काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् ।
अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’
उनले थप लेखेका छन्- ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’
उनी केही सयमयता परिवारसहित अमेरिकामा बस्दै आएका थिए ।
Facebook Comments Box
