काठमाडौं । ‘नदेख्दा तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वर रहेको छ ।
रोमाण्टिक शैलीको गीतमा डिपी खनालको शब्द तथा नविन कार्कीको संगीत रहेको छ भने गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रञ्जन कोइरालाको प्रेम र रोमान्स देख्न सकिन्छ ।
बुद्ध थापाको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो राजीव समरको निर्देशन गरेका हुन् ।
Facebook Comments Box
