धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ निवासी २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ११:५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ निवासी ३६ वर्षीय बिनोद चौधरी पनि घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
