Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको उल्लेख गरेका छन् । साथै साम्बाले आफ्नो इच्छाअनुसार कतारमा उपचार गराउन चाहँदा एन्फाले आवश्यक सबै पहल र समन्वय गरिसकेको प्रवक्ता शाहले बताएका छन् । साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन्…
वीरगञ्ज महानगरपालिका–२६ मा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवको सघन घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार यादव टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिन्।घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन, क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहा लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। टोलीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना प्रस्तुत गरेको थियो।उम्मेदवार रिमा यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन्। सोमबार सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले उनालाई फेरि कांग्रेसमा स्वागत गरेका हुन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः पुरानै पार्टीमा फर्किएका हुन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिकाका पराजुलीले पश्चिमी मकवानपुरको मत तान्न सफल भएका थिए। तर विजयी भने भएनन्। आउँदो प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाबाट उनले टिकट पाउने पक्कापक्की जस्तै थियो। तर बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीले टिकट उम्काएपपछि उनी असन्तुष्ट थिए। रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको उनको भनाइ…
पूर्वमन्त्री जगदिश खरेलले फिर्ता गरेनन् ‘पीएसओ’, राजीनामापछि पनि सुरक्षा सुविधा कायमै !
काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले मन्त्री पदबाट राजीनामा दिएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि आफ्नो पर्सनल सेक्युटिरी अफिसर (पीएसओ) फिर्ता नगरेको विषय सार्वजनिक भएको छ। यसले राज्य स्रोतको दुरुपयोग भएको आरोपलाई थप बल दिएको छ। खरेल जेनजी आन्दोलनपछि बनेको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ललितपुर–२ बाट उम्मेदवार छन्। पिएसो स्वयंको स्वीकारोक्ति खरेलका पीएसओका रूपमा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) कुमार सेढाई खटिएका थिए। सेढाईले आफू अझै पनि खरेलको पीएसओको रूपमा कार्यरत रहेको स्वीकार गरेका छन्। उनी भन्छन्, ‘मन्त्री…
फुलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार, ललितपुर प्रहरीको प्रशंसनीय सक्रियता
ललितपुर । फुलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिलाई ललितपुर प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीको निरन्तर खोजी र समन्वयात्मक प्रयासका कारण ४० वर्षीय सोमबहादुर तामाङको ज्यान जोगिन सफल भएको हो। सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–३ टौखेल बस्दै आएका तामाङ ११ फागुनदेखि फुलचोकी जंगल क्षेत्रमा हराइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले तत्काल खोजी कार्य अघि बढाएको थियो। जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी प्रभाग बाडेगाउँ र प्रहरी प्रभाग गोदावरीबाट खटिएको संयुक्त प्रहरी टोलीले कठिन भू–भाग र जंगल क्षेत्रमा लगातार खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा फागुन १० गते दिउँसो करिब १२…
काठमाडौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल ले २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई निर्वाचन सुरक्षा अनुगमनका लागि खटाउने निर्णय गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार ती एसएसपीहरू सोमबारदेखि आ–आफ्नो कार्यक्षेत्रमा परिचालित हुनेछन् । उनीहरूलाई प्रधान कार्यालय तथा प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागिएको हो । आइतबार भर्चुअल माध्यमबाट आयोजित निर्देशन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षासम्बन्धी विशेष निर्देशन दिएका छन्। उनले निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछिको अवधिमा उत्पन्न हुन सक्ने जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा दुई समुदायबीच झडप भएको छ। स्थानीय बासिन्दाका अनुसार आइतबार साँझ बाटो हुँदै गइरहेका एक समुदायका दुई जनालाई मस्जिद अगाडि बसेका अर्को समुदायका व्यक्तिहरूले रोकेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै झडपमा परिणत भएको जनाइएको छ। झडपका क्रममा दुई जनाको टाउको फुटेको छ भने केही अन्य व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक हरीबहादुर बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा लिने प्रयास गरिएको छ। उक्त क्षेत्रमा…
वीरगञ्ज, ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नं २ को अलौमा रास्वपा, कांग्रेस र जसपा परित्याग गरी दर्जन भन्दा बढीु युवा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।शनिबार वडा कमिटी वीरगंज १७ अलौले आयोजना गरेको चुनावी छलफल कार्यक्रममा रास्वपाका युवा धिरज उपाध्याय को नेतृत्वमा १ सय भन्दा बढी युवाहरूले एमाले प्रवेश गरेका हुन् । आज वीरगन्ज महानगरपालिका वडा नं १७ अलौमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य बिजय कुमार सरावगी र वडा अध्यक्ष सन्जु छतकुलीले फुलमाला र अविर लगाई पार्टी प्रवेश गराएका थिए ।चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सरावगीले देश निर्माणमा एमालेको विकल्प नरहेको बताउँदै…
नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका–२५ मा शनिबार बिहान घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। श्रीसिया, खालवा टोला श्रीसिया तथा मौसे श्रीसिया टोलमा पुगेकी उम्मेदवार यादवलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर स्वागत गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीयका समस्या सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। विशेष गरी सिमावर्ती क्षेत्रका नागरिकले भोग्दै आएका सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक तथा खानेपानीसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर संसदमा सशक्त आवाज उठाउने उनको भनाइ थियो। “सीमावर्ती गाउँका जनता अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित छन्, म उनीहरूको हकअधिकारका लागि दृढ रूपमा उभिनेछु,” उनले भनिन्। यादवले विगतमा निर्वाचित नेताहरूले…
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा प्रवेश गरेको छ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा वडा नम्बर १० का एमाले एकाइ अध्यक्ष अशोक शाह कानु, वडा सदस्यका उम्मेदवारहरू शेखर अग्रवाल, रेनु कर्ण र जयकुमारीको नेतृत्वमा युवाहरूको ठूलो समूह पार्टीमा प्रवेश गरेको हो। यसका साथै वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ र ९ का युवाहरू पनि रास्वपामा आबद्ध भएका छन्।नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु…