Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता गरेका छन् । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जान लागेका अध्यक्ष नेम्वाङ र राईलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको हो । अध्यागमन स्रोतका अनुसार उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो । आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलको मानव स्रोत विभागमा पदस्थापन भएको छ । बढुवा लगत्तै उनको सो विभागमा पदस्थापन भएको हो । उनले सोमबार दर्ज्यानी चिन्ह लगाएर पदभार ग्रहण गरेका छन् । उनी सशस्त्र प्रहरीको सिंस १ बाट एआईजीमा पुग्ने पहिलो अधिकृत हुन्।
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो । आजै ३ बजेको सपथको तयारी समेत गरिएको छ।
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ । यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो । आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गरेको छ। आजको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको प्रतिवेदन सरकारले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी र पेश गरेको सम्पत्ति विवरणमा जग्गा र शेयर बढी देखिएको भन्दै आलोचना भएपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो।
काठमाडौं । मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमविपरीत ठूलो संख्यामा बिदामा पठाएर राशन व्यवस्थापनमा अनियमितता गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपालले सल्यान र जाजरकोटस्थित गुल्मका कमान्डरहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। स्रोतका अनुसार ती दुवै जिल्लाका गुल्मपति (डीएसपी) विरुद्ध अत्यधिक संख्यामा कर्मचारीलाई बिदामा पठाई राशनमा अनियमितता गरेको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष छानबिन टोली खटाएको थियो। छानबिन टोलीले स्थलगत अनुसन्धानपछि बुझाएको प्रतिवेदनमा दुवै कमान्डरको कमजोरी पुष्टि भएको जनाइएको छ। त्यसपछि उनीहरूलाई कमान्डबाट फिर्ता बोलाएर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको छ। सशस्त्र मुख्यालय…
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ तिमाल क्षेत्रमा भएको बुद्धचित्त (रुद्राक्ष) मालाको कारोबार विवादले प्रहरीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। वडाबाट प्रमाणित कागजातका आधारमा गरिएको भनिएको एग्रिमेन्ट हुँदाहुँदै प्रहरीले खरिद–बिक्री सम्झौतामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि काभ्रे प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको हो। प्राप्त विवरणअनुसार बुद्धचित्त मालाका तीन जना धनीमध्ये सबैको सहमतिमा जोन लामासँग करिब डेढदेखि दुई लाख रुपैयाँमा एग्रिमेन्ट गरिएको थियो। उक्त कारोबारसँग सम्बन्धित कागजात वडा कार्यालयमा प्रमाणित गरिएको छ। जुन कागजात हेर्नुहोस् बुद्धचित्त बिक्रीसम्बन्धी कारोबार वडा कार्यालयमा दर्ता भएपछि राज्यलाई लाग्ने राजस्व तथा करसमेत तिर्नुपर्ने व्यवस्था रहेको छ। तर, यसअघि करिब एक वर्षअघि तीमध्ये एक धनीले सोही मालासँग सम्बन्धित विषयमा…
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि बजेट अभाव : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ वटा स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन्। उनले ती चौकीहरूको पुनर्निर्माणका लागि पर्याप्त बजेट नहुँदा प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य भएको बताएका हुन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गरे। उनका अनुसार हाल देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण भइसकेका छन् भने अस्थायी प्रहरी चौकीहरूको अवस्थाबारे समेत यकिन तथ्यांक उपलब्ध छैन। ‘सीमावर्ती र संवेदनशील क्षेत्रमा रहेका कतिपय चौकीहरू भत्किने अवस्थामा छन्। प्रहरी कर्मचारीहरू जोखिमपूर्ण भवनमा बसेर सेवा दिन बाध्य…
काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालसहित सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सिफारिस गरिएको छ। गत भदौमा ज्यान मार्ने मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको हिरासतमा राखिएको तीन दिनमै मृत्यु भएको थियो। हिरासतमा रहँदा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो। सिंहका परिवारले प्रहरी हिरासतमा राख्दा भएको यातना र लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए। तर घटनालगत्तै विस्तृत छानबिन हुन सकेको थिएन। पछि लुम्बिनी प्रदेश तालिम…
चितवन । अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन नयाँ अभ्यास सुरु गरेको छ। विद्यालयले गर्मी बिदामा रहेका विद्यार्थीको घर–घरमा शिक्षक पठाएर अध्ययन अवस्था, गृहकार्य, अनुशासन र पारिवारिक वातावरणबारे जानकारी लिने अभियान सञ्चालन गरेको हो। गर्मी बढेसँगै नियमित कक्षा सञ्चालन गर्न कठिन भएपछि विद्यालयले केही दिनका लागि गर्मी बिदा दिएको छ। शनिबार र आइतबारको सार्वजनिक बिदासहित विद्यार्थीहरू करिब नौ दिन घरमै बस्नुपर्ने भएकाले विद्यालयले शिक्षक–शिक्षिकालाई विद्यार्थीको घरमै पुगेर अध्ययन तथा गृहकार्यमा सहजीकरण गर्न परिचालन गरेको जनाएको छ। विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई बिदाको समयमा पनि अध्ययनमा सक्रिय राख्न गृहकार्य,…