Author: Scoop Khabar

काठमाडौं । हिजो बुबाको मुख हेर्ने दिन। बाबु–छोरीको सम्बन्ध, सम्मान र पारिवारिक संवेदनाको दिन। तर, त्यही दिन प्रतिनिधिसभाको बैठकमा सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीमाथि खनिए। आईजीमाथि प्रश्न उठाउने क्रममा उनले ‘बाउ–छोरी’ जोडेर गरेको टिप्पणीले भने बहसलाई आरोप र अनियमितताको विषयबाट बाहिर निकालेर मानवीय संवेदना र राजनीतिक मर्यादासम्म पुर्‍याएको छ। आईजीमाथि प्रश्न उठाउन पाइन्छ। प्रहरी नेतृत्वसँग जवाफ माग्न पाइन्छ। कुनै खरिदमा अनियमितता भएको आशंका छ भने छानबिनको माग गर्नु पनि सांसदको अधिकार हो। तर, त्यसका लागि आईजीको परिवार र छोरीलाई जोड्नु आवश्यक थियो? प्रश्न जटिल बनेको छ। विशेषगरी बुबाको मुख हेर्ने दिनजस्तो भावनात्मक अवसरमा बाबु र छोरीको…

थप

रौतहट । प्रहरीसँग ‘पहुँच’ रहेको दाबी गर्दै थुनुवा छुटाइदिने र मुद्दा मिलाइदिने नाममा रकम असुल्ने प्रवृत्ति रौतहटमा फेरि चर्चामा आएको छ। यही आरोपमा गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्। हुस्नैनमाथि प्रहरीको नाम र कथित पहुँच प्रयोग गर्दै थुनुवालाई छुटाइदिने आश्वासनमा १ लाख रुपैयाँ असुलेको आरोप लागेको हो। प्रहरीले उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार केही दिनअघि श्रीपुरमा भएको झगडामा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने तथा थुनुवालाई छुटाइदिने आश्वासन दिएको आरोप छ। सोही आश्वासनका आधारमा उनले रामजनकी श्रीमतीबाट…

थप

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवादेखि नवलपरासी पश्चिमसम्मका जिल्लामा ती शव फेला परेको जनाएको हो । प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय २९, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९९, रसुवामा १ सय ८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । १ हजार २ सय ३० शव व्यवस्थापनप्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि डीएनए…

थप

काठमाडौं । मुलुक प्राकृतिक विपद्को गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न आरोप सार्वजनिक हुन थालेका छन्। तर आरोपसँगै एउटा गम्भीर प्रश्न पनि उठेको छ- आरोपको प्रमाण खोइ ? भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजतलास, शव व्यवस्थापन र नागरिक सुरक्षामा नेपाल प्रहरीका हजारौं कर्मचारी दिनरात खटिरहेका छन्। संगठनका अधिकांश जनशक्ति विपद्को मैदानमा परिचालित रहेका बेला प्रहरी नेतृत्वलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप बढ्न थालेपछि यसको उद्देश्य र आधारमाथि प्रश्न उठेको हो। महानिरीक्षक कार्कीमाथि लगाइएका विभिन्न आरोपबारे अहिलेसम्म कुनै विश्वसनीय प्रमाण, आधिकारिक अनुसन्धान प्रतिवेदन वा सक्षम निकायको निष्कर्ष सार्वजनिक भएको छैन। आरोपमाथि छानबिन हुनै हुँदैन…

थप

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा बिहीबार गरिएको खानतलासीका क्रममा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा र फलामका पाइप बरामद भएका छन्। बरामद सामग्रीले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको खानतलासीका क्रममा उक्त सामग्री बरामद भएको हो। मोरङ प्रहरीका अनुसार ‘बी’ ब्लकमा नाइके र चौकीदार समूहले प्रभाव जमाउँदै आएको तथा अन्य कैदीलाई नियन्त्रणमा राख्ने र यातना दिने गरेको गुनासो प्रहरीसमक्ष पुगेको थियो। पीडित कैदीहरूले चलाखीपूर्वक ३७ जनालाई ब्लकबाट बाहिर निकालेर प्रहरीको जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई ब्लकभित्र प्रवेश गरी विस्तृत…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार जारी सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४, भान्से ३८, कुचिकार ८, सूचीकार ६, केसकर्तक ७, चर्मकर्मी २ र माली १ पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

थप

बागलुङ । भोटेकोसी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदीति १६ दिनसम्म पनि फेला नपरेपछि अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए। यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत…

थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक निर्वाचन प्रक्रियालाई सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन प्रक्रियासम्बन्धी आवश्यक राय–परामर्श र सहजीकरणका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । समितिले बिहीबार जारी गरेको सूचनाअनुसार प्रदेशगत रूपमा निर्वाचन संयोजकको जिम्मेवारी पाउनेमा कोशी प्रदेशमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपककुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्याय रहेका छन्।समितिका अनुसार सम्बन्धित प्रदेशमा पार्टीको संगठनात्मक निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक राय–परामर्श, समन्वय र सहजीकरण गर्ने उद्देश्यले संयोजकहरू तोकिएको हो। यसैबीच, बाढी प्रभावित रसुवा, नुवाकोट र…

थप

रौतहट । बुधबार पदभार ग्रहण गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको सञ्चारकर्मीसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ पौडेलले नागरिकलाई सहज, छिटो र पारदर्शी ढंगले सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। निजामती सेवामा प्रवेश गरेदेखि नै सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै उनले रौतहटमा पनि सोही कार्यशैलीलाई निरन्तरता दिने बताए। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवामा अनावश्यक ढिलासुस्ती, बिचौलियाको प्रभाव र सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्तिलाई…

थप

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्यसँग नजिकिएको सम्बन्धले ४६ वर्षीया कुसुम गुभाजुलाई अन्ततः जेल पुर्‍याएको छ। सम्बन्धकै क्रममा सुरु भएको विवाद आर्थिक लेनदेन, धम्कीको आरोप हुँदै आपराधिक लाभको मुद्दासम्म पुगेपछि उनी पुर्पक्षका लागि थुनामा गएकी हुन्। गुभाजु नेपाली सेनाका एक सैनिककी श्रीमती थिइन्। वैवाहिक सम्बन्धमै रहेका बेला अनुसन्धान विभागका एसपी आचार्यसँग उनको नजिकिएको सम्बन्धपछि पारिवारिक विवाद बढेको थियो। पछि उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। गुभाजुको बयानअनुसार आचार्यले नै माया र हेरचाह गर्ने बताएपछि आफूले सम्बन्धविच्छेद गरेकी थिइन्। सम्बन्धविच्छेदपछि आचार्यले गुभाजुको खातामा दुई पटक गरी २७ लाख रुपैयाँ दिएको खुलेको छ। तर, त्यसपछि थप ५० लाख रुपैयाँ माग गर्दै…

थप