काठमाडौं । कञ्चनपुरमा १६ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका,९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीमाथि आइतबार दिउँसो सामूहिक बलात्कार भएको हो । स्थानीय ५ नम्बर वडाको हेल्थपोष्ट सँगैको प्रकृति शुद्ध डेरीको कोठाभित्र किशोरीलाई करणी गरिएको बताइएको छ ।
उजुुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box
