काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) रुपक खड्कालाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि भएको सरुवामा एसपी नवराज मल्ललाई सप्तरी पठाइएको थियो। तर मल्लले त्यहाँ हाजिर हुन नचाहेपछि सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी खड्कालाई दिइएको हो।
प्रहरी प्रधान कार्यालयले मल्लको सट्टा खड्कालाई सप्तरी खटाउने निर्णय गरेको जनाएको छ। खड्काले चाँडै नै सप्तरीमा हाजिर भएर जिम्मेवारी सम्हाल्ने छन्।
सप्तरीमा नयाँ प्रहरी नेतृत्व आएसँगै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी प्रशासनको कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Facebook Comments Box
