काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदामा तीन बालबालिकाको मृत्यु भएको छ ।
वडाअध्यक्ष कमल प्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटी रहेका छन् ।
पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको बढाध्यक्ष पोखरेलले बताए ।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
