काठमाडौं । नेपाली फिल्म ‘दी रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनौट भएको छ ।
फिडेल देवकोटा निर्देशित फिल्म दोस्रो मुख्य प्रतिस्पर्धा ‘ओरिजोन्टी’ विधामा छानिएको हो ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतको अभिनय छ ।
कोरोना महामारीको समयमा छायांकन भएको फिल्म रामकृष्ण पोख्रेलले निर्माण गरेका हुन् ।
फिल्मले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथाको रुपमा उठाएको छ ।
सुसन प्रजापतिको छायांकन, उत्सव बुढाथोकीको संगीत रहेको फिल्मको पोस्ट प्रोडक्सन श्रीलंकामा भएको हो ।
फिल्मका निर्माता रामकृष्णसँगै शोभा थापा र निर्देशक देवकोटा पनि हुन् ।
Facebook Comments Box
