Author: Scoop Khabar

काठमाडौं । संखुवासभाका निमा रिन्जी शेर्पाले १७ वर्ष ९९ दिनको उमेरमा विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार बिहान २७ जुलाई २०२३ पाकिस्तानी समयअनुसार बिहान १०ः४५ बजेको समयमा शेर्पाले ८,६११ (आठ हजार ६ सय एघार) मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । उनले आफ्ना आरोही साथी पासाङ नुर्बु शेर्पा र क्रिस्टिन हरिला, तेन्जिङ शेर्पा (लामा)लगायत केही आरोहीसँग विश्वको दोस्रो अग्लो हिमाल केटु हिमालको आरोहण गरेको उनका बुबा टासी लाक्पा शेर्पाले जानकारी दिए । यसअघि आरोही शेर्पाले २०२२ अगस्ट ३० मा मनास्लु, २०२३ मे २४ मा एभरेष्ट, २०२३ मे २५ मा ल्होत्से, २०२३ जुन…

थप

बारा । बारा प्रहरीले मोटरसाइकल चोर गिरोहका सात जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका, १६ बस्ने १९ वर्षीय विर्धोज वाइवा, सोही स्थानका १९ वर्षीय सुदर्शन बम्जोन, रौतहट चन्द्रनिगापुर नगरपालिका, २ बस्ने२६ वर्षीय पंचालाल बलोन रहेका छन् । त्यस्तै प्रहरीका अनुसार बारा कलैया उपमहानगरपालिका, २० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, सोही स्थानका १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता र महागढीमाई नगरपालिका, ९ बस्ने २० वर्षीय राजिनन्द महतो पक्राउ परेका हुन् । चोरीको मोटरसाइकलसहित पक्राउ परेकाहरू सात जनालाई बिहीबार…

थप

काठमाडौं । राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिक बस्दै आएको एक घरमा शिल गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले खानतलासी गरेर शिल गरेको हो । खानतलासीको क्रममा विभागले केही बाकसहरु बरामद गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद…

थप

काठमाडौं । आगामी १४ भदौमा प्रदर्शन हुने नेपाली चलचित्र ‘ऐंचो पैंचो’को गीत सार्वजनिक भएको छ । बिहीबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले चलचित्रको ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरेका हुन् । महिलाहरुको ठूलो पर्व तीज नजिकिँदै गर्दा यो गीतलाई धेरैभन्दा धेरै दर्शकहरुले मन पराउने र नचाउने विश्वास गर्दै भट्टराईले १४ गतेपछि फिल्म हेर्न आउन समेत आग्रह गरे । उनले गीत सार्वजनिक गर्दै भने, ‘यो गीत २०८० सालकै चर्चित गीत हुनेछ ।’ गीतमा स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बुद्धी तामाङ, काली बुढीलगायतको अभिनय रहेको छ । काले केटाले बोलको गीतको निर्देशक श्रीमती…

थप

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको जिम्मा वडाध्यक्षलाई दिने निर्णय गरेको भन्दै नेपाल सहभागितामूलक कार्य समूह (नेपान) ले विरोध जनाएको छ । सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गर्दै वडाध्यक्षलाई त्यसको जिम्मेवारी दिने महानगरको निर्णयपछि नेपानले बुधबार विज्ञप्ति प्रकाशित गर्दै विरोध जनाएको हो । महानगरको निर्णयले संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले सुनिश्चित गरेको विकास निर्माण प्रक्रियामा संलग्न हुने हकलाई बन्देज गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा अभिभावक, शिक्षक, विद्यार्थीको भूमिका नै पहिलो आवश्यकता रहने भएकाले व्यवस्थापन समिति महानगरले वडाध्यक्षलाई जिम्मा दिने निर्णय गर्नु गलत रहेको बताइएको छ । ‘विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा पनि…

थप

काठमाडौं । इलाका प्रहरी कार्यालय भिमगिठे, बागलुङमा कार्यरत प्रहरी प्रमुख उज्जल पौडेलको हत्या भएको खुलेको छ । गत सोमबार राति मृत भेटिएको भनिएका पौडेलको हत्या भएको खुलेको हो । प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए । प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या गरेको जनाएको छ । होटलमा खाजा खान पसेका पौडेल र होटल सञ्चालक आशा कुँवरका आमा छोराबीच विवाद हुँदा टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक प्रहरी बरिष्ठ…

थप

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) का स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम जैशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले जैसीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । यसअघि जैसीविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो । अछामको घोडासैनी स्थायी घर भएका २६ वर्षीय जैसीविरुद्ध बैंकिङ कसुरमा जाहेरी विक्रम थापाले दिएको बुझिएको छ । एक महिनाअघि नै काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी परे पनि हालसालै बानेश्वर वृत्तले दर्ता गरेर प्रक्रिया अगाडि बढाएको हो । उनी गत स्ववियु चुनावमा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीको उम्मेदवार बनी स्ववियु सभापति निर्वाचित भएका थिए । जैशीले ५ लाख रुपैयाँको चेक…

थप

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक माल्टा पठाइदिन्छु भनी मोटो रकम असुल गरेर फरार एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ७ का ३१ वर्षीय मौसम मग्राती हुन् । उनी उपत्यका भक्तपुरको सुर्यबिनायकमा बसेर वैदेशिक रोजगारीमा दलाली काम गर्दै आएका थिए । मग्रातीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरी टोलीले उनलाई बुधवार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको जनाएको छ । मग्रातीले टोकमन गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिनु भनी मोटो रकम लिएका थिए । रकम लिएपछि सम्पर्क विहीन भएका मग्रती विरुद्ध उजुरी गरेका थिए । पक्राउ गरिएका मग्रातीलाई अपराध अनुसन्धान…

थप

काठमाडौं । नेपाली फिल्म ‘दी रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनौट भएको छ । फिडेल देवकोटा निर्देशित फिल्म दोस्रो मुख्य प्रतिस्पर्धा ‘ओरिजोन्टी’ विधामा छानिएको हो । फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतको अभिनय छ । कोरोना महामारीको समयमा छायांकन भएको फिल्म रामकृष्ण पोख्रेलले निर्माण गरेका हुन् । फिल्मले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथाको रुपमा उठाएको छ । सुसन प्रजापतिको छायांकन, उत्सव बुढाथोकीको संगीत रहेको फिल्मको पोस्ट प्रोडक्सन श्रीलंकामा भएको हो । फिल्मका निर्माता रामकृष्णसँगै शोभा थापा र निर्देशक देवकोटा पनि हुन् ।

थप

काठमाडौं । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे । सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ । ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो । भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन । उक्त ब्रेक सुसहितको सुनको तौल १ सय ५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । बलियो…

थप