्यसपछि बाँकी कुरा गर्छु।’…
४३ वर्षपछि पक्राउ परे हत्याका अन्तिम जीवित प्रतिवादी, फैसला गर्ने न्यायाधीश बनेका थिए प्रधानन्यायाधीश
सिरहा । मन्दिरमा बोका चढाउने विषयमा भएको विवादले निम्त्याएको हत्याकाण्डमा अदालतबाट एक वर्ष कैद सजाय सुनाइएका ८० वर्षीय ठकाई यादव ४३ वर्षपछि पक्राउ परेका छन्। रोचक संयोग त के छ भने, उनलाई कैद सजाय सुनाउने तत्कालीन अञ्चल अदालतका न्यायाधीश मीनबहादुर रायमाझी पछि नेपालको १९औँ प्रधानन्यायाधीश बनेर अवकाशसमेत लिइसकेका छन्। सर्वोच्च अदालतको अभिलेखअनुसार रायमाझीले २०६६ वैशाख २५ देखि मंसिर २८ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५, साविक खरुकियाही गाउँ पञ्चायत–४ का यादवलाई प्रहरीले बिहीबार स्थानीय शिव मन्दिरबाट पूजारीको भेषमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको…
काठमाडौं । गायिका तथा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत संगठनको गरिमा र प्रहरीको मनोबल जोगाउन नेतृत्वले दृढ अडान लिनुपर्ने धारणा व्यक्त गरेकी छन्। वलीले फेसबुकमा स्ट्याटस लेख्दै नेपाल प्रहरी केवल एउटा संगठन नभई राज्यको कानुन, जनताको भरोसा र राष्ट्रको सुरक्षाको प्रतीक भएको उल्लेख गरेकी छन्। उनले प्रहरी संगठनको इतिहास, गौरव र जनविश्वासलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्। उनले आईजीपीलाई सम्बोधन गर्दै बर्दी लगाएर भावनामा कमजोर देखिनुभन्दा बर्दीको गरिमा र संगठनको मनोबल जोगाउने अडान देखाउन आग्रह गरेकी छन्। ‘टाउको कमजोर भयो भने शरीरले दिशा पाउँदैन, नेतृत्व कमजोर देखियो भने सिपाहीको…
कैलाली । श्रीमती र दुई छोरीलाई छाडेर करिब सात महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी सहायक हवल्दार प्रेम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको घोडाघोडी बस्ने एक महिलासँग प्रेम सम्बन्धमा रहेका मौनी प्रहरीकै दबाबपछि भारतको बैङ्लोरबाट फर्किएको खुलेको छ। उनी इलाका प्रहरी कार्यालय मालाखेतीमै कार्यरत रहेका बेला परिवारलाई छाडेर सम्पर्कविहीन भएका थिए। मौनीकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी भारतबाट फर्किएको बताइएको छ। तर, उनीहरूबीचको विवाद समाधान नभएपछि मौनीलाई समेत इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मौनीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको छ। उनी लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको र भारतको बैङ्लोरमा बस्दै आएको प्रारम्भिक जानकारीबाट खुलेको…