काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार राति काठमाडौंस्थित होटल याक एन्ड यतिमा भेटवार्ता भएको छ।
स्रोतका अनुसार राजदूत श्रीवास्तव र अर्थमन्त्री वाग्लेबीच करिब साढे दुई घण्टा कुराकानी भएको थियो। भेटवार्ता लामो समय चले पनि त्यसक्रममा भएका छलफलका विषय भने सार्वजनिक गरिएको छैन।
भेटवार्ता नियमित कूटनीतिक संवादअन्तर्गत भएको हो वा कुनै विशेष विषयमा केन्द्रित थियो भन्नेबारे पनि स्पष्ट जानकारी बाहिर आएको छैन।
भारतीय राजदूत र अर्थमन्त्रीबीच भएको उक्त भेटलाई दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ।
Facebook Comments Box
