Author: Scoop Khabar

काठमाडौं । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्। प्रहरीले उनीहरूको शरीर र पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको छ। बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्। नगदका साथै…

थप

वीरगन्ज,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत अलौको कोन्हिया टोलमा घरदैलो अभियान तथा पार्टी प्रबेश सम्पन्न गरेकी छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्।   नवप्रेबीसीहरुलाई उम्मेदवार रिमा यादव, पुर्व मन्त्री प्रमोद जयसवाल र वडा अध्यक्ष संजु छतकुलीले टिका माला लगाई पार्टी प्रवेश गराएका थिए। नवप्रबेसी बिरा यादव,पुन्देव यादव, मदन…

थप

पर्सा,१५ फागुन । नेकपा एमाले पर्सा २ कि उम्मेदवार रिमा यादव ले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी, बैरिया र पिपरा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” उहाँले भन्नुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा–महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको…

थप

पर्सा, पर्सागढी । पर्सागढी नगरपालिका वडा नं. ६ चैनपुरका दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्। बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका स्थानीय दिग्गज नेता प्रयाग यादव, जोधा यादव, ब्रम्हदेव यादव, रामेश्वर यादव, मेघु राय, रामबाबु साह, ढोरा सहनी, मोहिपाल राउत, दिलिप सिंह, सिकेन्द्र रामलगायत एमालेमा आबद्ध भएका हुन्। यसैगरी नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी गायत्री देवी सहनी, सरिता देवी राम, सुरेन्द्र यादव लगायत पनि एमालेमा समावेश भएका छन्। वडा नं. ६ का बुथ सभापति काशी यादवको पहलमा उनीहरू पार्टी प्रवेश गरेको जनाइएको छ। नवप्रवेशीलाई एमाले मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक…

थप

पर्सा–२ का नेपाली काँग्रेस उम्मेदवार अजय कुमार चौरसियाले आज पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास र देशलाई राजनीतिक निकास दिन नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन्। घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। चौरसियाले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए। उनले पर्सा–२ लाई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा अघि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले भने, “पर्साको समग्र विकासका लागि स्थिर सोच र स्पष्ट योजना आवश्यक छ। त्यसका लागि अनुभवी र जिम्मेवार पार्टी नेपाली काँग्रेसलाई विजयी…

थप

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरी प्रधान कार्यालय ले ‘एकीकृत सुरक्षा योजना २०८२’ कार्यान्वयनमा ल्याउँदै काठमाडौं उपत्यकामा उच्चस्तरीय अनुगमन संयन्त्र परिचालन गरेको छ। समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमन अधिकृतका रूपमा पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) खटाइएको हो। प्रहरी परिचालन नीतिअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन तथा मूल्यांकनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। काठमाडौं जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतलाई दिइएको छ। उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरी मा कार्यरत छन्। त्यसैगरी, क्षेत्र नम्बर ५, ६ र ७ मा एसएसपी सोमेन्द्रसिंह राठौर खटिएका छन्। उनी…

थप

पर्सा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–३ पुनः राष्ट्रिय चासोको केन्द्रमा पुगेको छ। गाउँ–गाउँ र टोल–टोलमा भइरहेको भेटघाट, छलफल र घरदैलो अभियानले यसपटकको प्रतिस्पर्धा सामान्य नभई राजनीतिक धार परिवर्तनको संकेत बोकेको देखिन्छ। पर्साका ४ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–३ विशेष चासोमा पर्नुको प्रमुख कारण यहाँ देखिएको बहुआयामिक र रोचक प्रतिस्पर्धा हो। एकातिर लामो समयदेखि प्रभाव कायम राख्दै आएका काग्रेसका सुरेन्द्र चौधरी छन् भने अर्कोतर्फ वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसिया मैदानमा छन्। साथै नेकपा एमालेका रुपेश पाण्डे , नेकपाबाट छोटेलाल यादव पनि प्रतिस्पर्धामा छन्। यद्यपि चुनावी माहोलमा मुख्यतः चौरसिया…

थप

काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ झापामा सुरक्षा बढाइएको छ। झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार आमनेसामने प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा २३ उम्मेदवार छन्। यसरी इपिसेन्टर बनेको झापामा सरकारले पनि सुरक्षा संवेदशील क्षेत्रका रुपमा राखेको छ। प्रहरी प्रधान कार्यालयले सुरक्षा समन्वयका लागि एसएसपी गोविन्द अधिकारीलाई खटाएको छ। उनी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। त्यसबाहेक प्रहरी प्रधान कार्यालयले डिएसपी र इन्स्पेक्टरसहित ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ। झापा प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का हुन्।

थप

झापा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै झापा क्षेत्र नम्बर–५ मा सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ। प्रभावशाली उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएपछि सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस क्षेत्रलाई संवेदनशील सूचीमा राख्दै पाँच जना डीएसपीको कमान्डमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको झापा–५ मा सानोतिनो घटनासमेत हुन नदिन सुरक्षा घेराबन्दी कडा पारिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा नियमित रूपमा डीएसपीको दरबन्दी भए पनि यसपटक गौरादह, गौरीगन्ज र कमल गाउँपालिकासहित अन्य पालिकामा समेत एक–एक डीएसपी खटाएर सुरक्षा कमान्ड सुदृढ बनाइएको छ। यस…

थप

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक साता मात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् । उनी राति करिब पौने १२ बजे सहयोगी भानु देउवासहित सिंगापुरतर्फ उडेका हुन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दाबी गरिएको छ । यद्यपि उपचारसम्बन्धी औपचारिक विवरण सार्वजनिक गरिएको छैन। देउवाकी पत्नी आरजु राणा देउवा भने हाल भारतमा रहेकी छन् । चुनावी अभियान उत्कर्षमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापाको हातमा पुगेपछि देउवा सार्वजनिक रूपमा खासै सक्रिय देखिएका छैनन्। चुनावी मैदानमा उनको उपस्थिति खोजिए…

थप