Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि संसदमा गम्भीर प्रश्न उठाउँदै आफ्नै सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। उनले सरकार सिंहदरबारबाट नभई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको ज्वागलस्थित निवासबाट चलिरहेको आरोप लगाउँदै ‘गुण्डा शैलीको शासन’ भइरहेको दाबी गरे। सिंहले संविधानले सल्लाहकारलाई कार्यकारी अधिकार नदिए पनि प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिले कर्मचारी, प्रहरी तथा सुरक्षा निकायका प्रमुखलाई दबाब दिने गरेको आरोप लगाए। उनले सल्लाहकार बेन लुकीछिपी भारतीय जासुसी संस्थालाई भेट्न दिल्ली गएको र त्यहाँ ललित प्यालेसको दोस्रो तलामा बसेको दाबीसमेत गरे। यस्ता गतिविधिले राज्यको प्रतिष्ठामाथि प्रश्न उठाएको उनको भनाइ थियो। उनले उद्योगमन्त्री गौरीकुमारी यादवले…
दाङ । पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई ‘नक्कली चालक’ बनाएर मुद्दा चलाइएको आरोपमा सल्यानका तत्कालीन प्रहरी प्रमुखसहित दुई प्रहरी अधिकारी छानबिनमा तानिएका छन्। तत्कालीन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङमाथि दुर्घटनाको वास्तविक चालकलाई जोगाएर घटना हुँदाका बखत गाडीमै नरहेका व्यक्तिलाई चालक बनाएर कारबाही अघि बढाएको आरोप लागेको हो। आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरी निर्दोष व्यक्तिलाई जेल पठाइएको उजुरी परेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित चोरखोलामा गत…
काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत काठमाडौंले तामाङलाई ५० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार तामाङसहित दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको हो। यसअघि भदौ ११ गते अदालतले तामाङसहित १६ जनालाई ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो। त्यस्तै केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार जरिवाना सुनाएको छ। अदालतले तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ,…
वीरगञ्ज । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि राज्यका सुरक्षा तथा प्रशासनिक निकायको ध्यान उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइरहेका बेला पर्साका पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने सीमावर्ती नाकाबाट गाई–भैंसीको अवैध ओसारपसार बढेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार पर्साको मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाका हुँदै भारततर्फ तथा भारतबाट नेपालतर्फ दुहुना गाई–भैंसीको अवैध ओसारपसार भइरहेको छ। राज्यका निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको मौका छोपेर सीमावर्ती क्षेत्रमा पशु तस्करी बढेको स्थानीयको दाबी छ। स्रोतका अनुसार सीमावर्ती खेत, कच्ची तथा वैकल्पिक बाटो प्रयोग गरी रातको समयमा मात्रै नभई दिनमै समेत अनुकूल समय मिलाएर गाई–भैंसी ओसारपसार हुने गरेको छ। तस्करी बढेको आरोपसँगै सीमा…
जेन्जी श्रद्धाञ्जलीमा प्रहरीको बलिदान छुट्यो, महाराजगन्ज वृत्तले सम्झियो अमर प्रहरीलाई
काठमाडौं । जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भदौ २३ र २४ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना गरिएको छ। यसै क्रममा ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’को आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। यस्तै कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधारमन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो। कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका गृहमन्त्री गुरुङले पनि आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको योगदान र बलिदानबारे धारणा राखे। तर,…
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राहत सामग्री वितरण नगरी थन्क्याएको तथा सामग्री सडेर गएको भन्ने आरोप सामाजिक सञ्जालमा फैलिन थालेपछि नेपाल प्रहरीले त्यसको खण्डन गरेको छ। नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएका यस्ता आरोप तथा अफवाह तथ्यहीन र कपोलकल्पित भएको जनाएको हो। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर खटिरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार विपद्मा खटिएका सुरक्षाकर्मीले आफ्नो…
काठमाडौं । २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा राष्ट्रिय नागरिक अभियानले दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। आन्दोलनको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदान स्मरण गरिएको थियो। कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। राष्ट्रिय नागरिक अभियानका संयोजक रविन सिंह बस्नेतले आन्दोलन जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार सरकारले सहिदहरूको सपना साकार पार्न नसकेको बताए। उनले आगामी दिनमा कुनै पनि नेपाली नागरिकले परिवर्तन र अधिकारका लागि आन्दोलनमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर बन्नुपर्ने बताए। देशमा स्थायी शान्ति, सुशासन र…
काठमाडौं । भुरुङखेलबाट प्रहरीले ठूलो परिमाणमा अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका लुकाएर राखेको आरोपमा काभ्रेको बनेपा–१० घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय सुजन कपालीलाई पक्राउ गरेको हो। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार साँझ करिब ५ बजे भुरुङखेलस्थित एक घरको तेस्रो तलामा कपालीले डेरामा राखेको कोठामा खानतलासी गर्दा विभिन्न ब्रान्डका पटका, झिरझिरे, रकेट, चक्कर, इलेक्ट्रिक पटका लगायत ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद सामग्रीमा रकेट बम, लियोपार्ड किङ, फ्लावर पोट, चक्कर, इलेक्ट्रिक पटका, झिरझिरे, सुलती बम, किङ कोब्रा लगायतका विभिन्न प्रकारका पटका रहेका छन्। पक्राउ परेका कपालीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका…
रौतहट । रौतहटको देवाही गोनाहीमा मोटरसाइकल चोरी गर्न आएका चोरहरू चोरी गर्न नपाउँदै आफ्नै मोटरसाइकल र चप्पल छाडेर फरार भएका छन्। देवाही गोनाही नगरपालिका–४ गोनाही टोलमा आइतबार मध्यराति करिब १२ बजेतिर चार जनाको समूह मोटरसाइकल चोरी गर्न पुगेको थियो। घरअगाडि राखिएका चार वटा मोटरसाइकल चोरी गर्ने प्रयास भइरहेको अवस्थामा घरका सदस्यले थाहा पाएपछि उनीहरू भागेका थिए। चोरहरू भाग्ने क्रममा स्थानीयले प्रतिकार गरेपछि उनीहरूको समूहमा रहेको एउटा मोटरसाइकल घटनास्थलमै छुटेको हो। स्थानीय रामाप्रवेश कुर्मीका अनुसार आफू घरमा नभएको समयमा चार जना व्यक्ति घरअगाडि रहेको बैठक कोठामा राखिएका मोटरसाइकल चोरी गर्न आएका थिए। उनका दाइ रामकिशोर प्रसाद पटेलले चोरहरूको गतिविधि थाहा पाएपछि…
रौतहट । एक दिन आएको विनाशकारी बाढीले भौतिक संरचना मात्रै बगाएन, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक रामप्रसाद घोषको परिवारको चैन र आशासमेत बगाइदिएको छ। गत १० भदौमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आयोजनाको प्रशासनतर्फ कार्यरत ४२ वर्षीय घोष सम्पर्कविहीन भएका हुन्। उनी बेपत्ता भएको आज १३ दिन पुगिसकेको छ। तर, अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। बाढी आउनुभन्दा एक दिनअघि, ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै घोषसँगको अन्तिम सम्पर्क थियो। त्यसपछि परिवारले उनको मोबाइलमा पटक–पटक फोन गरिरहेको छ। तर फोन सम्पर्क हुन सकेको छैन। ‘कतैबाट फोन आउला कि, उताबाट रामप्रसादकै आवाज सुनिएला…
