काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार दवाडीको साथबाट बरामद गरिएको ४० लाख रुपैयाँको वैध स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद रकम हुण्डी कारोबार वा अन्य अवैध वित्तीय गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।
दवाडीलाई नियन्त्रणमा लिएर रकमको स्रोत, प्रयोग तथा सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
Facebook Comments Box
