Author: Scoop Khabar

पर्सागढी नगरपालिका–१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। चुनावी अभियानलाई तीव्रता दिँदै उनले वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा आशीर्वाद लिएकी हुन्। घरदैलो कार्यक्रमको सुरुवात स्थानीय धार्मिक आस्थाको केन्द्र कोईलाभार मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। पूजा–अर्चनापछि उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिएकी थिइन्। घरदैलोका क्रममा स्थानीय मतदाताले ढाका टोपी लगाइदिएर, दुवोको माला तथा खादा ओढाएर उम्मेदवार यादवको भव्य स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना दिएका थिए। स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका विषयमा आफ्ना समस्या राखेका थिए। उम्मेदवार यादवले आफू निर्वाचित भएमा…

थप

काठमाडौं । बंगलादेशका प्रधानमन्त्रीका रुपमा बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपि)का अध्यक्ष तारिक रहमानको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । रहमानकी आमा एवं पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा पनि परराष्ट्रमन्त्री शर्मा सहभागी भएका थिए । रहमानले प्रधानमन्त्रीका रुपमा मंगलवार शपथग्रहण गर्दैछन् । शपथग्रहण समारोहमा सहभागी हुन अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले निमन्त्रणा गरेका थिए । बंगलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा दक्षिण एशियाका सात मुलुकबाट सहभागीता हुनेछ । भारतबाट सभामुख ओम विरला, मालदिभ्सका राष्ट्रपति मोहम्मद मोइजु, भुटानबाट प्रधानमन्त्री छिरिङ तोब्गे, पाकिस्तानबाट योजना मन्त्री अहसन इकवाल, श्रीलंकाबाट स्वास्थ्यमन्त्री नलिन्दा जयतिसा सहभागी हुने तय भएको छ । मालदिभ्स र भुटानबाट कार्यकारी प्रमुखको सहभागीता हुनेछ । अफगानिस्तानबाट सहभागीताबारे स्पष्ट छैन ।…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवन-२ का मतदाताले जेनजी आन्दोलनका बेला जेलबाट निस्किएको प्रसंग निकालेर अप्ठेरो प्रश्न गरेका छन् । जेलबाट कैदीबन्दी निकाल्न तपाईँले नेतृत्व गर्नुभएको हो ? भन्ने प्रश्नलाई रविले पनि संयमित र तर्कपूण जवाफ दिए । सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका रवि भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा निस्किएका थिए । आलोचकहरूले रवि जेलबाट भागेको आरोप लगाउने गरेका छन् भने रास्वपाले उनलाई जेल प्रशासनले नै पत्र थमाएर बाहिर निकालेको दावी गर्दै आएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा एक प्रौढ नागरिकले रविलाई सोधे, ‘जेन-जी आन्दोलनका क्रममा धेरै कैदीबन्दीहरू जेलबाट निस्किए ।…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित यो परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए । गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए । सशस्त्र प्रहरीका अनुसार चालक घलानको…

थप

पोखरा । मादक पदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नं बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१क ६२२१ नं बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४३ नं बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डि स्कुलको ग१क ६४३३ नं बसका चालक ४७ वर्षीय पदम विकलाई मादक पदार्थ…

थप

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेको लर्काे नै चलेको छ । पर्सागढी नगरपालिकामा दुर्ई दर्जन युवाहरू कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगरपालिका सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा भएको पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता चन्द्रभुषण सिंहले युवाहरूलाई रास्वपामा प्रवेश गराएका हुन ।पर्सागढी नगरपालिका युवा समाजसेवी रविशंकर दास चौधरी, वडा न –९ का नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी निरज चौधरी, भु. पु. प्रहरी रामाधारी यादब, समाज सेवी मीन बहादुर भण्डारी लगायत दुई दर्जन युवाहरू पार्टीमा प्रवेश गरेका छन् ।…

थप

पर्सा क्षेत्र न-३ मा प्रतिनिधिसभा सदस्य पदका लागि रावस्पा पार्टीका उम्मेदवार रामाकान्त चौरसिया चुनावी मैदानमा उत्रिनुभएको छ। यस निर्वाचन क्षेत्रमा यसपटकको चुनावलाई हार–जितको प्रतिस्पर्धा मात्र नभई जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको परीक्षणका रूपमा हेरिएको छ ।नेपाल निर्माण व्यासायाय संघका अध्यक्ष समेत रहेका चौरसियालेले पर्सा क्षेत्र नम्बर ३ बाट बालेन्द्र साह उर्फ बालेनलाई प्रधानमन्त्री बनाउन जिम्मेवारी उनको काँधमा आएको छ। तर यसपटकको निर्वाचनलाई विरासत जोगाउने मात्र नभई त्यसलाई जनअपेक्षा अनुसार रूपान्तरण गर्ने अवसरका रूपमा समेत लिइएको राजनीतिक विश्लेषकहरूले बताउनुभएको छ । यसपटक चौरसियाको चुनावी अभियान भाषण र नारामा सीमित नरही घरदैलो कार्यक्रम, चौतारी संवाद, युवासँग प्रत्यक्ष छलफल तथा महिलासँग जीवनस्तर सुधारका…

थप

सोमबार,।नेकपा एमालेले वीरगंज महानगरपालिका वडा नम्बर–३ को चुनावी वडा भेला सोमबार सम्पन्न भएको छ। वडा कमिटीका उपाध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।भेलालाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउने र क्षेत्रको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।“स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाउँछु,” उनले भनिन्, “किसान, युवा, महिला र गरिब समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइनेछ।”मालपोत चौकमा आयोजित भेलामा पार्टीका नेताहरूले…

थप

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा दर्शनार्थीको अत्यधिक भीडपछि थुप्रिएको फोहोरमैला व्यवस्थापन गर्न पशुपति क्षेत्रमा बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसर ‘सफा गरौं’ अभियानअन्तर्गत Creation Nepal ले ५ सयभन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य अघि बढाएको हो। अभियानअन्तर्गत महाशिवरात्रीकै दिन बिहानदेखि बेलुकासम्म फोहोर बढी संकलन हुने स्थानहरूमा विशेष सरसफाइ गरिएको थियो। कार्यक्रम तीन दिनसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत The Coca-Cola Foundation को सहयोगमा सञ्चालन गरिएको उक्त अभियान Pashupati Area Development Trust सँगको सहकार्यमा कार्यान्वयन गरिएको हो। क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार लाखौं दर्शनार्थीको आगमनले…

थप

टोकियो । जापानको राजधानी टोकियोस्थित प्रसिद्ध मनोरञ्जन क्षेत्र खाबुकिच्योका रेस्टुरेन्टहरूमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा दुई अमेरिकी मरिनमाथि अनुसन्धान अघि बढाइएको छ। United States Marine Corps अन्तर्गत Marine Corps Air Station Iwakuni मा कार्यरत २० वर्षका दुई सैनिकले गत वर्षको शरद ऋतुदेखि विभिन्न रेस्टुरेन्टमा करिब एक दर्जन चोरी गरेको आशंका गरिएको छ। जापानी प्रहरीकाअनुसार उनीहरूले हालसम्म कुल १ करोड जापानी येनभन्दा बढी मूल्य बराबरको नगद तथा धनमाल चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ। गत डिसेम्बर २४ मा खाबुकिच्योका दुई रेस्टुरेन्टको क्यास रजिस्टरबाट २७ हजार येन चोरी गरेको अभियोगमा उनीहरूको मुद्दा शुक्रबार सरकारी वकिलको कार्यालयमा पठाइएको छ। अनुसन्धानका क्रममा अभियुक्तमध्ये एकले…

थप