काठमाडौं । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेको छ । नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसा, मट्टीतेल ५ पैसा र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको छ ।
भारतबाट इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको हो ।
यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको निगमले जनाएको छ ।
Facebook Comments Box
