काठमाडौं । गोरखा फुजेलमा बनाउँदै गरेको धन्सार भत्किँदा एकजना महिलाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका,४ की मिना बरामको धन्सार भत्किँदा किचेर मृत्यु भएको हो ।
त्यस्तै धन्सार भत्किँदा २ जना सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय दीपक बरामले जानकारी दिए ।
‘९ बजेतिरको घटना हो । बनाइरहेको धन्सार एक्कासी भत्किँदा तल रहेको २ जनालाई किचेछ । एकजनाको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना घाइते भएका छन्,’ दीपक भन्छन्, ‘उहाँको उपचार भइरहेको छ ।’
Facebook Comments Box
