रबिनसिंह बस्नेत
आगामी दिन नजिकै रहँदा भावी हुने संगठन प्रमुख केहि दिनपछि ३१ औं प्रहरी प्रमुख चयन हुनेछन् । हुन पनि प्रहरीसँगको इतिहास केलाउने हो भनी हालसम्म नियुक्ति भएका संगठन प्रमुखले के के सुधार गरे त्यो मूल्यांकन हुन जरूरी छ ।
जुनै जोगी आए पनि कानै चिरेको भनेझै देखिन्छ । संगठन प्रमुखले संगठनलाई चेन अफ कमाण्डमा राख्नु नै उसको जिम्मेवारी प्रमुख हो । राजनीति तंरगितको आभाषले संगठन होलीको रंग जस्तो सप्तरंगीको खेल जस्तो राजनीति रंग देखिन्छ ।
अब नियुक्त हुने संगठन प्रमुखको कार्यकाल लामो नहुँदा करिब ६ महिनाको हाराहारी रहेकोमा फोटो झुन्डाउने खेल नरहोस् । संगठन प्रमुखको कार्यकालमा खासै परिवर्तन हुनेमा आशा रहँदैन भने विचार पनि भेटिन्छ ।
तर गर्नेले ७२ घण्टामा पनि तरंग ल्याउने हुँदा केही नगरे पनि आगामी दिन आउने संगठन प्रमुखको मार्गदर्शन बन्न सके उदारहण हुनेछ ।
नेपाल प्रहरीमा यति गुटबन्दी छ कि, त्यसको परिकल्पना गरि सक्नु छैन । संगठनभित्र ३२, ३३, ३४ औं आईजीपीको परिकल्पना अहिले नै गर्नुले संगठनका सदस्यहरू कुन दिशातर्फ अघी बढि राख्छन् भन्ने यो बिषय डर लाग्दो छ ।
भनिन्छ, जुनै संगठन कर्मचारीले देशभक्त र राष्ट्रभक्त रहि काम गर्ने हो भनी देशमा सुशासनको नक्सा नै कायापलट हुनेबारे नागरिक जनगुनासो छ ।
त्यसैले ३१ औं संगठन प्रमुख चयनका प्रतिस्पर्धीहरू आ-आफनो रणनीति अनुसार लबिङमा व्यस्त देखिन्छन् । राज्यमा शान्ति सुरक्षा, नागरिकको जिउधनको सुरक्षा गर्नु नै प्रहरी संगठनको सदस्यको मुल मर्म हो ।
नेताको भक्त रहने प्रथा चिर्नका लागि संगठन प्रमुख चयन स्वच्छ हुनुपर्ने जनगुनासो छ । तर, प्रहरी प्रमुख चयन प्रक्रियामा यो पटक गृहमन्त्री हावी हुने देखिन्छ ।

हाल सरकारमा सहभागी राजनीति दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफ्नो राजनीति जीवनमा गृह प्रशासन चलाइसकेको अनुभवका कारण पनि राज्यमा देखिएको खबरदारीले अब ३१ औं प्रहरी महानिरीक्षक चयन पारदर्शिता हुन जरूरी तथा आवश्यक रहेको देखिन्छ ।
हालका गृहमन्त्री रमेश लेखक कानुनका विद्यार्थी भएकोमा संगठन प्रमुख चयनमा निर्वाध रूपमा स्वच्छ तरिकाले चयन गर्ने परीक्षा भएको स्वीकार गर्छन् ।
हाल ३१ औं संगठन प्रमुखका दाबेदार ३ जना एआईजीहरू दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आफनो तरितडकमा लागि परेका छन् ।

८० हजारको हाराहारीमा रहेको संगठन प्रमुखको चयनको प्रक्रियामा विगतका कार्यसम्पादन किन अध्ययन गरिँदैन्, यो जटिल प्रश्न हो ?
राजनीति परिचालनमा प्रहरीको सहयोग बढी प्रभावकारी देखिन्छ । चुनाव होस, पार्टीको अधिवेशन होस या कार्यकर्ताको सहजिकरणका लागि प्रहरी संगठन आफ्नो पकडमा राख्न नेताहरू चलायमान हुने हुँदा विगतका इतिहास धेरै नै छन् ।
त्यसैले ३१ औं संगठन प्रमुख चयन झन पेचिलो बन्दै गएको छ । हुन पनि संगठनभित्र राजनीति नलागे रंग अधिकृत यदाकदा मात्र भेटिन्छ । त्यहि अवस्था लागिरहने, नियाल्ने हो भनि राजनीति चयनले दह्रो लबिङ भएको बिषयमा नकार्न सकिन्न ।
हेरौं आगामी चयनले कति पारदर्शिता पाउँछ, हेर्न बाँकी छ । संगठनको मर्म, संगठनको हित र संगठनप्रति बफादार रहने संगठन प्रमुखको चयन हुनुपर्नेबारे तल्लो दर्जाको जवान, जुनियर अधिकृतमा चासोको बिषय बनेको छ ।
जो चयन हुनेछन् ३१ औं संगठन प्रमुख भावी नेतृत्वको मार्गदिशा हुन भने जनगुनासोमा परिचालन रहुन, जय नेपाल !!
