Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालयको साउन ११ गतेको पत्रादेशअनुसार प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंबाट सरुवा भई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर पुगेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। डिआईजी खनालले प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदभार ग्रहण गर्दै कोशी प्रदेशको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । बागलुङ प्रहरीले १७ वर्षीय किशोर लजिन थापाको हत्या प्रकरणको सफल अनुसन्धान गर्दै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। घटनाको ९ दिनपछि शव फेला पार्नेदेखि हत्याको रहस्य उजागर गर्नेसम्मको अनुसन्धान जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा सम्पन्न भएको हो। प्रहरी अनुसन्धानअनुसार साउन १ गते जन्मदिन मनाउने बहानामा बोलाइएका लजिनलाई साथीहरूले घर पुर्याइदिने भन्दै एकान्त स्थानमा लगेका थिए। त्यहाँ उनीसँग रहेको आइफोन लुट्ने योजनासहित सुरुमा मुक्काले आक्रमण गरी बेहोस बनाइएको र त्यसपछि ढुंगाले प्रहार गरेर हत्या गरिएको खुलेको छ। हत्या गरेपछि शव मनेखोलाको खोल्सामा लगेर फालिएको थियो। एसपी प्रसाईंका अनुसार अनुसन्धान टोलीले घटनास्थलको सूक्ष्म विश्लेषण,…
दाङमा ८ बर्षीया बालिकाले आफूलाई बलात्कार गरेको बयान दिइन, स्वास्थ्य परीक्षणमा भने देखिएन
दाङ । दाङ जिल्ला अदालतले ८ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको कसूरमा एक भारतीय नागरिकलाई कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ । यद्यपी ति भारतीय नागरिकले बलात्कार गरेको भनि ति बालिकाले बयान दिएकी थिइन् । तर, स्वास्थ्य परीक्षणमा नदेखिएपछि ति भारतीय नागरिकलाई बलात्कारको मुद्दा नभई बाल यौन दुरुपयोगको मुद्दा लागेको छ । भारतको उत्तर प्रदेश, बलरामपुर जिल्ला घर भई घोराहीस्थित शक्ति ग्रिल उद्योगमा कार्यरत दिननाथले २०८१ जेठ २१ गते राति बिजुली गएको समयमा छिमेकी बालिकालाई मोबाइल देखाउने प्रलोभन देखाई आफ्नो कोठामा लगेर अभद्र यौन क्रियाकलाप गरेको ठहर भएको छ । सुरुमा जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर भए तापनि स्वास्थ्य…
हिमाली जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी प्रमुख बनिन् बाजुराकी डीएसपी बोहरा
धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा असार महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरका हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये उत्कृष्ट घोषित भएकी छन्। प्रहरी प्रधान कार्यालयले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा व्यावसायिक, अनुशासित र परिणाममुखी नेतृत्वका आधारमा बोहरालाई उत्कृष्ट प्रहरी प्रमुखका रूपमा छनोट गरिएको हो। मूल्यांकनअनुसार डीएसपी बोहराले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा स्थानीय तहसहित विभिन्न सरकारी निकायसँग प्रभावकारी समन्वय कायम गर्दै उल्लेखनीय कार्यसम्पादन गरेकी छन्। भौगोलिक रूपमा विकट बाजुरा जिल्लामा उनले घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा अवैध गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध प्रहरी टोलीलाई सक्रिय रूपमा परिचालन गर्दै प्रभावकारी नेतृत्व प्रदान गरेकी थिइन्। त्यसैगरी, हिमाली गाउँपालिका–३ को…
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह, जनमैत्री कार्यसम्पादन तथा उत्कृष्ट व्यावसायिक योगदान पुर्याएको मूल्यांकनका आधारमा राउतलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्दै राउतको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र सेवाप्रतिको समर्पणको प्रशंसा गरेका छन्। कार्यालयका अनुसार इन्स्पेक्टर राउतले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। उनी कन्टेन्ट क्रिएसन, सामाजिक सञ्जाल व्यवस्थापन (सोसल मिडिया ह्यान्डलिङ) तथा अपरेशनल व्यवस्थापनमा दक्ष अधिकृतका रूपमा परिचित…
घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्ने प्रयास, ५०० ग्राम गाँजासहित राणा पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगर क्षेत्रमा आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको ‘घुमुवा प्रहरी’ भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू घुमुवा प्रहरी भएको परिचय दिँदै नक्कली पेस्तोल देखाएर एक सर्वसाधारणसँग रु. १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले राणालाई नियन्त्रणमा लिएर शरीर तथा डेरा कोठामा खानतलासी…
काठमाडौं । ‘जान्नेलाई छान्ने’ भन्ने नारासहित राजनीतिमा आएका रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कारबाहीको विषयले नयाँ बहस सिर्जना गरेको छ। भाइरल भिडियोमा गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहाले कारबाही प्रक्रिया अघि बढायो। तर, कारबाही भने भिडियो बनाउने सांसद गुप्तामाथि होइन, मोटरसाइकल चालक पिताम्बर चौधरीमाथि गरियो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जारी गरेको विज्ञप्तिअनुसार चालक चौधरीलाई यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ५ सय रुपैयाँ जरिवाना गरिएको छ। घटनाबारे डीएसपी पालले यात्रुलाई ट्राफिक नियम उल्लंघनको आधारमा जरिवाना गर्ने कानुनी व्यवस्था…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले नेपाल प्रहरीका १५७ जना प्रहरी वरिष्ठ हवल्दारहरूको बढुवा तथा पदस्थापन गरेको छ । प्रहरी उपरीक्षकको शुक्रवार गरेको निर्णयानुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका १५७ जना कर्मचारीहरूलाई पदस्थापन गरिएको हो। सूची हेर्न यहाँ क्लिक गर्नुहोस
रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि तस्करसँग कथित मिलेमतोको आरोप लागेपछि रौतहटको सीमा सुरक्षा फेरि विवादमा परेको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहरा र एक व्यक्तिबीच भएको भनिएको संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सीमा सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठेको हो। अडिओ सार्वजनिक भएपछि स्थानीय व्यापारी तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी प्रमाणित भए कानुनी कारबाही गर्न माग गरेका छन्। सुरक्षा स्रोतका अनुसार घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनीमा तानेर अनुसन्धान सुरु गरिएको छ। यद्यपि सार्वजनिक भएको अडिओको आधिकारिक पुष्टि भने सम्बन्धित निकायले गरेको छैन। छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नामा माग पद संख्या थप गरिएको सम्बन्धी सूचना सार्वजनिक गरेको छ। २०८३ साउन ८ गते प्रकाशित सूचनाअनुसार यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा थप पद समावेश गरिएको हो। नेपाल प्रहरीका अनुसार सुरुमा प्रहरी निरीक्षक पदका लागि कुल २१ पद माग गरिएको थियो। नयाँ निर्णयअनुसार ८ पद थप गरिएपछि अब उक्त पदमा कुल २९ जनाको पदपूर्ति गरिने भएको छ। यसअघि प्रकाशित विज्ञापनमा खुलातर्फ १२, महिलातर्फ २, आदिवासी/जनजातितर्फ ३, मधेसीतर्फ ३ र दलिततर्फ १ पद कायम गरिएको…
