काठमाडौं । नवनियुक्त प्रहरी महनिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी संगठनमा सुधार आवश्यक भएको बताएका छन् । मंगलबार दरज्यानी सुशोभन कार्यक्रममा बोल्दै नवनियुक्त आईजीपी थापाले यस्तो बताएका हुन् ।
उनले हाम्रो समाजमा प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही आधार नै नभएको बताए । उनले भने, ‘लुकाएर दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने कुरा म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन ।’
सुधारको प्रारम्भ कोही कसैबाट होइन म भित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प नरहेको कार्यक्रममा नवनियुक्त महानिरीक्षक थापाले बताए । ‘यसैतर्फ गतिशिल रहन मेरा सहकर्मी र सक्कल दर्जाका प्रहरीहरुलाई समेत अनुरोध गर्न चाहन्छु । र, यसमा समन्वयात्मक भूमिकाको लागि निरन्तर लागिरहनेछु,’ उनले थपे ।
कार्यक्षमताको उचित मूल्याकंन, नेतृत्व क्षमताको विकास गर्ने निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कार वितरण अभिलेखीकरणको वृत्ति विकासलाई महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्ने आफ्नो लक्ष्य रहेको महानिरीक्षक थापाले बताए ।
उनले भने, ‘वृत्तिविकास र पदोन्नतीको समयमा प्रहरी कर्मचारीले कुनै किसिमको दुःख भोग्न नपरोस् भन्नेतर्फ म हरदम सजग रहनेछु । किनकि म अहिले हामी भएका प्रतिस्पर्धीहरुमध्ये जेष्ठ र अरु आधारमा पदोन्नती भएको छु । मलाई लाग्छ यो पदोन्नतीमा मैले धेरै दुःख गर्न परेन । जति दुःख मैले साढे २९ वर्षको कार्यक्षेत्रको दौरानमा गरेको थिएँ ।’
यसरी पहुँचको होइन पद्दतीको थीति बसाल्न प्रयत्नशील रहने बताउँदै थापाले उक्त प्रतिबद्धतामा आफ्ना सहकर्मीहरुबाट पनि साथ सहयोग हुने अपेक्षा गरेका छन् । उनले कोही कसैमाथि पुर्वाग्राहको भान नराखी काम गर्ने प्रतिबदद्धा समेत जनाए ।
नेपाल सरकारले सुम्पिएको जिम्मेवारीलाई तदारुकताका साथ काम गर्ने बताउँदै आफ्ना सहकर्मीहरुमाथि कुनै पुर्वाग्राहीको भावना नराख्ने बताएका हुन् । यसअघिका प्रहरी प्रमुखहरुले आफ्ना सहकर्मीहरुलाई पुर्वाग्राहीको भावना राखेर एकलौटी तबरले संगठन चलाएको उदाहरण छ थियो ।
साथै कार्यक्रममा उनले आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नको लागि सहयोग हौसला दिने अग्रज प्रहरी महानिरीक्षकहरुलाई समेत सम्झेका थिए ।
यो पनि पढ्नुहोस्…
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह
को हुन् नेपाल प्रहरीको नयाँ कमाण्डर दिपक थापा ?
BREAKING : दिपक थापा बने प्रहरीको नयाँ आईजीपी
नेपाल प्रहरीमा नयाँ आईजीपीको चर्चा, दिपक थापा प्रमुख दाबेदार !
एआइजी दिपक थापा सम्मानित हुने खालकै अफीसर
एआईजी दिपक थापा : सक्षम र प्रभावकारी नेतृत्व क्षमता !
सिपाही-हवल्दारका आशाका केन्द्र आईजीपीका दाबेदार दिपक थापा !
थापा प्रहरी महानिरीक्षक हुने लगभग पक्कापक्की !
प्रहरीमा कुँवरको उत्तराधिकारी को ? बरियतामा थापा अगाडि, गिरी र तामाङको चर्को दौडधुप !
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, को बन्ला ३१ औं आईजीपी ?
यसै साता बिदा हुँदै प्रहरी महानिरीक्षकको ब्याच: नयाँ आईजीपी हुन प्रतिस्पर्धा
प्रहरी प्रमुख आईजीपी चयन पेचिलो बन्दै
३१ औं आईजीपी नियुक्तिमा ओली-देउवा सहमति !
