काठमाडौं । संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
पत्रकार समाजको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । विष्णु क्षेत्री र तुलसी सापकोटालाई पराजित गर्दै सत्याल निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा किरण दहाल र सिर्जना घिमिरे निर्वाचित भएका छन् । महासचिवमा जयसिंह महरा निर्वाचित भएका छन् भने सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमिल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका छन् ।
Facebook Comments Box
