काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक माल्टा पठाइदिन्छु भनी मोटो रकम असुल गरेर फरार एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ७ का ३१ वर्षीय मौसम मग्राती हुन् । उनी उपत्यका भक्तपुरको सुर्यबिनायकमा बसेर वैदेशिक रोजगारीमा दलाली काम गर्दै आएका थिए ।
मग्रातीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरी टोलीले उनलाई बुधवार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको जनाएको छ ।
मग्रातीले टोकमन गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिनु भनी मोटो रकम लिएका थिए । रकम लिएपछि सम्पर्क विहीन भएका मग्रती विरुद्ध उजुरी गरेका थिए ।
पक्राउ गरिएका मग्रातीलाई अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडों पठाइएको जनाएको छ ।
