काठमाडौं । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष अपरेशनका क्रममा गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश पालका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली चलाएको थियो।
प्रहरीले पक्राउ परेकामध्ये ५ जना भारतीय नागरिक र १ जना नेपाली रहेको जनाएको छ। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय तथा अपरेशनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
Facebook Comments Box
