काठमाडौं । आगामी १४ भदौमा प्रदर्शन हुने नेपाली चलचित्र ‘ऐंचो पैंचो’को गीत सार्वजनिक भएको छ । बिहीबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले चलचित्रको ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
महिलाहरुको ठूलो पर्व तीज नजिकिँदै गर्दा यो गीतलाई धेरैभन्दा धेरै दर्शकहरुले मन पराउने र नचाउने विश्वास गर्दै भट्टराईले १४ गतेपछि फिल्म हेर्न आउन समेत आग्रह गरे । उनले गीत सार्वजनिक गर्दै भने, ‘यो गीत २०८० सालकै चर्चित गीत हुनेछ ।’
गीतमा स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बुद्धी तामाङ, काली बुढीलगायतको अभिनय रहेको छ । काले केटाले बोलको गीतको निर्देशक श्रीमती कृषा चौलागाईले गरेकी हुन् ।
चलचित्र केपी फिल्म प्रा.लि.को ब्यानरमा बन्न लागेको हो । त्यस्तै फिल्मको निर्माता विशाल चौलागाई हुन् । ‘ऐंचो पैंचो’ फिल्ममा नेपालको सामाजिक, अहिले समसामयिक युवा राजनीति, वैदेशिक रोजगारीका पीडाको अवस्था समावेश गरिएको निर्माता चौलागाइले बताए ।
उक्त फिल्म र गीतको छायांकन नेपालकै उत्कृट छायाकार पुरुषोत्तम प्रधानले गरेका हुन् । चलचित्र ‘ऐंचो पैंचो’ करिब तीन करोड लगानीमा बन्न लागेको हो ।
![चलचित्र ‘ऐंचो पैंचो’ को ‘काले केटाले’ बोलको गीत सार्वजनिक [भिडियो]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/aichopaicho.webp)