Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई तीन विकेटले पराजित गरेको हो। यसअघि बिहीबार स्कटल्यान्डसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले बिहीबार ४५ रनको जित निकालेको थियो। नेपाल ‘ए’ टोलीले शनिबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ। शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ टोलीले पाँच बल अगावै सात विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए। खेलको ४७औँ ओभरमा पवन सर्राफले लगातार बाउन्ड्री प्रहार गरेपछि नेपाल ‘ए’ टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो। पवन सर्राफ २४ रनमा अविजित रहे। दिपक डुम्रे…
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र सञ्चालक समितिमा नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका अनुसार प्राधिकरणको एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि उम्मेदवार छनोट गरिनेछ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध…
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ । प्रसाईंले भने, ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन कुन घर फकिन्छस् ?’ आफूले सुरुवाती दिनदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनामा बनेको बताए पनि कसैले नपत्याएको उनको भनाइ छ । आज बालेनका गतिविधिले आफ्नो आरोप पुष्टि…
काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बर ९७०१२५५५५५ मा सूचीकृत गराउन आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘१५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियामा आफ्नो आधिकारिक मोबाइल नम्बर मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन एकपटक सम्पर्क गर्न नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अनुरोध गरिन्छ ।’ सदस्यहरूले एकपटक उक्त…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताएका छन्। पार्टीका प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताए। उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता, जेठ १५ गते सरकारले बजेट ल्याउँछ। हाम्रो बाचापत्रमा जेजे लेखेका थियौँ सकेसम्म न्याय गर्नेगरी आउँछ।’ उनले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने समेत बताए।
गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो :
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ्न आग्रह गरेका छन्। शनिबार नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले वर्तमान सभापति गगन कुमार थापालाई पार्टीभित्र पछिल्लो समय उठेका विभिन्न विषयमा प्रश्न गरेका हुन्। उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न उठाए। साथै, देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने स्पष्ट हुनुपर्ने बताए। ‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो रु अब उहाँको स्थान कहाँ हुन्छ ?’ भन्दै शाहले पार्टीभित्र…
‘हामी माओवादीलाई निल्छौं’: पूर्व प्रहरी महानिरीक्षक साहले सुनाए वामदेवसँगको पुरानो राजनीतिक संवाद
काठमाडौं । रविन्द्र प्रताप साहले तत्कालीन एमाले नेता तथा पूर्व गृहमन्त्री बामदेव गौतमसँग भएको पुरानो राजनीतिक संवाद सार्वजनिक गर्दै अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमाथि रोचक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शाहले २०६५ सालतिर आफू प्रहरी महानिरीक्षक (आईजीपी) बन्न नसकेको प्रसंगदेखि एमाले–माओवादी सम्बन्धको राजनीतिक उतारचढावसम्मका विषय स्मरण गरेका हुन्। साहका अनुसार त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा वामदेव गौतम गृहमन्त्री थिए। आफू धादिङ जिल्लामा भएको एउटा आपराधिक घटनाको छानबिन आयोगमा कार्यरत रहेका बेला प्रहरी मुख्यालय पुगेको समयमा गृहमन्त्री गौतमले बोलाएको उनले उल्लेख गरेका छन्। भेटका क्रममा आफूले आईजीपी बन्न नसकेको कारण सोध्दा वामदेवले ‘केही माओवादीको कारण र केही…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा उच्च तहमा व्यापक बढुवा गरिएको छ। गृह मन्त्रालयले ७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरेको हो। वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त पदका लागि गरेको सिफारिसका आधारमा गृह मन्त्रालयले बढुवा निर्णय कार्यान्वयन गरेको जनाएको छ। एसएसपीमा बढुवा हुने अधिकृतहरूमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी तथा प्रदीपसिंह कार्की रहेका छन्। यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) पदमा समेत बढुवा गरेको छ। बढुवा समितिको सोही बैठकको सिफारिसअनुसार उनीहरू डीआईजीमा उक्लिएका हुन्। बढुवा भएका अधिकृतहरूलाई सोमबार…
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) स्तरको सरुवा रोकिँदा संगठनभित्र असन्तुष्टि बढ्न थालेको छ । सामान्यतया एक वर्षको कार्यअवधि पूरा भएपछि जिल्ला कमाण्डमा रहेका एसपीहरुको सरुवा गर्ने अभ्यास रहे पनि यसपटक भने प्रहरी प्रधान कार्यालयले चाहेर पनि प्रक्रिया अगाडि बढाउन सकेको छैन। प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख १५ गते ६३ जना एसपीहरुको सरुवा गरेको थियो । उनीहरुको कार्यकाल अहिले एक वर्ष पूरा गरिसकेको छ । त्यसपछि २०८२ साउन २७ गते ९ जना एसपी र असोज २ गते थप ४८ जना एसपीहरुको सरुवा निकालिएको थियो । तीमध्ये अधिकांश अहिले पनि विभिन्न जिल्ला र युनिटको कमाण्डमा कार्यरत छन् । प्रहरी नियमावलीअनुसार…
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए। उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी सञ्जिता शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास र उच्च नागरिक दायित्व प्रदर्शन गर्दै लुटेराको प्रयास असफल बनाएकी थिइन्। उक्त साहसिक कार्यको कदर गर्दै प्रहरी महानिरीक्षक कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले…