Author: Scoop Khabar

काठमाडौं । काठमाडौँ उपत्यका र पूर्वी जिल्लाहरूमा मोटरसाइकल प्रयोग गरी पैदलयात्री महिलाको सुनको सिक्री लुट्दै भाग्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान अघि बढाउँदै गिरोहका मुख्य सदस्यसहित लुटिएको सुन खरिद गर्ने व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भोजपुरका ३२ वर्षीय मोटरसाइकल चालक योगेन्द्र तामाङ, रामेछापका ३६ वर्षीय ‘काले’ भनिने देवेन्द्र थापा मगर, चोरीको सुन खरिद गर्ने भोजपुरका मिलन विक र भारतका संजित साम्नत रहेका छन्। प्रहरीका अनुसार गिरोहले विशेषगरी बिहान र दिउँसोको समयमा एक्लै हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकलाई निशाना बनाउने गरेको थियो। उनीहरूले मोटरसाइकलमा पछाडिबाट पछ्याउँदै नजिक पुग्ने र…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी जवानलाई सेवाबाट हटाउने तयारी गरेको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएर वा आफूखुसी ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका ९ जना जवानलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको हो। प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र गैरहाजिर हुनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सम्बन्धित जवानहरूलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरी सेवाबाट हटाइने चेतावनी सूचनामा दिइएको छ। ‘अन्यथा तपाईँहरूउपर सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही भई…

थप

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराबाट तीन दिनदेखि बेपत्ता ४ वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन्। घरबाट करिब १५० मिटर दक्षिणमा लामो समयदेखि खाली रहेको घरभित्र बालिकाको शव फेला परेको हो। स्थानीयवासीले उक्त घरबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार बालिकाको शव नग्न अवस्थामा फेला परेको थियो। घटनास्थलमा उनले लगाएका भित्री वस्त्रसहित अन्य कपडासमेत भेटिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीर सुन्निएको र यौनाङ्गमा चोट देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा जबर्जस्ती करणीपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीले घटनास्थलको…

थप

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ घर भएका कमेडियन अमरेन्द्र यादवले रोस्टकै विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि व्यक्तिगत गालीगलौज, धम्की तथा मानसिक दबाब दिइएको भन्दै आफ्नो पीडा सार्वजनिक गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भावुक हुँदै उनले पछिल्ला ३–४ दिनदेखि आफू मानसिक तनावमा रहेको बताएका हुन्। आफू कमेडियन भएकाले रोस्ट गर्नु आफ्नो पेसाकै एउटा हिस्सा भएको भन्दै उनले रोस्टलाई लिएर व्यक्तिगत रूपमा टर्चर नगर्न आग्रह गरेका छन्। ‘यो लडाइँ म एक्लै तीन दिनदेखि लडिरहेको थिएँ। तर अब सहन नसकेर आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएको छु,’ यादवले फेसबुकमा लेखेका छन्। उनका अनुसार एउटा भिडियो सार्वजनिक भएपछि आफू निरन्तर…

थप

काठमाडौं । टोखामा सस्तोमा सुन दिने भन्दै एक व्यक्तिलाई बोलाएर २५ लाख रुपैयाँ लुटपाट गरेको घटनामा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्णबहादुर शाहीसहित दुई जना पक्राउ परेपछि घटनाको नयाँ पाटो खुलेको छ । प्रहरी अनुसन्धानअनुसार लुटपाटमा संलग्न चार जनामध्ये दुई जना पक्राउ परेका छन् भने बाँकी दुई जना भने लुटिएको रकममध्ये २४ लाख रुपैयाँ लिएर फरार भएका छन् । तर, ती दुई जना को हुन् भन्ने विषयमा प्रहरीले अहिलेसम्म आफ्नो अनुसन्धान गोप्य राखेको छ । पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार शाही र सिन्धुपाल्चोक घर भएका जीवन घतानी विक रहेका छन् । उनीहरूलाई केही दिनअघि प्रहरी…

थप

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि बैंकिङ सेवा अझ सहज हुने भएको छ। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरी कर्मचारीको तलबी खाता, कर्जा प्रवाह तथा पेन्सन वितरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पाँचवर्षे समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्। सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म ‘पेसाकर्मी सरल कर्जा’ लिन सक्नेछन्। अवकाशप्राप्त कर्मचारीका लागि पाँच लाख रुपैयाँसम्म पेन्सनर कर्जाको व्यवस्था गरिएको छ। त्यस्तै, योग्य प्रहरी कर्मचारीलाई बढीमा २० वर्ष अवधिका लागि ५० लाख रुपैयाँसम्म घरकर्जा तथा ७…

थप

सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना र राजनीतिक नेतृत्वका विवादास्पद अभिव्यक्तिका कारण थप चर्किएको अध्ययन समितिको प्रतिवेदनले निष्कर्ष निकालेको छ। सुनसरी क्षेत्र नम्बर ४ का सांसद इन्जिनियर दीपककुमार साहको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा घटना उत्कर्षमा पुग्नुको प्रमुख कारणमध्ये राजनीतिक तथा सामाजिक सञ्जालको प्रभावलाई औँल्याइएको छ। प्रतिवेदनमा घटनापछि राजनीतिक व्यक्ति, स्थानीय अगुवा तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत दिएका उत्तेजक अभिव्यक्तिले तनाव कम गर्नुको सट्टा थप भड्काएको उल्लेख छ। सामाजिक सञ्जालमा हातखुट्टा काटिएको र बाहिरबाट व्यावसायिक सुटर आएको लगायतका अपुष्ट दाबीसमेत फैलाइएको समितिले जनाएको छ। समितिले सुनसरी–२ का सांसद लालविक्रम थापासहित केही स्थानीय व्यक्तिका…

थप

काठमाडौं । ललितपुर जिल्ला अदालतले प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा अनुमति मागेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएको हो।

थप

काठमाडौं । २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको पाइएको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ परेकाहरूले नक्कली सुन देखाएर रकम लुटपाट गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नक्कली सुन खल्तीबाटै देखाएर पीडितलाई झुक्याउँदै रकम लुट्ने उद्देश्य रहेको प्रहरी स्रोतको भनाइ छ। प्रहरीका अनुसार उक्त घटनामा चार जनाको समूह संलग्न रहेको देखिएको छ। तीमध्ये दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार…

थप

रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारीको सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई बिदाइ गर्दै नयाँ गण प्रमुख जोशीलाई स्वागत गरेका छन्। कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन तथा शान्तिसुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे। विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा समेत अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा…

थप