काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ।
शुक्रबार जारी सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४, भान्से ३८, कुचिकार ८, सूचीकार ६, केसकर्तक ७, चर्मकर्मी २ र माली १ पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

Facebook Comments Box
