Author: Scoop Khabar

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४, निमुवा चोकमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ७९१३ नम्बरको बसले बाटो काट्ने क्रममा प्रदेश १–०४–००२ प ३६४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा चोट लागेको थियो। गम्भीर घाइते खड्कालाई उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। मृतक खड्काको शव विराट मेडिकल कलेजमा राखिएको छ। दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।…

थप

राजेन्द्र बाबू रेग्मी नेपाली कांग्रेसभित्र एकैपटक देखिएको अस्वाभाविक हलचललाई सामान्य राजनीतिक गतिविधि भनेर पन्छाउन मिल्दैन। पार्टी विभाजनको रेखा कोर्न खोजिँदैछ कि नेतृत्वलाई कमजोर बनाउने अर्को कुनै खेल भइरहेको छ? प्रश्न गम्भीर छ। अझ गम्भीर कुरा त के छ भने, यो खेल कांग्रेसभित्र मात्र सीमित छ कि राज्यका संस्थासम्म यसको छाया पुगिसकेको छ? राजनीतिक जीवनको उत्तरार्धमा पुगिसकेका शेरबहादुर देउवालाई अहिले देश दौडाएर आखिर खोजिएको के हो? यो सक्रियता हो कि कसैको राजनीतिक हिसाबकिताब मिलाउने प्रयास? जनताले प्रश्न गर्न पाउनुपर्छ। युवा अवस्थामा पनि देउवाको दिनचर्यालाई लिएर राजनीतिक वृत्तमा अनेक टिप्पणी हुने गर्थे। बिहान ८ बजेसम्म ओछ्यानमै रहने, त्यसपछि मात्र राजनीतिक गतिविधिमा निस्कने…

थप

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने भएको छ। नजिकिँदै गरेको चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाका काउन्टरमा हुने भीडभाड कम गर्नुका साथै सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन भनेको छ। हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न मिल्ने व्यवस्था छ। जसका कारण १०० रुपैयाँका साना दरका नोट…

थप

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तमा दर्ता रहेको र अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार तामाङलाई पक्राउ गर्न दरबारमार्ग वृत्तले अनुमति मागेको थियो। सोहीबमोजिम काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ अनुमति लिएपछि उनलाई सोमबार सिंहदरबारबाट पक्राउ गरिएको हो। पक्राउ परेका तामाङ ४३ वर्षका हुन्।…

थप

काठमाडौं । गृह सचिव केदारनाथ शर्माले नागरिकका अपेक्षालाई केन्द्रमा राखेर जिम्मेवारी थप सजग, सचेत र इमानदारीपूर्वक पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निरीक्षण तथा अवलोकनका क्रममा गृह सचिव शर्माले संगठनको समग्र कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीको संगठनात्मक सुदृढीकरण, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनका विषयमा समेत छलफल गरेका थिए। सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै गृह सचिव शर्माले नागरिकको सुरक्षा र सेवाका सवालमा संगठनको जिम्मेवारी महत्वपूर्ण रहेको बताए। उनले नागरिकका अपेक्षा र गुनासोलाई…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको विशेष निरीक्षण तथा अवलोकन गरेका छन्। विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्री गुरुङले आइतबार संगठनसँग उपलब्ध उद्धार सामग्री तथा आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले विपद्का बेला नागरिकको जिउधनको रक्षा गर्न सशस्त्र प्रहरीले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि तथा जनशक्तिको प्रभावकारी परिचालनबारे जानकारी लिएका थिए। गृहमन्त्री गुरुङले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन्। विपद्का बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक तयारी,…

थप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीमा खुसी ल्याउन सकेकामा गर्व लागेको बताएका छन्। एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका लामिछानेले टोलीको सफलतामा खेलाडीको मात्र नभई समर्थक, प्रशिक्षक र पर्दापछाडि रहेर काम गर्ने सबैको योगदान रहेको बताए। शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। योसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान पक्का गरेको छ। यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एसिया कपका लागि छनोट भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलताले नेपाली क्रिकेट…

थप

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार राति काठमाडौंस्थित होटल याक एन्ड यतिमा भेटवार्ता भएको छ। स्रोतका अनुसार राजदूत श्रीवास्तव र अर्थमन्त्री वाग्लेबीच करिब साढे दुई घण्टा कुराकानी भएको थियो। भेटवार्ता लामो समय चले पनि त्यसक्रममा भएका छलफलका विषय भने सार्वजनिक गरिएको छैन। भेटवार्ता नियमित कूटनीतिक संवादअन्तर्गत भएको हो वा कुनै विशेष विषयमा केन्द्रित थियो भन्नेबारे पनि स्पष्ट जानकारी बाहिर आएको छैन। भारतीय राजदूत र अर्थमन्त्रीबीच भएको उक्त भेटलाई दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध सत्तारुढ दलका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समिति, फेसबुक स्टाटस हुँदै प्रतिनिधि सभासम्म निरन्तर आवाज उठाइरहेको विषय अहिले केवल राजनीतिक प्रश्नमा मात्रै सीमित नरही त्यसको पछाडि रहेको सम्भावित स्वार्थ र शक्ति संघर्षबारे समेत बहस सुरु भएको छ । आईजीपी कार्कीलाई विवादमा पार्ने योजनाअन्तर्गत तत्कालिन प्रशासन विभागका एआईजी हिमालय कुमार श्रेष्ठका नातेदार व्यवसायी बिक्रान्त श्रेष्ठसहितको एक स्वार्थ समूह र प्रहरीभित्रकै केही उच्च अधिकृतहरूको मिलेमतोमा सांसद सुनारलाई परिचालित गरिएको दाबीसमेत चर्चामा आएको छ । यस योजनाका लागि सुनारलाई करोडौ रुपैयाँ उपलब्ध गराउने सहमति भएको दाबी गरिएको छ । सोही योजना अनुरुप केही बिचौलियाहरुले बबरमहल तिरका…

थप

दमक । झापाको दमकमा कार्यरत घुमुवा प्रहरी भनिएका राजकुमार श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट नियमित रूपमा रकम असुल्ने गरेको पाइएको छ। लागुऔषध प्रयोगकर्ता, मोबाइल व्यवसायीलगायत विभिन्न व्यक्तिहरूबाट मासिक ‘लाइन’ रकम उठाउने गरेको दाबी सार्वजनिक भएपछि दमकको प्रहरी कार्यशैलीमाथि प्रश्न उठेको हो। आरोपअनुसार श्रेष्ठले आफ्नो प्रभाव प्रयोग गर्दै विभिन्न व्यक्तिहरूसँग नियमित रकम लिने गरेका हुन्। यस्तै, केही सुधार केन्द्रका प्रतिनिधिहरूबाट समेत प्रति व्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म रकम लिने गरेको बताइएको छ। केही दिनअघि मात्रै ११ जनालाई सुधार केन्द्र पठाइएको घटनासँग जोडेर समेत रकम असुलीको दाबी सार्वजनिक भएको छ। श्रेष्ठमाथि महँगा मोबाइल फोन तथा अन्य विभिन्न सामानहरू घरमा रहेको दाबीसमेत गरिएको छ।…

थप