Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेसँगै प्रहरी संगठनभित्र सकारात्मक सन्देश गएको छ । गृहमन्त्री नहुँदा केही समय रोकिएको सरुवाको सूची शुक्रबार साँझ सार्वजनिक गरिएको हो । प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई नै रहेको छ । सोही अधिकार प्रयोग गर्दै आईजीपी कार्कीले संगठनभित्र लामो समयदेखि उठ्दै आएको गुट, पहुँच र दबाबको राजनीतिभन्दा फरक शैलीमा सरुवा गरेको चर्चा प्रहरी वृत्तमा सुरु भएको छ । यसपटकको सरुवाको मुख्य विशेषता भनेको विवादरहित, पारदर्शी र अवसरमुखी हुनु रहेको प्रहरी अधिकारीहरू बताउँछन् । विगतमा नेतृत्व निकट व्यक्तिहरूलाई मात्रै जिल्ला इन्चार्ज…
काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको हो । सुची हेर्नुस्
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ । काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा राम बहादुर केसीलाई सरुवा गरिएको छ । महोत्तरीको प्रमुखमा…
रौतहट प्रहरीको फरार अपराधीमाथि ‘एक्सन’ : २११ पक्राउ, ३८ बर्ष कैद, २७ लाख जरिवाना असुल
रौतहट । रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै चालु आर्थिक वर्षमा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका २११ जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानमार्फत फरार प्रतिवादीहरूको खोजी कार्यलाई व्यापक बनाइएको हो। पछिल्ला तीन दिनमै मात्र ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। तीमध्ये बिहीबार ५ जना, त्यसअघि २८ र २९ गते २९ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये चेक अनादर मुद्दामा दोषी ठहर भएका धनराज पण्डित र नगिना साह सोनार, लागूऔषध मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योगका राजेश महतो तथा चोरी मुद्दाका विश्वेश्वर महतोसहितका…
काठमाडौं । देशको एकमात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । सरकारले बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै उक्त निर्णय गरेको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत सारिएको थियो । तर पछि गठन भएको सरकारले उक्त निकायलाई पुनः गृह मन्त्रालय अन्तर्गत फर्काएको थियो । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेका रास्वपा संसदीय दलका नेता बालेन शाह नेतृत्वको सरकारले गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो । सरकारले १५ चैतमा…
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिकाप्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेपछि बैंकिङ क्षेत्र नै तरंगित बनेको छ । बुधबार सिआईबीले पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरेको जानकारी दिएको थियो । तर, सिआईबीले सार्वजनिक गरेको विवरण र वास्तविक घटनाक्रमबीच गम्भीर प्रश्न उठ्न थालेका छन् । पाण्डेको पक्राउपछि बिहीबार नेपाल बैंकर्स संघको आकस्मिक बैठक नै बस्यो । बैठकमा सहभागी अधिकांश बैंकर्सले खुला रूपमा बोल्न नसके पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । एक सहभागी बैंकरका अनुसार ‘आज एउटा बैंकको सिइओलाई यसरी प्रस्तुत गरिएको छ, भोलि जोकोहीमाथि यस्तै शैली दोहोरिन सक्छ भन्ने…
काठमाडौं । केही दिनअघि काठमाडौंको कीर्तिपुरमा भएको विपिन घिमिरे हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका एक युवकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर क्षेत्रबाट सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा शाहीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही कीर्तिपुरमा भएको गुल्मीका विपिन घिमिरे हत्या घटनाका मुख्य योजनाकारमध्ये एक हुन् । घटनापछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजी भइरहेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउका क्रममा शाहीले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन गोली चलाइएको हो । गोली लागेपछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।…
काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका नायब महानिरीक्षक (डिआईजी) दिनेश आचार्य नेतृत्वको समितिले प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । समितिले वैशाख २९ मा प्रतिवेदन बुझाएको र सो प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रवक्ता डिआईजी अवि नारायण काफ्लेले बताए । उनले भने, ‘समितिले घटना छानबिन गरेर तथ्य र सिफारिस बुझाएको छ ।’ सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण बिकलाई वैशाख ३ गते प्रहरी वृत्त सात दोबाटोबाट खटिएको टोलीले पक्राउ गरेर सिन्धुली पठाएको थियो । इलाका प्रहरी कार्यालय…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताए। उनले भने, ‘उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’ उनले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क गरे।
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ । यसअघि बुधबार विपक्षी दलहरुको प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसदमा अवरोध गरेपछि छलफल हुन सकेको थिएन । आज राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले…