Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको खुलेको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमार्फत दुवै जनाविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार अदालतले पक्राउका लागि स्वीकृति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल देशबाहिर रहेकाले पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन। उनीहरू विदेशमै रहेको बताइएको छ। यस घटनापछि राजनीतिक वृत्तमा चासो बढेको छ भने अनुसन्धान प्रक्रिया थप तीव्र बनाइने संकेत समेत स्रोतले दिएको छ।
काठमाडौं । ललितपुरको सानेपा क्षेत्रमा हुण्डी कारोबार तथा ठगीमा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८२ साल चैत २३ गते दिउँसो करिब १:३० बजे ललितपुर महानगरपालिका वडा नं. ०२ सानेपा–सुन्दरीघाट आसपास सडक किनारमा केही व्यक्तिहरू हुण्डी कारोबारका लागि जम्मा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोली उक्त स्थानमा पुग्दा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी पुर्जीका आधारमा शरीर तथा साथमा रहेको झोला जाँच गरिएको थियो। जाँचका क्रममा पक्राउ परेका इन्द्र विश्वकर्माले बोकेको निलो रंगको झोलाभित्र लुकाएर…
बाहिर बिहानको उज्यालो बिस्तारै फैलिँदै थियो। काठमाडौंको चिसो हावा चौकीको झ्यालबाट भित्र पस्दै थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक (नाम परिवर्तन) अर्जुन खत्रीले टेबलमाथि राखिएको टोपी उठाए र एकछिन त्यसलाई हेरिरहे। त्यो टोपी मात्र कपडा थिएन- त्यो जिम्मेवारी थियो, त्याग थियो, अनि कहिलेकाहीँ आफ्नै अस्तित्व हराउने एउटा बोझ पनि। ‘सर, चिया ल्याइदिऊँ?’ प्रहरी जवान (नाम परिवर्तन) रमेशले सोध्यो। ‘ल्याउ रमेश,’ अर्जुनले थकित स्वरमा भने। चिया हातमा लिएर उनले झ्यालबाट बाहिर हेरे। सडकमा मानिसहरू आफ्नो दिन सुरु गर्दै थिए- कोही अफिस जाँदै, कोही कलेज, कोही पसल खोल्दै। सबैको आफ्नै जीवन थियो। तर अर्जुनलाई लाग्यो, उनको जीवन भने समयमै अड्किएको छ- ड्युटी र…
गणेश विक, काठमाडौं । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले सेवाग्राहीप्रति प्रहरीको व्यवहार, जिम्मेवारी र संवेदनशीलता झल्किने गरी कडा निर्देशन दिएका छन्। कार्कीले स्पष्ट रूपमा भनेका छन्:- “लेख्ने-लेखाउने कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो।” कार्कीकाे यो भनाइले प्रहरी संगठनभित्र सेवा प्रवाहको शैलीमा सुधार ल्याउने संकेत गरेको छ। आम नागरिक प्रहरी कार्यालय पुग्दा प्रायः विभिन्न समस्यामा परेको, अशिक्षित वा प्रक्रियाबारे अनभिज्ञ हुने भएकाले प्रहरी आफैंले सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा कार्कीले जोड दिएका छन्। आईजीपी कार्कीले प्रहरी केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र नभई समाजको भरोसा र…
काठमाडौं । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाविरुद्ध टिकटक प्रयोगकर्ता तुलसा अधिकारी सम्बन्ध झन् गम्भीर र भयावह बन्दै गएकाे छ। तुलसा अधिकारीका अनुसार, २०७५ सालदेखि सुरु भएको सम्बन्ध विश्वास, माया र सहयोगको आवरणमा अघि बढाइए पनि त्यसको आडमा आफूलाई बारम्बार शारीरिक शोषणको सिकार बनाएकाे बताएकी छिन्। कुमार चिमोरियाले भावनात्मक रूपमा नियन्त्रणमा लिएर, धम्की र दबाब प्रयोग गर्दै आफूलाई इच्छाविरुद्ध शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए। “मैले विश्वास गरे उनको कुरा माने, तर पछि त्यो विश्वास नै मेरो कमजोर बिन्दु बनाइयो,” तुलसाले भनिन्, “धम्की, ब्ल्याकमेल र मानसिक दबाबका कारण म चुप बस्न बाध्य भए।” तुलसाका अनुसार, सम्बन्ध तोड्ने प्रयास गर्दा…
पोखरा । कास्की प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक युवतीलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा घर भई हाल पोखरा–२९ बस्दै आएकी २६ वर्षीया सिमा दर्जी रहेकी छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त टोलीले उनलाई पोखराको सैनिक बस्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दर्जीको साथबाट डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र नगद ४ लाख १ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना…
काठमाडौं । ललितपुरस्थित सरकारी सेवा कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी तथा अवरोध पुर्याउँदै आएका ३२ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त प्रहरी टोलीले ललितपुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नापी कार्यालयतर्फ २१ जना र यातायात व्यवस्था कार्यालयतर्फ ११ जना गरी कुल ३२ जना बिचौलियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ। सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने, काममा अवरोध सिर्जना गर्ने तथा अनधिकृत रूपमा काम गराउने गतिविधिमा उनीहरू संलग्न रहेको आरोप छ। प्रहरीले यस्तो…
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई Electroconvulsive Therapy (ECT) मेसिन हस्तान्तरण गरे । साथै उनले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखका रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी ५ असोज २०८२ मा सरुवा भएयता ब्यूरोको काम गर्ने शैलीलाई लिएर प्रश्न उठ्न थालेका छन्। सिआइबीको मुख्य जिम्मेवारी जटिल तथा जघन्य प्रकृतिका अपराधहरूको अनुसन्धान गर्नु हो। देशभर हत्या, बलात्कार जस्ता गम्भीर मुद्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहे पनि पछिल्लो समय ती विषयमा सिआइबीको सक्रियता कमजोर देखिएको आरोप लाग्न थालेको छ। बरु, केसीको नेतृत्वमा ब्यूरो आर्थिक अपराधमा बढी केन्द्रित भएको देखिन्छ। बैंकिङ, सहकारी तथा तथाकथित ‘फेक रेस्क्यू’ जस्ता आर्थिक प्रकृतिका मुद्दामा मात्रै प्राथमिकता दिइएको भन्दै प्रश्न उठाइएको छ। फेक रेस्क्यु घटनाको अनुसन्धानमा कम्पनीका कर्मचारीलाई समातेर…
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ। सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ पदमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ। सूचना अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि यही चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसैगरि…