Author: Scoop Khabar

काठमाडौं । जापानकी प्रधानमन्त्री Sanae Takaichi आगामी जुलाईको सुरुवातमा भारत भ्रमणमा जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री Narendra Modi सँग पूर्वोत्तर भारतीय सहर Guwahati मा शिखर वार्ता गर्ने सम्भावना रहेको बताइएको छ। भारतीय राज्य Assam का मुख्यमन्त्री Himanta Biswa Sarma ले सामाजिक सञ्जाल एक्समार्फत गुवाहाटीमा जापानी प्रधानमन्त्रीको भ्रमण हुन सक्ने संकेत दिएका छन्। उनले उक्त भ्रमणलाई “सम्भावना” रहेको उल्लेख गरेका छन्। जापानी सरकारी स्रोतहरूका अनुसार ताकाइचीको भारत भ्रमणका लागि प्रारम्भिक तयारी भइरहेको छ। भ्रमणको मुख्य उद्देश्य जापान–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आपूर्ति शृङ्खला (सप्लाई चेन), आर्थिक सुरक्षा तथा क्षेत्रीय सहकार्यका विषयमा समझदारी विस्तार…

थप

रूपन्देही । बुटवलको व्यस्त व्यापारिक क्षेत्र अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलबाट पौने २ करोड रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको खबर सार्वजनिक हुँदा व्यवसायी समुदाय मात्र होइन, सर्वसाधारण पनि स्तब्ध बनेका थिए। सुनचाँदी व्यवसायीमाथि परेको ठूलो आर्थिक क्षतिका रूपमा हेरिएको उक्त घटना अहिले भने बिल्कुलै फरक मोडमा पुगेको छ। घटनाको करिब एक साताभन्दा बढी समय लगाएर गरिएको अनुसन्धानपछि प्रहरीले चोरीको घटना बाहिरबाट आएको कुनै गिरोहले नभई पसल सञ्चालक स्वयंले योजनाबद्ध रूपमा रचेको निष्कर्ष निकालेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यो सामान्य चोरीको घटना नभई आर्थिक संकट, धितोमा राखिएको सुनको अभाव र बीमा रकम प्राप्त गर्ने उद्देश्यसँग जोडिएको योजनाबद्ध षड्यन्त्र देखिएको…

थप

काठमाडौं । भारतसँग सीमा जोडिएको पर्सा जिल्ला पछिल्लो समय तस्करी, अवैध कारोबार र ‘घुमुवा नेटवर्क’को केन्द्र बन्दै गएको आरोप बढ्दो छ। सीमावर्ती क्षेत्रमा खुलेआम हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने प्रहरी नै सेटिङ र असुलीको खेलमा संलग्न रहेको आरोप स्थानीयदेखि सुरक्षा वृत्तसम्म चर्चाको विषय बनेको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम सुवेदीमाथि पनि यस्तै आरोप लागिरहेको छ। बाहिरबाट शान्त र इमान्दार छवि बनाएका सुवेदीले भित्री रूपमा तस्करी लाइन व्यवस्थापन गरेर रकम उठाउने संरचना चलाइरहेको चलाइरहेका छन्। प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर सुवेदीको ‘विश्वासपात्र’का रूपमा प्रहरी हवल्दार विवेक सिंह सक्रिय छन्। सीमावर्ती क्षेत्रमा तस्करसँग सेटिङ मिलाउने, रकम संकलन गर्ने…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले नेतृत्व भनेको आदेश दिने मात्र नभई मातहत कर्मचारीका समस्या सुन्ने र समाधान खोज्ने दायित्व पनि भएको बताएका छन्। संगठनको नेतृत्व सम्हालेयता उनी बारम्बार यही विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकका रूपमा नेतृत्व सम्हालेका पौडेल २०८३ वैशाखमा नियुक्त भएका हुन्। संगठनभित्र उनी शान्त स्वभावका, तर निर्णयमा स्पष्ट र अनुशासनमा कडा अधिकृतका रूपमा चिनिन्छन्। एआईजी हुँदा प्रशासन, मानव स्रोत व्यवस्थापन र संगठन सञ्चालनका विषयमा काम गरेका पौडेलले नेतृत्व सम्हाल्नासाथ संगठनभित्रको कार्यसंस्कृति सुधारलाई प्राथमिकतामा राखेका छन्। स्कुपखबरसँगको कुराकानीमा आईजीपी पौडेलले भने, ‘कुनै पनि संगठन आदेशले मात्र चल्दैन।…

