Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्ने पहल अघि बढाएको हो । प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगसमक्ष समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए । सोही मागका विषयमा छलफल गरी समाधान खोज्न सरकारले वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी छन्…
काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ता–कपडा तथा जुत्ता खरिदमा भ्रष्टाचार भएको आरोपबारे तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। सांसद सुनारले सामाजिक सञ्जालमार्फत तीखो शैलीमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रष्टाचारको छानबिन अघि बढाउनुअघि गृह सचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवार बनाइनुपर्ने धारणा राखेका हुन्। ‘हाम्रोतिर बुट–जुत्ता यसरी लगाउँछन्, तपाईंकोतिर बुट–जुत्ता लगाउँछन् कि खान्छन् ?’ भन्दै उनले म्यादी प्रहरीको लत्ता–कपडा तथा जुत्ता खरिदमा भएको भनिएको अनियमिततामाथि प्रश्न उठाएका छन्। उनले उक्त प्रकरणमा तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्दै जनमतको कदर गर्न सरकार कठोर कदम चाल्नुपर्ने उनको…
कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले एक राउण्ड हवाई फायर गरेर ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार कोहलपुर नगरपालिका–६ मा अफिमको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घेरा हालेपछि दुवै जना भाग्न खोजेका थिए । उनीहरूलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १४ किलो…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको समायोजन प्रक्रिया पूर्ण रूपमा सकिएको दाबी गरेका छन् । सोमबार आयोजित क्यान्डिडेट क्लब घोषणा कार्यक्रममा बोल्दै लामिछानेले अब रास्वपा एकीकृत ढंगले अघि बढ्ने बताए । पार्टीभित्र गुट वा फरक–फरक नेतृत्वको अवस्था नरहेको उनको भनाइ छ । ‘एउटा रास्वपा छ, एउटा लिडर छ, फरक–फरक छैन । कसैले भन्न सक्ला, म यो गुटको हो, मेरो नेता यो हो । तर त्यसबाट मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन,’ उनले भने । लामिछानेले विशेष परिस्थितिका कारण यसअघि पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको पनि बताए । आगामी दिनमा भने पार्टीको सांगठनिक…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको ‘नेमप्लेट’ राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए। सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर पक्षका नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेको थापाले आरोप लगाए। ‘त्यो बेला जसले यसो नगरौँ दाई भन्यो, ती सबै तपाईँलाई पराई लागे, जसले वरिपरि बसेर धुप बाले ती आफ्ना लागे। आफ्नैले डुबाए दाई, फेरि डुबाउँछन्,’ थापाले भने। थापाले निवर्तमान सभापति देउवा पक्षले गरेको…
भैरहवा । रुपन्देहीको बुटवलमा भन्सार छली गरी भण्डारण गरिएको ८२ लाख १५ हजार रुपैयाँभन्दा बढी मूल्यको जुत्ता तथा चप्पल बरामद भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्रबहादुर खत्रीले परिचालन गरेको विशेष टोलीले बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको हो । बरामद भएको स्थान इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको कार्यक्षेत्रमा पर्छ । अर्थात् डीएसपीकै कार्यक्षेत्रमा रहेको गोदाममा प्रदेश प्रहरीको टोली पुगेर तस्करीको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चारवटा कोठामा भण्डारण गरिएको १ हजार ९३ जोर लेडिज चप्पल, १ हजार ६ सय ८५ जोर लेडिज जुत्ता,…
रिहा भएपछि पत्रकार श्रेष्ठको चेतावनी- ‘म हारेको छैन, नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ’
काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन् । सोमबार अदालतले उनलाई हिरासतबाट छाड्न आदेश दिएपछि श्रेष्ठ रिहा भएका हुन् । रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा आफूलाई कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको बताएका छन् । आफूविरुद्ध भएको पछिल्लो घटनालाई उनले दबाबको सुरुवातका रूपमा अर्थ्याउँदै आगामी दिनमा अन्यले पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्ने आशङ्का व्यक्त गरे । श्रेष्ठले आफूले देखेको र सत्य ठानेको विषयमा समाचार लेख्दा विगतमा पनि सत्ताको दबाब र ज्यादती सामना गर्नुपरेको बताए । तर यस्ता दबाब र घटनाले आफूलाई पत्रकारिताबाट पछि हटाउन नसक्ने उनको भनाइ छ । ‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन् ।…
काठमाडौं । पत्रकार किशोर श्रेष्ठले प्रहरीले आफूलाई मानसिक यातना दिने उद्देश्यले लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमक्ष गुनासो गरेका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इजलासमै उपस्थित भएर आफ्नो भनाइ राख्दै श्रेष्ठले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गरे । उनले हिरासतमा आफूलाई लागूऔषधका अभियुक्तहरूसँगै राखिएको र त्यसका कारण मानसिक रूपमा निकै कठिन अवस्था सिर्जना भएको बताए । श्रेष्ठले इजलासमा भने, ‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागूऔषधका अभियुक्तहरूसँगै राखिएको छ । ५ दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन ।’ उनले हिरासतको अवस्थाले आफूलाई थप मानसिक दबाबमा…
सन्दर्भ : श्रावण ३१ वि.सं. २०३५ साल श्रावण ३० गते नेपाल प्रहरीका १०औँ प्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाले संगठनको नेतृत्व सम्हालेका थिए। वि.सं. २०३९ जेठ ३१ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थापाको कार्यकाल संगठनको आधुनिकीकरण र संस्थागत विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ। तत्कालीन आईजीपी खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाएपछि त्यसबेला प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। थापाको कार्यकालमा नेपाल प्रहरीमा कमाण्डो तालिमको सुरुवात भएको थियो। उनकै अग्रसरतामा आईजीपी निवास निर्माण, पर्यटक प्रहरी तथा प्रहरी पहरा गणको स्थापना लगायतका महत्वपूर्ण कामहरू अघि बढेका थिए। हाल नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय निर्माणमा समेत थापाको महत्वपूर्ण योगदान रहेको…
ललितपुर । प्रहरी भन्नेबित्तिकै धेरैको मानसपटलमा सुरक्षा, कानुन कार्यान्वयन र अनुशासनको तस्वीर आउँछ। तर प्रहरी सेवाको अर्को महत्वपूर्ण पाटो पनि छ- मानवीय संवेदना। ललितपुर जिल्ला प्रहरी परिसरका एसपी गौतम मिश्रले मध्यरातमा लघुवित्त पीडितहरूबीच पुगेर देखाएको व्यवहारले प्रहरी सेवाको यही मानवीय पक्षलाई उजागर गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एसपी मिश्र मध्यरातमा पीडितहरूसँगै बसेर उनीहरूको समस्या र पीडा सुनिरहेका देखिन्छन्। प्रहरी अधिकारीको हैसियतमा आदेश दिने वा नियन्त्रण गर्नेभन्दा पनि उनी पीडितहरूको भावना बुझ्दै संवाद र समन्वयमा केन्द्रित देखिन्छन्। लघुवित्त पीडितहरू लामो समयदेखि आर्थिक तथा सामाजिक समस्याबाट गुज्रिरहेका अवस्थामा उनीहरूकै बीचमा पुगेर समस्या सुन्ने प्रयासलाई केवल नियमित प्रहरी गतिविधिका रूपमा मात्रै…