Author: Scoop Khabar

दाङ । घोराही उपमहानगरपालिका १४, बैंकरोड निवासी विशाल अग्रवाल केही समयअघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा थिए । उनले सामाजिक सञ्जाल फेसबुकबाट ती युवतीसँग च्याट गर्ने समेत गर्दै आए । च्याटमा कुराकानी हुँदै गएपछि उनीहरु आपसमा भेटघाट पनि हुन थाल्यो । उनीहरुबिच सामान्य बोलचालसँगै बसेर चिया खान पनि थाले । जब अग्रवालले ती युवती डिभोर्सी हुन भन्ने थाहा पाए । त्यसपछि उनी युवतीसँग च्याटमा कुराकानी पनि कम गर्न थाले । एकाएक युवतीले गएको जेठ १५ गते बिहे गर्न भनेर प्रस्ताव पठाइन् । तर, युवाले कुनै जवाफ पनि दिएनन् । त्यसपछि घोराहीको बैंक रोडमा रहेको युवकको कपडा पसलमा ती युवती सरासर…

थप

काठमाडौं । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर मंगलबार बिहान एक महिला एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित स्थानीय जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ बर्षकी मीना बराम र ६५ बर्षका रामकृष्ण बरामको मत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठकाअनुसार धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको र रामकृष्णको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका श्रीमान ४५ बर्षका जगतबहादुर बराम र २१ बर्षका छोरा सुजन बराम रहेको उनले जानकारी…

थप

काठमाडौं । कञ्चनपुरमा १६ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका,९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि आइतबार दिउँसो सामूहिक बलात्कार भएको हो । स्थानीय ५ नम्बर वडाको हेल्थपोष्ट सँगैको प्रकृति शुद्ध डेरीको कोठाभित्र किशोरीलाई करणी गरिएको बताइएको छ । उजुुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

थप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सर्वोच्च अदालतलाई अहिले पक्राउ परेका व्यक्तिलाई छाडिए अनुसन्धान पूरै प्रभावित हुने भन्दै जवाफ पठाएको छ । अदालतले मागेको २४ घण्टे जवाफ दिँदै सीआईबी प्रमुख एआईजी किरण बज्रचार्यले उनीहरुलाई थुनामा नराख्दा ‘अनुसन्धान प्रभावित हुने’ जिकिर गरेकी छन् । सीआईबीले गत मंगलबार पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा सरकारी किर्तेको कसुरमा अनुसन्धान अगाडि बढाएपछि सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सीआईबीलाई आदेश दिएको थियो । सीआईबीले सोमबार लिखित जवाफ बुझाउँदै छाड्न नहुने…

थप

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको हो । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालसम्म ९ जनालाई पक्राउ गरेको छ । सीआईबीले सरकारी किर्ते कसुरमा १२ असारमा भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको थियो । यस्तै, गत आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो…

थप

काठमाडौं । गोरखा फुजेलमा बनाउँदै गरेको धन्सार भत्किँदा एकजना महिलाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका,४ की मिना बरामको धन्सार भत्किँदा किचेर मृत्यु भएको हो । त्यस्तै धन्सार भत्किँदा २ जना सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय दीपक बरामले जानकारी दिए । ‘९ बजेतिरको घटना हो । बनाइरहेको धन्सार एक्कासी भत्किँदा तल रहेको २ जनालाई किचेछ । एकजनाको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना घाइते भएका छन्,’ दीपक भन्छन्, ‘उहाँको उपचार भइरहेको छ ।’

थप

काठमाडौं । ‘नदेख्दा तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वर रहेको छ । रोमाण्टिक शैलीको गीतमा डिपी खनालको शब्द तथा नविन कार्कीको संगीत रहेको छ भने गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रञ्जन कोइरालाको प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो राजीव समरको निर्देशन गरेका हुन् ।

थप

काठमाडौं । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा…

थप

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदामा तीन बालबालिकाको मृत्यु भएको छ । वडाअध्यक्ष कमल प्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटी रहेका छन् । पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको बढाध्यक्ष पोखरेलले बताए । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । बसन्त बहादुर कुँवरले १२ चैत २०७९ मा नेपाल प्रहरीको बागडोर सम्हाल्ने अवसर पाए । कुँवरले प्रहरीको ३० औं महानिरीक्षक (आईजी) को कमाण्ड सम्हालेको पनि एकसय दिन पूरा भएको छ । विगतमा उत्कृष्ट काम गरेर आफूलाई प्रमाणित गरिसकेका कुँवरसामु आईजीको रुपमा पनि त्यसैगरी प्रमाणित गरेर देखाउनुपर्ने चुनौती छँदैछ । प्रायः सय दिनलाई ‘हनिमुन पिरियड’ को रुपमा लिने गरिन्छ । जिम्मेवारी सम्हालेको सय दिनको समय नेतृत्वको संगठनको विषयवस्तु, ऐन कानून, संरचनागत बनावट र वस्तुस्थितिका बारेमा बुझ्नमा नै समय खर्च हुने गरेको पाइएको छ । तर, कुँवरले सय दिनमा संगठन सुधारको कुनै आभाष दिन सकेका छैनन् । बरु यो अवधीमा कुँवरको…

थप