थप

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । बुधबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन्। सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। गृहमन्त्री गुरुङले सांसद ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने भन्दै यसका लागि प्रक्रियामा जान आग्रह गरे।

थप

काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रमा कार र ट्याक्सीमार्फत युवती सप्लाइ गरेर अवैध रूपमा यौनधन्दा चलाउने एक संगठित गिरोह प्रहरीकाे फन्दामा परेको छ। प्रहरी वृत्त गौशालाको टोलीले चलाएको अपरेसनका क्रममा यौन व्यवसाय सञ्चालन गर्ने ४ पुरुष र त्यसमा संलग्न १२ युवतीसहित कुल १६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं-९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरकै मनहरी गाउँपालिका-२ का ३३ वर्षीय विकास भुलन रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमध्ये विकास भुलन होटल सञ्चालक हुन् भने विवेक स्याङ्तान ट्याक्सी चालक र राजकुमार गौतम कारका धनी हुन्। अर्का अभियुक्त…

थप

विराटनगर । मोरङ प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरीले सीमावर्ती क्षेत्र तथा लागूऔषध कारोबारको जोखिम रहेका स्थानहरूमा निगरानी बढाएको जनाएको छ। यसैक्रममा विराटनगर महानगरपालिका–१६ दरैयाबाट ५ ग्राम २१ मिलिग्राम खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुजन लिम्बु रहेका छन्। उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। सीमा नाकाहरूमा चेकजाँच कडा बनाइनुका साथै सूचनाको आधारमा विभिन्न स्थानमा निगरानी बढाइएको छ। एसपी कटवालले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँदै यस किसिमका अपराधमा…

थप

काठमाडौं । दार्चुलामा रातिको समयमा गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट मंगलबार राति करिब १० बजे गस्ती सकेर चौकीतर्फ फर्किने क्रममा पानीघट्टको कुलोमा चिप्लिएर लडेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति २ः१० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज भट्टले जानकारी दिए। प्रहरीका अनुसार अन्दाजी २५ वर्षीय भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा हुन्। कर्तव्य निर्वाहका क्रममा भएको उक्त दुःखद घटनाले…

थप

काठमाडौं । सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरमा भएको सवारी दुर्घटनापछि उत्पन्न विवादले राजनीतिक र सुरक्षा दुवै क्षेत्रमा तरंग पैदा गरेको छ। सामान्य दुर्घटनाबाट सुरु भएको घटनाले प्रहरीमाथि आक्रमण र सरकारी कामकारबाहीमा अवरोध पुर्‍याउने अवस्थासम्म पुगेपछि मधेस प्रदेशका पूर्वप्रदेश सांसद अशोककुमार यादव अनुसन्धानको घेरामा परेका छन्। सर्लाही प्रहरीले पूर्वप्रदेश सांसद यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनापछि उनी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार यादवमाथि प्रहरीमाथि आक्रमण गर्न उक्साएको तथा सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेको छ। ‘उहाँमाथि अनुसन्धान भइरहेको छ।…

थप

काठमाडौं । संघीय संसद्को अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्। संसद् अवरोधको गाँठो फुकाउन सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका हुन्। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरू सहभागि छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले निरन्तर संसदमा अवरोध गरिरहेका छन्। ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । यसअघि सोमबार…

थप