काठमाडौं । नेपाल प्रहरीको भावी आईजीपीको दौडमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को नेतृत्वमा रहेका छन् ।
अहिलेसम्म पाएका जिम्मेवारीमा सफल रहँदै आएका थापा अन्य प्रहरी अधिकृतको तुलनामा स्वच्छ छवीका मानिन्छन् । थापा प्रहरी सेवामा रहेका अहिलेका एआईजीमध्ये विवादरहित एकमात्र पात्र हुन् ।
२०५२ सालमा नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकालेका थापा चाकडी गर्नेलाई भन्दा राम्रो काम गर्नेलाई प्यार गर्छन् । उनले लामो समय प्रहरी मुख्यालयमा विताएको अनुभव छ ।
कार्यालय समयभन्दा अघि नै कार्यालय पुग्ने उनी काम परे जति समय पनि खटिदिन्छन् । प्रहरीको मान्यतानै छः आफुभन्दा सिनियर अगाडी परेपछि तिनिक्क तन्किएर सलाम ठोक्ने, बसेको ठाउँबाट उठिदिने । उनी आफ्नै आफुभन्दा सिनियसलाई यसैगरी सलाम ठोक्छन् पनि ।
तर उनी काम गरेर बसिरहेका कर्मचारी उठेर औपचारिक सम्मान गरेको खास रुचाउँदैनन् । बस बस उठ्न पर्दैन भनेर कराउँथे । तर ‘सरले जति भनेपनि, नउठी बसिरहन चाहिँ सकिएन । न सरले भित्रभित्रै पो जाँच गर्थे कि के थाहा ? त्यसैले उहाँले दिनदिनै उठ्न पर्दैन भन्दा पनि सम्मानका लागि उठ्ने बानी चाहिँ छाडिएन’, उनीसँग लामो समय सँगै बसेका एक प्रहरीले सम्झिए ।
अफिसर भइसकेपछि काम विशेषले उनलाई भेट्न जानेको संख्या ठूलै हुन्थ्यो र हुन्छ । उनले समय पुगेसम्म आम सर्वसारणलाई पनि भेट्ने समय दिन्थे । अरु अफिसर जस्तो समय छैन, पछि आउनु भनेर हप्कीदप्की लगाउने गरेनन् । मिडियासँग त अबस्था प्रतिकुल परेकै अबस्थामा बाहेक समय दिइहाल्छन् ।
आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ दिपक थापाको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर हत्तपत्त हातै चाहिँ नहाल्ने ।
त्यति गर्दा पनि उनलाई ठीक भएको जस्तो लागेन भने चाहिँ भेट्थ्यो थापा धुलाइ । तर अन्तमा मीठो पाराले सम्झाउँथे यस्तो गर्नुहुँदैन भनेर । बाहिर असिनपसिन भएर निस्कँदा पनि केटाहरु मूड रामै्र बनाएका देखिन्थे ।
आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ दिपक थापाको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर हत्तपत्त हातै चाहिँ नहाल्ने ।
तर एउटा बानी भने अजिब छ थापाको- ‘जब उनी कसैलाई मन पराउँदैनन्, त्यस्ताको त खोइरै खन्ने हो, खेदो नै खन्ने हो”, ती प्रहरीले भने, “त्यसैले सर नजरमा गिर्ने गरी काम गर्ने हिम्मत मुख्यालयमा कसैले गरेको पाइन मैले त ।’
एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा पर्दा उनी तेस्रो बरियतामा थिए । डिआईजीबाट एआईजी हुँदासमेत उनी तेस्रो बरियतामै रहे । उनको ब्याचमा पहिलो नम्बरमा रहेका थापा त्यसैले आईजीपीको प्रमुख दाबेदार हुन् ।
विशेष गरेर प्रहरी अधिकृतहरु तलका पोष्टमा रहँदा चर्चाकै लागि भने पनि ठूलै काम गर्छन् । तर जब माथिल्लो पोष्टमा पुग्छन त्यसपछि उनीहरु संगठनको लागि भन्दा पनि आफ्नो दुनो सोझ्याउन केन्द्र धाउने गरेको जनगुनासो र जुनियर तहका युवाहरुको गुनासो छ ।
थापा आईजी बने भने उनको अण्डरमा काम गरेका जुनियर युवाको अपेक्षा एउटै छ, “एसपी, एसएसपी ताकाका थापा सरले टप अफ द पोष्ट सम्हाले पनि पहिले जस्तै कम्तिमा मातहत कार्यालयका शौचालय, खानेपानी र मेसको पनि ख्याल गरिदिन्छन् भन्नेमा ढुक्क छौं ।
त्यस्तै उनले एआईजीमा उपत्यका प्रहरी कार्यालय काठमाडौंको समेत सफल कमाण्ड सम्हाले । त्यहाँ बस्दा उनको नेतृत्वमा थुप्रै काम भयो, ठूला ठूला हत्याका घटनाहरुमा प्रहरीलाई सफलता मिलेको थियो ।
अपराध अनुसन्धानमा दख्खल राख्ने एआईजी थापासँग एसएसपी हुँदा उपत्यका अपरा अनुसन्धान कार्यालय, एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, डिएसपी हुँदा खोटाङ, महाराजगन्ज वृत्त, इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हालेको अनुभव छ ।
त्यसैले उनी आईजीपी भएमा तल्लो तहका प्रहरीका गुनासोहरुको समेत सहज रुपमा समाधान हुनेमा सिपाही हवल्दारहरुको अपेक्षा छ । सबैलाई समेट्ने, सबैका साझा व्यक्तीका रुपमा भएकाले पनि विवाद समेत नहुने भएकाले उनैलाई कार्यक्षमता र सम्पादनको उच्च मुल्यांकन गरि नेतृत्व सुम्पिने तयारी सरकारको रहेको छ ।
जसले सबैलाई समेट्न सक्ने क्षमता भएका थापा विगतका आईजीपीहरु भन्दा सहज ढंगले नेतृत्वमा पुग्ने चर्चा गरिएको छ । प्रतिस्पर्धीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । उनीसँगै एआईजीद्धय सुदिप गिरी र टेक बहादुर तामाङ पनि आईजीपीका प्रतिस्पर्धी हुन् ।
यो पनि पढ्नुहोस्…
फेरिँदै प्रहरीको नेतृत्व : प्रतिस्पर्धामा तीन एआईजी, कसले मार्ला बाजी ?
