पुलिस क्लबको नयाँ भवन समुद्घाटनको अवसरमा सम्माननीय प्रधानमन्त्रीको हातबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिपक थापाले सम्मान प्राप्त गरेको कुरा समाचारमा पढें, सुहाएकै देखियो । सम्मान लिने-दिने काम त दैनिक जसो भइरहन्छ । तर कतिपय अवस्थामा त्यो सम्मान लिनेले सम्मान लिएको नसुहाएको हो की जस्तो पनि देखिन्छ ।
यहाँ त्यस्तो देखिएन । आइजीपी थापा साबलगायत त्यस समाहरोहमा सम्मान पाउनेहरु सबैमा बधाइ । जहाँसम्म पुलिस क्लबको नया भवन निर्माणमा सम्मान जरुरत छ त्यो मैले बुझेसम्म आइजीपी प्रदिप शमशेरबाटै सुरु हुन्छ । म त्यतिबेला आइजीपी प्रदिप शमशेर साबको प्रमुख पिए थिए ।
मलाइ राम्ररी थाहा छ कि पुलिस क्लबमा एक आधुनिक क्लब तथा सभा केन्द्र बनाउने मास्टर प्लान र नक्सा समेत उहाँकै पालामा बनि इन्जिनियर रन्जन सिंह शाहबाट काम समेत सुरु भएको थियो । तर त्यो परीयोजनालाई आइजीपी श्यामभक्त थापा शासनमा आएपछि नराम्ररी तुह्याइएको थियो ।
श्यामभक्त थापाको शासनकाल यो क्लबको विकासको लागि खलनायकी कालखण्ड थियो । त्यसपछि यसको विकासमा कस्ले के गरे ? त्यो मलाइ थाहा भएन, किनकि म जागिरमै रहिन । तर मैले सुनेअनुसार तत्कालीन आइजीपी सर्बेन्द्र खनालको यस क्लबको आधुनिकीकरण र विकासमा साच्चिकै ठुलो र विशिस्ट योगदान रह्यो ।
मलाइ खुसी लाग्यो की आज त्यो नयाँ भवनको समुद्घाटन भएछ । जुन नयाँ स्टक्चरको कल्पना गर्ने समयमा म पनि प्रदीप सरको टिममा समावेश थिए । मैले क्लबको समुद्घाटन भयो रे भन्ने सुनेपछि पहिला आइजीपी प्रदीप शमशेर सरलाई सम्झे ।

जहाँसम्म दिपक थापाले यस अवसरमा सम्मान पाउनुभयो, यो यसकारण पनि सही छ किनकि पहिलो यस भवन निर्माणको अंत उहाँले गर्नुभयो र दोस्रो डिएसपीदेखि नै प्रहरी संगठनको भवन निर्माण र अन्य श्रोत साधन जोड्ने जुटाउने सवालमा उहाँको कार्य सधैं अद्धितीए रह्यो।
म देख्दै छु कि दिपक थापा साबले धेरै ‘कन्ट्रोभर्सी’ र मुस्किल समयमा पनि सरल ढंगले प्रहरी नेतृत्वको भुमिका निभाएको देखिन्छ । विवादित समयमा पनि विवादरहित भुमिका निभाउन सफल भएको पाइन्छ र उहाँमा सबैभन्दा राम्रो गुण सबैसँग समन्वय गरेर काम गर्न सक्ने अद्वितीए क्षमता देखिन्छ ।
त्यो कुरा प्रहरी प्रधान कार्यालय, मेट्रो र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) सबै ठाउँमा बस्दा राम्ररी देखियो । हुनत दिपक साबहरु मैले जागीर खादा हामीभन्दा धेरै जुनिएर भएका कारण त्यतीबेला मैले उहाँभित्रका क्षमताहरु बुझेको थिइन । जब म नेपाल पुर्व प्रहरी संगठनको अध्यक्ष भए, त्यसपछि संगै कामहरु गर्दा मैले थाहा पॉए ‘यी व्यक्ति साधारण अफिसर मात्र होइनन्, यिनमा बिशिष्ठ क्षमता पनि छ । यी सकारात्मक अफिसर पनि हुन् ।’
मलाइ यो कुरा राम्ररी थाहा छ- यदी दिपक थापा नभएका भए पुर्व प्रहरीहरुले बहालका सरह स्वास्थ सेवा कदापी पाउने थिएनन् । पुर्व प्रहरी संगठनको दिपक थापाप्रति उच्च सम्मान छ । उहाँले सम्माननिय प्रधानमन्त्रीबाट सम्मान पाएको कुरामा पुर्व प्रहरी संगठन मात्र होइन देशभरीकै पुर्व प्रहरीहरु खुसी हुनु पर्दछ ।
मैले देखें , कतिपय अफिसरहरु जो हामी जागीरमा हुँदा निक्कै तल्ला पदमा हुनुहुन्थ्यो र अहिले हामी षडयन्त्रपुर्वक अवकाश गरिएका कारण (नत्र हामी ती अफीसरहरु भन्दा मुनिको पदमा कदापी हुन्थेनौ ) हामीले प्राप्त गरेको पद भन्दा माथि पुग्नुभयो । उहाँहरुले हाम्रो सामु नपच्ने गरी ठुलो पदको घमण्ड देखाउनुहुन्छ जसलाई हामीले बिल्कुल पचाएको र रुचाएको हुदैनौ ।
तर दिपक थापाले सधै आफुभन्दा सिनियरहरुलाई अहिले पनि सम्मान नै गरेको पाइयो । यसको कदर स्वरुप हामी पनि उहाँको उच्च र उचित कदरका साथै सम्मान गर्ने गर्छौ । उहाँमा एउटा सस्कार छ । उहाँसामु हामी पनि सस्कारी बन्नै पर्छ । मलाइ खुसी लाग्यो कि एआइजी दिपक थापा ज्युले प्रधानमन्त्रीबाट प्रसंसा र सम्मानपत्र पाउनुभएछ ।
उहाँलाई बधाइ मात्र होइन नेपाल पुर्व प्रहरी संगठन उनको प्रगतिसंगै पुर्व प्रहरीको पनि हित हुने र कल्याणकारी कार्यमा उदाहरणिय कार्य हुने अपेक्षा राख्दछ । नेपाल पुर्व प्रहरी संगठन र यसका योजनामा रहेका कल्याणकारी कार्य सम्पादनका लागि उहाँको अझ उन्नती प्रगती हुन जरुरी छ ।
पुर्व प्रहरी समुदायका सम्मान र सेवा अनि थप सुबिधाका लागि दिपक थापा प्रहरीको सर्वोच्च पदमा पुग्दा राम्रो हुन सक्छ भन्ने नै मेरो अनुभव र व्यक्तिगत मान्यता रहेको छ ।
(लेखक कुँवर नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अधिकृत हुन् भने पुर्व प्रहरी संगठनका अध्यक्ष समेत हुन् ।)
