काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।यद्यपि जनमत पार्टीले अहिले केहि निर्णय गरेको छैन ।
तर, जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरेको थियो ।
Facebook Comments Box
