Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
चितवन । कालिका नगरपालिका–स्थित श्री समीपुर माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण तथा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो। कार्यक्रममा समाजसेवी तथा युवा व्यक्तित्व रमेशजंग थापाले उत्कृष्ट विद्यार्थीहरूलाई दुई थान साइकल वितरण गर्दै शिक्षा क्षेत्रमा निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए। उनले मेहनत, अनुशासन र लक्ष्यप्रति समर्पित हुन विद्यार्थीहरूलाई आग्रह गर्दै शिक्षा…
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई एक तह बढुवा दिइने भएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले बढुवा पाउने भएका हुन्। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जेठ ८ गते प्रधान कार्यालय हलचोक, स्वयम्भूमा आयोजित सम्मान कार्यक्रममा आरोहीहरूलाई बढुवाको सूचना दिएका हुन्। शेर्पालाई तत्काल बढुवा प्रक्रिया अघि बढाइएको छ भने कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने जानकारी दिइएको छ। महानिरीक्षक पौडेलले आरोहीहरूको सफलतापूर्वक सगरमाथा चुचुरोमा राष्ट्र र संगठनको झन्डा फहराउने कार्य गौरवको विषय…
चितवन । सात वर्षअघि चितवनको खैरहनीस्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका आरोपीलाई पक्राउ गर्न सफल भएपछि चितवन प्रहरीले पुरानो हत्या प्रकरणमा उल्लेखनीय सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त सक्रियतामा हत्या आरोपित बारा फेटा गाउँपालिका वडा नं. ४ निवासी पुनदेव भन्ने पञ्चदेब महरा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सुवास भट्टका अनुसार २०७६ साल चैत २३ गते साँझ खैरहनी–९ स्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर बस्ने कच्ची घरमा ४६ वर्षीय सखिचन महराको…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगरस्थित कोइराला निवास पुगेका छन्। अहिले शेखर कोइराला बस्दै आएको घरमा आज बिहान पुगेका हुन्। कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए। उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो। हामी सबै साथीहरू मिलेर प्रयत्न गरिरहेका छौँ। सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ।’ केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताए। सदस्यता व्यवस्थापन, अनुशासन समिति…
काठमाडौं । झापा कारागारका एक कैदीको मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस –९ घर भई हाल जिल्ला कारागार झापामा जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो । बिहीवार साँझ ५ बजे स्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि राति ९:४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । सोही अस्पतालको आइसीयुमा राखी उपचार भइरहेकोमा गएराति ८ः५० बजे चिकित्सकको सल्लाह अनुसार बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उपचार क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको…
काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले पुनः उत्कृष्टता कायम राख्दै वैशाख महिनामा पनि जिल्लातर्फ प्रथम स्थान हासिल गरेको छ । प्रदेशस्तरीय मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रथम बनेको छ भने जिल्लातर्फ बाँकेले उत्कृष्ट कार्यसम्पादन गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण बाँके प्रहरीले पछिल्ला महिनाहरूमा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको बताइएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष प्रशंसा बटुलिरहेको छ । विशेषगरी बाँकेको…
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। त्यस निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। ‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति…
काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट…
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) लाई पराजित गरेको छ । हैदरावादमा हिजो भएको खेलमा हैदरावाद ५५ रनले विजयी भयो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए । २५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो । आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ रनरेटले…
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोग स्रोतका अनुसार उपभोक्ता समितिसँग आर्थिक लेनदेन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई महोत्तरीस्थित औरही सडक क्षेत्रमा पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा यादवसँग थप रकमसमेत रहेको आशंका गरिएको छ । बरामद रकम तथा लेनदेनसम्बन्धी अन्य पक्षबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । स्थानीय तहमा विकास निर्माणका कामसँग जोडिएका योजनामा अनियमितता र आर्थिक चलखेलको गुनासो बढिरहेका बेला प्रमुख प्रशासकीय अधिकृत नै घुस प्रकरणमा…