Author: Scoop Khabar

पर्सा — रिमा कुमारी यादवले आफ्नो चुनावी अभियानअन्तर्गत शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन्। उनले पर्सागढी नगरपालिका वडा नं। ५ अन्तर्गत बहुअरावा र हर्दियामा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन्। घरदैलोका क्रममा उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो तथा सुझाव सुनेकी थिइन्। स्थानीय समस्याबारे जानकारी लिँदै उनले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्। उनले गुणस्तरीय शिक्षा, सहज तथा सुलभ स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा गोकर्ण पाठक, सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास…

थप

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अटराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीय युवा, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारणले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा उनले स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै आफ्नो विकास योजना र राजनीतिक प्रतिबद्धता प्रस्तुत गरे। कानुले रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको जीवनस्तर सुधार र भुइँतहका नागरिकको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य रहेको बताए। विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै कानुले…

थप

टोकियो । जापानको राजधानी टोकियो र नजिकैको सागामिहारा सहरमा सक्रिय दुई प्रतिद्वन्द्वी किशोर समूहबीच झडपको तयारी भइरहेको अवस्थामा प्रहरीले १६ देखि १८ वर्ष उमेर समूहका २३ जनालाई पक्राउ गरेको छ। उनीहरू धातुका ब्याट, स्टन गनलगायतका घातक हतियार बोकेर भिडन्त गर्न जम्मा भएको आरोपमा पक्राउ परेका हुन्। प्रहरीका अनुसार टोकियोको Hachioji र कानागावा प्रान्तको Sagamihara क्षेत्रमा सक्रिय दुई ‘बोसोजोकु’ (मोटरसाइकल ग्याङ) समूहबीच पुरानो रिसिबीका कारण तनाव बढ्दै गएको थियो। गत वर्ष फेब्रुअरी १९ र २० तारिखमा Fussa सहरको सडकमा ती समूहका सदस्यहरू हतियारसहित भेला भएका थिए। त्यसक्रममा भएको झडपमा केही किशोर घाइते समेत भएका थिए। लामो अनुसन्धानपछि प्रहरीले ‘क्योकुवाकाई’ र ‘सुइरेन’…

थप

टोकियो । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले कोठा तथा अपार्टमेन्ट भाडामा लिने क्रममा गम्भीर विभेद र सास्ती भोग्नुपरेको तथ्य सार्वजनिक भएको छ। विशेष गरी ‘विदेशी’ भन्ने बित्तिकै घर नदेखाइने वा सिधै अस्वीकार गरिने प्रवृत्ति व्यापक रहेको पाइएको छ। The Asahi Shimbun मा प्रकाशित एक विश्लेषणात्मक सामग्री अनुसार ओसाकामा कोठा खोजिरहेका एक मध्य-पूर्वी दम्पतीले १० वटा जति आवास छनोट गरे पनि विदेशी भएकै कारण एउटा पनि कोठा हेर्न नपाएको बताएका छन्। घरबेटीहरूले भाषाको समस्या, सांस्कृतिक भिन्नता तथा सम्भावित झन्झटलाई कारण देखाउँदै विदेशी भाडावाल राख्न अनिच्छा देखाउने गरेका छन्। ओसाकामा मात्र होइन, Osaka र Hiroshima लगायतका सहरमा समेत यस्तै समस्या देखिएको छ।…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल अहिले सुधारको चरणमा रहेको र त्यसका लागि आफूहरू जिम्मेवार भएर उभिएको बताएका छन्। बुधवार राजधानीमा आयोजित कार्यक्रममा सभापति थापाले अबको पाँच वर्ष खेर नफाल्ने गरी योजनासहित र संकल्पका साथ कांग्रेस अघि बढिरहेको बताए। उनले नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै वर्तमान सरकार सञ्चालनको शैलीप्रति उनीहरूको गुनासो जायज रहेको औँल्याए। थापाका अनुसार विगत १०–१२ वर्षमा अपेक्षित विकास हुन सकेन, तर अबका पाँच वर्ष खेर नजाने प्रतिवद्धता उनीहरूले जनाएका छन्। उनले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नभएको र लोकतन्त्र मजबुत बनाउन सबै राजनीतिक दलको सहभागिता आवश्यक रहेको बताए।…

