काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्यक्षमताका आधारमा थापालाई आईजीपी नियुक्त गरेको हो ।
नवनियुक्त आईजीपी थापालाई आज अर्थात मंगलबार गृहसचिव गोकर्णमणि दवाडीले दज्र्यानी चिन्ह प्रदान गर्नेछन् । त्यसपछि थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर ८० हजार प्रहरी फौजको कमाण्ड सम्हाल्नेछन् ।
नवनियुक्त आईजीपी थापाले अब करिब ६ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । बुबा रामशरण थापा र आमा सावित्री थापाको कोखबाट २०२८ मंसिर ८ गते भक्तपुरमा जन्मिएका नवनियुक्त आईजीपी थापाले २०८२ भदौ १९ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
उनी २०५२ भदौ १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरीको विद्यमान नियमावलीअनुसार ३० बर्से सेवा अवधिका कारण उनी आगामी भदौसम्म प्रहरी महानिरीक्षक रहने छन् ।
प्रहरी नियमावली, २०७१ को दफा ४१ अनुसार आईजीपीमा नियुक्त हुँदा थापाको जीवनमा अचम्मको संयोग परेको छ । थापा हालका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री भएको समयमा साढे २९ वर्षअघि इन्स्पेक्टर पदबाट प्रहरीमा भर्ना भएका थिए । अहिले ओली प्रधानमन्त्री हुँदा उनी प्रहरीको सर्वोच्च पदमा पुगेका हुन् ।
के भएको थियो त्यतिबेला ?
नेपाल प्रहरीले २०५० सालमा एक सय जना इन्स्पेक्टरको भर्ना खुलाएको थियो । जतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री तथा शेरबहादुर देउवा गृहमन्त्री थिए ।
इन्स्पेक्टर भर्नाको प्रक्रिया चलिरहेकै बेला २०५१ साल २९ कात्तिकमा संसदीय निर्वाचन भयो । सत्ताको नेतृत्वमा रहेको पहिलो दल नेपाली कांग्रेस निर्वाचनमा दोस्रो दल बन्न पुग्यो । एमाले पहिलो दल बन्यो । एमालेले सरकार बनाउने कसरत थाल्यो ।
नयाँ सरकार गठनको तयारी अघि बढ्दा ५ मंसिरमा प्रहरीले एक सय जना इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशन गर्यो । त्यसको ६ दिनपछि अर्थात् ११ मंसिरमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बन्यो । जतिबेला ओली गृहमन्त्री बनेका थिए ।
नयाँ सरकार बनेसँगै एक सय जना इन्सपेक्टरको भर्ना विवादमा पर्यो । कारण थियो, कांग्रेसले भर्ना गरेको इन्सपेक्टर भएकाले उनीहरु कांग्रेस निकट भएको आशंकामा एमाले नेतृत्वको सरकारले लामो समय उनीहरुको नियुक्ति नै रोक्यो ।
त्यतीबेला प्रहरीमा इन्स्पेक्टरका ५० मात्र दरबन्दी रिक्त थिए । तर, एक सय जनाको भर्नाको नजिता निकालिएको थियो । लामो विवादपछि ५ चैतमा नतिजाको रोलक्रमका अगाडि रहेका ५० जनालाई नियुक्ति दिइयो भने दुई जनालाई भर्ना गरेर बिशेष प्रहरीमा पठाइयो ।
त्यसको केही समयपछि फेरी ८ जनालाई वैकल्पिक सूचीमा राखेर बाँकी ४० जनालाई नियुक्ति नगर्ने निर्णय भयो । वैकल्पिक सूचीमा परेका आठमध्ये एक हुन् सोमबार प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त भएका दीपक थापा ।
वैकल्पिक सूचीमा परेर ५ महिनापछि भर्ना हुँदा उनले अहिले प्रहरीको सर्वोच्च पदमा पुग्ने अवसर जुरेको छ । हाल प्रधानमन्त्री रहेका ओलीकै पहलमा त्यतीबेला थापालगायत ८ जनाले १९ भदौ २०५२ मा नियुक्ति पाएका थिए ।
यो पनि पढ्नुहोस्…
को हुन् नेपाल प्रहरीको नयाँ कमाण्डर दिपक थापा ?
BREAKING : दिपक थापा बने प्रहरीको नयाँ आईजीपी
नेपाल प्रहरीमा नयाँ आईजीपीको चर्चा, दिपक थापा प्रमुख दाबेदार !
एआइजी दिपक थापा सम्मानित हुने खालकै अफीसर
एआईजी दिपक थापा : सक्षम र प्रभावकारी नेतृत्व क्षमता !
सिपाही-हवल्दारका आशाका केन्द्र आईजीपीका दाबेदार दिपक थापा !
थापा प्रहरी महानिरीक्षक हुने लगभग पक्कापक्की !
प्रहरीमा कुँवरको उत्तराधिकारी को ? बरियतामा थापा अगाडि, गिरी र तामाङको चर्को दौडधुप !
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, को बन्ला ३१ औं आईजीपी ?
यसै साता बिदा हुँदै प्रहरी महानिरीक्षकको ब्याच: नयाँ आईजीपी हुन प्रतिस्पर्धा
प्रहरी प्रमुख आईजीपी चयन पेचिलो बन्दै
३१ औं आईजीपी नियुक्तिमा ओली-देउवा सहमति !
