नेपाल प्रहरीका अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिन्छन् अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा । आफु बसेको ठाउमा कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत हुन् ।
दिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न सदैव सफल भएका कार्यालय प्रमुख रहेका स्थानमा कुनै न कुनै नयाँ कार्यक्रम तथा अपराधीविरुद्ध सशक्त अप्रेसन सञ्चालन गरी त्यहाँको जनताको मनमा बस्न सफल थापा एसपीमा चितवन प्रहरी प्रमुख भएर गएपछि अपराधहरु शून्यमा झारेका थिए ।
त्यसैले चितवन प्रहरी प्रमुखको कार्यकाल त्यत्तिकै सफल र चर्चित भएको कुरा चितवनबासीहरु बताउने गर्छन् । उनी चितवन प्रहरी प्रमुख हुँदा गुण्डागर्दी, चोरी(तस्करीलगायत गैर(कानूनी क्रियाकलापहरु पूर्णरुपमा नियन्त्रणमा आएर चितवनबासी शान्ति(सुरक्षा र अमन चयनको महसुस गरेको सुन्नमा आउँछ ।
उनी नेपाल प्रहरीका औंलामा गन्न सकिने राम्रा ठानिने अधिकृतमध्ये हुन् । एसएसपीमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा बसेका थापाले जहाँ इन्चार्ज भएर गए त्यहाँ राम्रो काम गरेका छन् । महाराजगञ्ज वृत्त प्रमुख हुँदा उनले ठेक्कापट्टा र टेन्डरमा राजनीति संरक्षित गुन्डाहरूको पकड निमिट्यान्न पारेका थिए ।
गुन्डाहरूको हप्ताअसुली उनकै पालामा बन्द भएको थियो । विभिन्न किसिमको राजनीतिक आवरणमा भइरहेको गुण्डागर्दी यिनको कार्यकालमा सफाया नै भएको चर्चा महाराजगञ्जतिर आजभोलि पनि चल्ने गरेको छ ।
उपत्यकामै सफल अपरेसन अफिसरको रुपमा काम गरेका उनी अपरेसन कमाण्डर भएर विभिन्न बन्द, हड्ताल, जुलुसमा स्वयं कमाण्ड गरेर उदाहरणीय कमाण्ड क्षमता देखाएर चर्चामा आएका प्रहरी अधिकृत हुन् ।
आर्थिक मामलामा अत्यन्त पारदर्शी र निश्कलंकित अधिकृतको रुपमा उनी अग्र पंक्तिमा आउँछन् । आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखेर परिचालन, अटनखटन एवं कमाण्ड गर्न सक्ने क्षमता भएकाले नै मातहत कर्मचारीहरु यिनको प्रशंसा गर्ने गर्छन् ।
यस्ता आर्थिक रुपमा निष्कलंक, अब्बल नेतृत्व क्षमता भएका र मातहत प्रहरी कर्मचारीहरुले समेत आदर्श व्यक्तिको रुपमा लिने प्रहरी अधिकृतमा पर्दछन् । प्रहरीमा यिनको जस्तो छवि भएको अधिकृतहरुको धेरै जरुरत छ ।
हाल उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख छन् । आगामी चैतपछि हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवर अवकाशमा जाने भएपछि थापा प्रहरी संगठनको नेतृत्वको दौडमा छन् ।
एआईजी थापा संगठन प्रमुको रुपमा नियुक्त भएमा नेपालको अपराध अनुसन्धान क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ । उनको अनुभव र नेतृत्व क्षमताले प्रहरी संगठनलाई थप सक्षम र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस…
फेरिँदै प्रहरीको नेतृत्व : प्रतिस्पर्धामा तीन एआईजी, कसले मार्ला बाजी ?
सिपाही-हवल्दारका आशाका केन्द्र आईजीपीका दाबेदार दिपक थापा !
