काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । । सोमबारको नियमित कार्यसूचीअनुसार बैठक बसेको हो ।
बालुवाटारमा सुरु भएको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ । बैठक ४ बजेको लागि बोलाइए पनि केही ढिला सुरु भएको हो ।
आईजीपीको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)त्रय दिपक थापा, सुदिप गिरी र टेक तामाङ रहेका छन् । उनीहरुमध्ये बन्ने आईजीपी ३१ औं हुन् ।
Facebook Comments Box
