Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरव्याजी प्रकरणमा ठूला नेता र उच्च प्रहरी अधिकारीहरुको संलग्नता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले मिटरब्याजी प्रकरणमा संलग्न व्यक्तिहरुको संरक्षक दलका ठूला नेता र उच्च प्रहरी अधिकारीहरु रहेको दाबी गरे । प्रमुख सचेतक गिरीले भने, ‘मिटरव्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी काम भएका छन् । प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् ।’ त्यसकारण मिटरव्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने गिरीले बताए । उनले थपे, ‘सामन्तवादको अवशेषको रूपमा अहिले पनि…
काठमाडौं । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेको छ । नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसा, मट्टीतेल ५ पैसा र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको छ । भारतबाट इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको हो । यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको निगमले जनाएको छ ।
काठमाडौं । रुकुम पश्चिममा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम पनि सोही अनुसार बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । रुकुम पश्चिममा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/०७८, गत आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक २०७९/०८० मा विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा सवारी दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाउनुपरेको थियो भने गत आ.व. २०७८/०७९ मा १२ वटा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।” सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरे । प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)…
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।यद्यपि जनमत पार्टीले अहिले केहि निर्णय गरेको छैन । तर, जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरेको थियो ।
रौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै तीन जना प्रहरी नगद पुरस्कारसहित कदरपत्रबाट सम्मानित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन् । ढल्केवरस्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगदसहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो । इन्स्पेक्टर कठायतलगायत तीनै जनाले ट्राफिक सेवामा रही पुर्याएको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले(माओवादीबीचको एकता बचाउन नसकिएको भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सँगै राखेर कमजोरीको समीक्षा गर्दै नेकपातिरै फर्कने कोशिस गर्नुपर्ने बताएका हुन् । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे । विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको…
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । पत्रकार समाजको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । विष्णु क्षेत्री र तुलसी सापकोटालाई पराजित गर्दै सत्याल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा किरण दहाल र सिर्जना घिमिरे निर्वाचित भएका छन् । महासचिवमा जयसिंह महरा निर्वाचित भएका छन् भने सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमिल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित…
काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले मुग्लिन–नारायणगढ सडकमा गएको पहिरो पन्छाउन अझै ४ घण्टा लाग्ने बताएको छ । कार्यालय प्रमुख प्रहरी उपरक्षिक (एसपी) रवि पौडेलले मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने बताएका हुन् । गएराति ११ बजे पहिरो खसेपछि अवरूद्ध भएको सडक खुलाउन चारवटा स्काभेटर परिचालन गरिएको एसपी पौडेलले बताए । ‘अहिलेपनि माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले सवारी आवागमन चलाउन अझै केही घण्टा समय लाग्ने भएको छ,’ एसपी पौडेलले भने, ‘बिहानैदेखि स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन ।’ शनिबार दिउँसो पनि पहिरो पन्छाएर गाडीहरू आवतजावत…
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए । आइतबार धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए । पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र…
