काठमाडौं । नेपाल प्रहरीका ४ जना नायब महानिरीक्षक (डिआईजी)को सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले डिआईजीको सरुवा गरेका हुन् ।
सरुवा सूचीमा मधेस प्रदेशमा ओम अधिकारी र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सानुराम भट्टराईलाई पठाइएको छ।
त्यस्तै मधेस प्रदेशमा कार्यरत डिआईजी गोविन्द थपलिया उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सुदूरपश्चिममा कार्यरत डिआईजी ओम रानाको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।
Facebook Comments Box
![प्रहरीका ४ डिआईजीको सरुवा, मधेसमा ओम अधिकारी [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/digp-saruwa-1024x532.jpg)