काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) का स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम जैशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले जैसीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । यसअघि जैसीविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो ।
अछामको घोडासैनी स्थायी घर भएका २६ वर्षीय जैसीविरुद्ध बैंकिङ कसुरमा जाहेरी विक्रम थापाले दिएको बुझिएको छ ।
एक महिनाअघि नै काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी परे पनि हालसालै बानेश्वर वृत्तले दर्ता गरेर प्रक्रिया अगाडि बढाएको हो ।
उनी गत स्ववियु चुनावमा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीको उम्मेदवार बनी स्ववियु सभापति निर्वाचित भएका थिए ।
जैशीले ५ लाख रुपैयाँको चेक दिए पनि नसाटिएपछि थापाले बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका थिए ।