थप

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुक अझै गहिरो अन्योलमा रहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक स्थायित्व र प्रणालीगत अन्योलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘के मिलेन? किन स्थिर रहेन ?’ यो प्रश्नले अहिलेको अवस्थालाई स्पष्ट रूपमा झल्काउँछ । उनले प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्छ, तर अहिले व्यवस्था जडताको सिकार बनेको बताए । उनले भने, ‘देश चुनावमय छ, तर पूर्वराजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के ? न त चुनावले समाधान दिन्छ, न त पुनर्स्थापनाले । अन्योल हटाउनुपर्छ ।’

थप

काठमाडौं । माघ २९ गते बिहान ६ बजेर २० मिनेट। काठमाडौं महानगरपालिका-१४ कलंकीको अर्धसुनसान सडक। धेरै पसल खुलेका थिएनन्, गल्लीहरू अर्धसुनसान थिए। कुलेश्वरस्थित क्याम्पस जाँदै गरेकी एक छात्राका लागि त्यो बिहान सामान्य दिन जस्तै सुरु भएको थियो। तर केही क्षणमै अवस्था बदलियो। पछाडिबाट लम्किएको एक युवकले छात्रामाथि यौनजन्य दुर्व्यवहार हर्कत गर्छन्। घटनास्थल वरिपरि कोही थिएनन्। घटना केही मिनेटमै सकियो, तर त्यसको मानसिक असर भने गहिरो रह्यो। लगत्तै ती युवक घटनास्थलबाट फरार भयो। ती छात्रा कुलेश्वरस्थित जनमैत्री कलेजमा स्नातक तह अध्ययनरत हुन्। सुरुमा स्तब्ध बनेकी उनले केही दिनपछि परिवार र साथीहरूको सल्लाहमा प्रहरीमा उजुरी दिने निर्णय गरिन्। एसएसपी स्वयं चासोमा उजुरी…

थप

काठमाडौं । धादिङबाट तरकारीका खाली क्रेट बोकेर हेटौँडातर्फ जाँदै गरेको गाडीबाट प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। बागमती गाउँपालिका–३ छपेलीस्थित प्रहरी चौकी भट्टेडाँडाको टोलीले बिहीबार बिहान नियमित चेकजाँचका क्रममा ना ३ च ४०५ नम्बरको हात्ती गाडीबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो। कान्ती लोकपथ हुँदै जाँदै गरेको गाडीमा शंकास्पद रूपमा फल्स बटम (नक्कली तह) बनाइएको देखेपछि प्रहरीले सोधपुछ सुरु गरेको थियो। प्रहरीले खानतलासी गर्न थालेपछि चालक २८ वर्षीय नगेन्द्र श्रेष्ठ अचानक गाडी छाडेर जंगलतर्फ भागेका थिए। प्रहरी टोलीले तत्काल घेराबन्दी गरी उनलाई घटनास्थलबाट करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२ बगुवाको जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ। पक्राउ…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट बागमती प्रदेशको माघ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन्। हाल इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टलाई बागमती प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादन, अपराध अनुसन्धानमा सक्रियता तथा प्रभावकारी प्रहरी कारबाहीका आधारमा उत्कृष्ट घोषित गरेको हो। उनीलाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट कार्यशैलीको कदर गरेका हुन्। प्रदेश प्रहरी कार्यालयका अनुसार भट्टले पछिल्लो समय विभिन्न आपराधिक घटनाको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन उल्लेखनीय योगदान दिएका छन्। गोरखा निवासी भट्टले २०७० सालदेखि प्रहरी निरीक्षक पदबाट सेवा सुरु…

थप

काठमाडौं । बालेन्द्र शाह उर्फ बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावको मैदानमा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका शाह यतिबेला देशदौडाहमा व्यस्त छन्। चुनावी मैदानमा उत्रिएसँगै शाहमाथि सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा अनेक टिकाटिप्पणी भइरहेका छन्। पछिल्लो समय उनको नाम जोडेर ‘नागरिकता किर्ते’ सम्बन्धी आरोप सार्वजनिक भएको छ। ५ फागुनमा एक अनलाइन माध्यमले ‘कानूनविपरीत थर फेरेर नागरिकताको प्रतिलिपि लिएको’ आशयको समाचार प्रकाशित गरेपछि उक्त विषयले चर्चा पाएको छ। त्यसपछि अन्य केही मिडियाले पनि सोही सामग्रीलाई आधार मानेर शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता भएको दाबी गर्दै…

थप