काठमाडौं । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर मंगलबार बिहान एक महिला एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित स्थानीय जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ बर्षकी मीना बराम र ६५ बर्षका रामकृष्ण बरामको मत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठकाअनुसार धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको र रामकृष्णको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका श्रीमान ४५ बर्षका जगतबहादुर बराम र २१ बर्षका छोरा सुजन बराम रहेको उनले जानकारी दिए ।
घाइते दुई बाबुछोराको अबस्था भने सामान्य रहेको उनले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
